१४ जना सांसदलाई निकाल्ने कसको तागत छ ? : नेता खनाल

विराटनगर । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले आफ्नो पार्टीका सांसदलाई निकाल्ने कसैको तागत नभएको बतएका छन् । भरतमोहन अधिकारीको तेस्रो स्मृति दिवसका अवसरमा विराटनगरमा ज्येष्ठ नागरिक आधारभूत तथा प्रविधिमुलक शिक्षा कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । नेता खनालले नेकपा एमालेले १४ जना सांसदलाई कारबाही गर्नुपर्ने माग राखेर सदन […]

१० स्थानिय निकाय रहेकाे खाेटाङमा नेकपा एसकाे ९ पालिकामा पालिकास्तरिय कमिटि गठन

खोटाङ । नेकपा (एकीकृत समाजवादी) खोटाङले १० पालिका मध्ये नौ पालिकामा पालिका स्तरिय कमिटि गठन गरेको छ । जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकामध्ये हालसम्म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, हलेसी तुवाचुङ नगरपालिका, ऐसेलुखर्क गाउँपालिका, केपिलासगढी गाउँपालिका, खोटेहाङ गाउँपालिका, जन्तेढुंगा गाउँपालिका, दिप्रुङ चुईचुम्मा गाउँपालिका, बराहपोखरी गाउँपालिका र साकेला गाउँपालिका पालिका स्तरिय कमिटि गठन गरिएको हो । […]

एमसीसीले माओवादीमा ल्याएकाे विवाद

काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको व्याख्यात्मक घोषणासँगै संसद्बाट पारित गरिएपछि सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को विवाद सतहमा आएको छ । आइतबार प्रतिनिधिसभाबाट एमसीसी पारित भएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता नारायणकाजी श्रेष्ठबीचको विवाद सतहमा आएको हो । अध्यक्ष दाहालले सोमबार खुमलटारमा आयोजित पत्रकार सम्मेलनमा वरिष्ठ नेता […]

एमसीसी बारेमा छलफलगर्न एकीकृत समाजवादिकाे स्थायी कमिटि बैठक बस्ने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटीको बैठक आज बस्दैछ । बैठक आज बिहान ११ बजे बस्ने पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।पार्टीका प्रवक्ता खतिवडाका अनुसार आजको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीको विषयमा छलफल हुनेछ । आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बोलाइएको छ । उक्त बैठक बस्नुअघि एकीकृत समाजवादीले स्थायी कमिटी […]

नेपाली कांग्रेस खोटाङले विपि कोइरालाको अर्धकदको शालिक स्थापना गर्ने

खोटाङ । नेपाली कांग्रेस खोटाङले विपि कोइरालाको अर्धकदको शालिक स्थापना गर्ने भएको छ । दिक्तेलमा रहेको विपि स्मृति भवनको अघिल्तीर विपिको शालिक स्थापना गर्ने जिल्ला कार्य समितिको निर्णय अनुसार काम अघि बढेको कांग्रेस खोटाङका महाधिबेशन प्रतिनिधि तथा पुर्व जिल्ला उपसभापति धर्मराज पोखरेलले बताएका छ। शालिक स्थापनाका लागि आर्थिक संयोजकको समेत जिम्मेवारी पाएका कांग्रेस नेता पोखरेलका […]

फेरि सर्याे प्रतिनिधिसभा बैठक

काठमाडौं । आज १ बजेका लागि तय प्रतिनिधिसभा बैठक स्थगित भएको छ । अमेरिकी सहयोग सम्झौता एमसीसीका बारेमा सत्ता गठबन्धन भित्र फरक फरक धारणा आएपछि आजका लागि बोलाएको प्रतिनिधि सभाको बैठक स्थगित गरिएको हो । अर्काे बैठक आइतबार १ बजे बस्ने गरि स्थगित गरिएको संसद सचिवालयले जनाएको छ ।

आज दिउँसो १ बस्ने बैठक बस्दै,केहोला एमसीसी ??

काठमाडौं । संघीय संसद प्रतिनिधिसभाको बैठक आज बस्दैछ । आज दिउँसो १ बस्ने बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) बारे छलफल गर्ने कार्यसूची रहेको छ । यसअघि बिहीबार बसेको संसद बैठक दलहरुबीच सहमति हुन नसक्दा आजका लागि स्थगित गरिएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवा संसदबाट एमसीसी पारित गर्न लागि परेका छन् । सत्ता साझेदार दल माओवादी […]

माओेवादी र एकीकृत समाजवादी सरकारबाट बाहिरिँदै

काठमाडौं । पाँचदलीय गठबन्धनलाई राष्ट्रियसभाको निर्वाचन हुँदै संघीय संसद्को निर्वाचनसम्म लैजाने सहमतिसहित सरकारमा सहभागी भएको नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (एमसिसी) किचलोका कारण सत्ताबाट बाहिरिने निष्कर्षमा पुगेको छ । प्रधानमन्त्रीको जबर्जस्तीमा संसद्मा एमसिसी टेबुल भएपछी प्रधानमन्त्री शेरबहादुर देउवा र उनको दल नेपाली कांग्रेस संसद्मा छलफल गरी एमसिसी पारित गराउने पक्षमा उभिएको छ तर […]

एमाले कांग्रेस मिलेर अघिबढ्न सहमत

काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी) पास गर्न सत्ता गठबन्धनबाटै असहयोग भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिपक्ष दल एमालेको साथ खोज्दै हिडेका छन् । संसद्मा पेस भएको एमसीसी सम्झौता पारित गराउनुपर्ने दबाबमा रहेका उनले एमालेको साथ लिएर अगाडि बढ्ने गरी छलफल थालेका छन् । प्रधानमन्त्री देउवाले एमालेसँग पटक–पटक वार्ता गर्दै आएका छन्।सत्ता गठबन्धनमा आबद्ध नेकपा माओवादी […]

देउवा भेट्न भट्टराई बालुवाटारमा

काठमाडौ । जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् । एमसीसी सम्झौता संसद्बाट पारित गर्ने विषयमा सत्ता गठबन्धनको विवाद फुट नजिक पुगेसँगै भट्टराई बालुवाटार पुगेका हुन् । एमसीसीको विषयले सत्ता गठबन्धन फुटतिर गएको छ । माओवादी केन्द्र कुनैपनि हालतमा संशोधनबिना एमसीसी पास गर्न तयार […]