हुम्लामा प्रहरीमाथि ढुंगामुढा : मतदान अधिकृतसहित २ जना घाइते

काठमाडौँ । हुम्लामा मतदानका क्रममा झडप भएको छ । एक समूहले प्रहरीमाथि नै ढुंगामुढा गरेपछि प्रहरीले ७ राउण्ड गोली चलाएको छ । स्थानीयको ढुंगामुढाबाट मतदान अधिकृतसहित २ जना घाइते भएका छन् । माथिल्लो हुम्लाको तंखेली गाउँपालिका २ स्थित महादेव मावि मतदान केन्द्रमा सो तनाव भएको हो । ढुंगामुढाबाट मतदान अधिकृत कृष्ण प्रसाद आचार्य र कार्यालय […]
स्थानीय तह निर्वाचन- तस्बिरमा र्हेनुहोस् शीर्ष नेताको मतदान

काठमाडौं । देशभर स्थानीय तह निर्वाचन अन्र्तगत मतदान जारी छ । सर्वसाधारदेखी उच्च राजनीतिक पदस्थले मतदान गर्ने क्रम जारी छ । सभामुखदेखी राजनीतिक दलक प्रमुख र शीर्ष नेताले मतदान गरेका छन् । तर, प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले भने मतदान गरेका छैनन् । केही बेरमा प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीले […]
जित-हारलाई स्वाभाविक लिनुपर्छ : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मतदान गरेपछि निर्वाचनमा जित–हारलाई स्वाभाविक रुपमा लिनुपर्ने बताएका छन् । अध्यक्ष प्रचण्डले चितवनबाट मतदान गरेका हुन् । मतदानपछि पत्रकारहरुलाई प्रतिक्रिया दिंदै अध्यक्ष प्रचण्डले भने, ‘जितमा अनावश्यक हौसिने र पराजयमा निराश हुनु हुँदैन ।’ उनले राजनीतिक रुपले अप्ठ्यारो स्थितिमा आफूहरुले गठबन्धन गरेको बताए ।प्रचण्डले […]
पैसाको बिगबिगी रोक्न आयोग असफल : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले निर्वाचनको बेला पैसाको बिगबिगी र भोजभतेरको लर्को रहेको भएको बताएका छन् । रौतहटस्थित गौरको रामजनकी कन्या विद्यालयबाट मतदान गरेपछि उनले भने, ‘पैसाको बिगबिगी र भोजभतेरलाई रोक्न निर्वाचन आयोग सफल भएको पाइएन । यो पाराले चल्ने वाला छैन ।’ प्रहरी प्रशासनले साँचो अर्थमा न्युट्रल र प्रभावकारी […]
नेकपा नेता नारायणकाजीले गरे मतदान

काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले मतदान गरेका छन् । मतदान सुरु भएको केहिबेरपछि उनले सिरानचोक गाउँपालिका– ८ जौवारीस्थित परोपकार आदर्श मतदान केन्द्रबाट मतदान गरेका हुन् ।आज बिहान ७ बजेबाट देशभर एकैपटक मतदान सुरु भएको छ ।
आज स्थानीय तह निर्वाचन

काठमाडौं । आज २०७९ वैशाख ३० गते शुक्रबार । अर्थात, आम नेपाली जनताले आफ्नो नजिकको सरकारको नेतृत्व चुन्ने दिन । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि आज दोस्रोपटक देशैभर स्थानीय तहको निर्वाचन भइरहेको छ । यसअघि, पाँच वर्ष अगाडि नेपालमा पहिलोपटक स्थानीय सरकारको नेतृत्व चयनका लागि निर्वाचन भएको थियो । यसपटक १ करोड ७७ लाख ३३ […]
निर्वाचनको सम्पूर्ण तयारी पूरा : आयोग

काठमाडौं । स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । बिहीबार पत्रकार सम्मेलनमार्फत निर्वाचनको सबै तयारी पुरा भएको आयोगका प्रवक्ता सूर्य प्रसाद अर्यालले जानकारी दिएका हुन् । आयोगले निर्वाचन भयमुक्त र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन गत मंगलबार रातिदेखि नै मौन अवधि लागू गरेको थियो । मौन अवधिमा आचारसंहिताको पालनाका लागि नियमित […]
भारतीय प्रधानमन्त्री मोदीको लुम्बिनी भ्रमण तालिका सार्वजनिक

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमण तालिका सार्वजनिक भएको छ । परराष्ट्र मन्त्रालयद्वारा जारी भ्रमण तालिकामा मोदी काठमाडौं आउने कार्यक्रम भने परेको छैन । आफ्नो पाँचौं नेपाल भ्रमणका रुपमा मोदी आउँदो जेठ २ गते लुम्बिनी आउनेछन् र त्यतैबाट फर्किनेछन् । यसबीच राष्ट्रपति विद्यादेवी भण्डारीसँग मोदीको भेट नहुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा […]
कांग्रेसका पाँच जना पार्टीबाट निलम्बित

काठमाडौं । नेपाली कांग्रेसले पूर्वसांसद भीमबहादुर श्रेष्ठसहित थप पाँच जनालाई पार्टीबाट निलम्बन गरेको छ । स्थानीय तह निर्वाचनमा पार्टीको विधान र अनुशासनविपरीत काम गरेको भन्दै कांग्रेसले श्रेष्ठसहितका चितवनका ५ नेताहरुलाई निलम्बन गरेको हो । भरतपुर महानगरपालिका–१ का पूर्वसांसद श्रेष्ठ, भरतपुर–४ का नेपाल तरूण दलका पूव केन्द्रीय सदस्य शम्भुप्रसाद अर्याल, भरतपुर–१६ का क्षेत्रीय प्रतिनिधि सूर्य बस्नेत, […]
‘यो पटकको निर्वाचनमा बहिष्कार गर्ने कोही पनि छैन’

काठमाडौं । शुक्रबार स्थानीय तह निर्वाचनको मतदान हुँदैछ । मुलुक संघीयतामा गइसकेपछि स्थानीय तहको यो दोस्रो निर्वाचन हो । यतिबेला मौनअवधि चलिरहेको छ । निर्वाचन आयोगले दलहरुले मतदातालाई प्रभावित नबनाओस् भनेर निर्वाचन सुरक्षाका लागि मतदान सुरु हुनुअघिदेखि ७३ घण्टाका लागि आचारसंहिता लगाउने गर्छ । मौनअवधिको मध्यतिर आउँदा देशका अधिकांश स्थानमा शान्त रहेतापनि केही स्थानमा भने […]
