काठमाडौं । नेपाली कांग्रेसले पूर्वसांसद भीमबहादुर श्रेष्ठसहित थप पाँच जनालाई पार्टीबाट निलम्बन गरेको छ । स्थानीय तह निर्वाचनमा पार्टीको विधान र अनुशासनविपरीत काम गरेको भन्दै कांग्रेसले श्रेष्ठसहितका चितवनका ५ नेताहरुलाई निलम्बन गरेको हो ।
भरतपुर महानगरपालिका–१ का पूर्वसांसद श्रेष्ठ, भरतपुर–४ का नेपाल तरूण दलका पूव केन्द्रीय सदस्य शम्भुप्रसाद अर्याल, भरतपुर–१६ का क्षेत्रीय प्रतिनिधि सूर्य बस्नेत, भरतपुर–२ का तरूण दलका पूर्वजिल्ला सचिव आनन्दराज राउत र भरतपुर–८ का क्रियाशील सदस्य डा. केशव पौडेललाई पार्टी सदस्यबाट निलम्बन गरिएको कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव प्रदीप पराजुलीले बताए ।

यसअघि स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनको साझा उम्मेदवार रेनु दाहालविरुद्ध कांग्रेसका नेता जगन्नाथ पौडेलले बागी उम्मेदवारी दिएपछि उनलाई कांग्रेसले निलम्बन गरेको थियो ।










