अब मुलुकमा दुई दल मात्रै हुने अध्यक्ष ओलीको दावी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेपछि अब मुलुकमा दुई दल मात्र हुने दावी गरेका छन् । अध्यक्ष ओलीले भक्तपुरको सूर्य विनायक नगरपालिकास्थित शान्ती माध्यमिक विद्यालयबाट मतदान गरेपछि पत्रकारहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै देशमा एमाले एउटा दल र अरु मिलिजुली एउटा दल बन्ने अवस्था हुने बताएका हुन् । ‘वहाँहरुले एउटा दल बनाएर आए […]
ज्योतिषले भनेकै समयमा ओलीद्वारा मतदान

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मतदान गरेका छन् । ओलीले भक्तपुर नगरपालिका–२ बालकोटस्थित महेन्द्र शान्ति माविको मतदान केन्द्रमा गएर मतदान गरेका हुन् । अन्य शीर्ष नेताले विहानै मतदान गरे पनि ओलीले भने ज्योतिषले भनेको समयमा मतदान गरेका हुन् ।
सत्तागठबन्धन र एमालेका कार्यकर्ताबीच झडप, प्रहरीद्वारा हवाई फायर

काठमाडौँ । बझाङको जयपृथ्वी नगरपालिका वडा नं. ७ अन्तर्गतको मतदान केन्द्रमा झडप भएको छ । सत्तागठबन्धन र एमालेका कार्यकर्ताबीच झडप भएको हो । झडपका क्रममा केही मतपत्र च्यातिएको छ । झडप नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ । झडप भएको ठाउँ नेकपा एमालेका केन्द्रीय सदस्य तथा बझाङ जिल्ला सहइन्चार्ज ऐन महरको मतदानस्थल हो । […]
मतदाता बोकेको गाडी दुर्घटना, ११ जनाको मृत्यु

काठमाडौं । स्याङ्जाको वालिङ नगरपालिका-१४ अर्खलाबासमा मतदाता बोकेको दुर्घटना भएको छ । स्थानीय निर्वाचनका लागि मतदाता ओसार्न प्रयोग गरिएको जीप दुर्घटना हुँदा कम्तीमा ११ मृत्यु छ भने ९ जना गम्भीर घाइते भएका छन् । तर, वालिङ प्रहरी कार्यालयले धनजनको क्षतिको विवरण भने आइनपुगेको जनाएको छ । जीप सडकबाट करिब १५० मिटर तल खसेको छ ।घाइतेहरुलाई […]
मतदाता बोकेको जिप दुर्घटना

काठमाडौँ । स्याङ्जाको वालिङ १४ सिख्रेमा मतदाता लिएर आएको जीप पल्टिँदा दुर्घटना भएको छ । ३० जना भन्दा बढी मतदाता बोकेको सो जीप सडकबाट करिब १ सय ५० मिटर तल खसेको छ । कच्ची बाटोमा धेरै सहभागी रहेको र बाटोबाट धेरै तल खसेकाले धेरै क्षति भएको हुनसक्ने स्थानीय चक्रपाणी डुम्रेले जानकारी दिए । अहिले स्थानीय […]
एक जनाको भोट अर्को व्यक्तिले हालेपछि, मतपेटिका तोडफोड

काठमाडौं । काभ्रेको चौंरीदेउराली गाउँपालिकास्थित एक मतदान केन्द्रमा तनावको स्थिति भएको छ । एक जनाको भोट अर्को व्यक्तिले हालेपछि विवाद सुरु भएको जिल्ला प्रहरी कार्यालय, काभ्रेका प्रमुख एसपी चक्रराज जोशीले जनाएका छन् । तनावको क्रममा मतपेटिका बाहिर ल्याएर तोडफोड गरिएको छ । अहिले सर्वदली बैठक राखेर दुवै पक्षबीच छलफल भइरहेको जोशीले बताए
गठबन्धनले कांग्रेस झनै बलियो भएको छ : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनले लोकतन्त्र बलियो बनाएको बताएका छन् । शुक्रबार बिहान डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको रुवाखोलास्थित असिग्राम मावि मतदान केन्द्र ‘ख’बाट मतदान गरेपछि पत्रकारहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले स्थानीय तह निर्वाचनले लोकतन्त्र बलियो बनाएको बताएका हुन् । स्थानीय तहको निर्वाचनपछि सिंहदरबारका अधिकार गाउँगाउँमा पुगेको दाबी गरे। उनले स्थानीय तहको समृद्धि र […]
सिन्धुपाल्चोकमा सेनाले तेर्सायो हतियार

काठमाडौं । सिन्धुपाल्चोकको ज्यामिरेमा मतदानका क्रममा झडप भएको छ । सिन्धुपाल्चोकको मेलम्ची–४ मा अशक्त र अपांगता भएका व्यक्तिहरुलाई आफन्तले नभई दलका प्रतिनिधिहरुले मतदान गर्न सघाएपछि केहीबेर तनाव भएको हो । मेलम्ची नगरपालिकाको ज्यामिरेमा रहेको स्वास्थ्य चौकीको बुथ कब्जाको प्रयास भएपछि नेपाली सेनाले स्थिति नियन्त्रणमा लिएको थियो । नेपाली सेनाले हतियार तेर्स्याएको तस्वीरमा देख्न सकिन्छ । […]
रामेछापको दुई मतदान केन्द्रमा झडप

काठमाडौँ । रामेछापको दुई स्थानमा गोली चलेको छ । दुई पक्षीय झडप हुँदा मतदान प्रभावित बनेको जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपी राजकुमार थिङले जानकारी दिए । दोरम्बा सैलुङ गाउँपालिकाको मानपुरकृष्ण मावि मतदान केन्द्रमा दुई पक्षीय झडप हुँदा एक राउण्ड गोली चलेको उनले बताए । यस्तै खाँणदेवी गाउँपालिका स्थित वडा नम्बर १ राकाथममा मतदान केन्द्रमा दुई […]
दोलखाको दुई मतदान केन्द्रमा झडप, १३ राउण्ड हवाई फायर

काठमाडौँ । स्थानीय तह निर्वाचन अन्तर्गत दोलखाको वैतेश्वर गाउँपालिकामा मतदान स्थगित भएको छ । मतदानका विषयमा दुई पक्षीय झडप हुँदा मतदान स्थगित भएको हो । वैतेश्वर कालिढुंगा मावि मतदान केन्द्रमा विवाद भएको प्रहरी प्रवक्ता एसएसपी विष्णु केसीले जानकारी दिए । यस्तै मेलुङ गाउँपालिकाको वडा नम्बर ४ स्थित मतदान केन्द्रमा पनि तनाव भएपछि हवाई फायर भएको […]
