आठ वटा पालिकाको नतिजा सार्वजनिक

काठमाडौं । स्थानीय तह विर्नाचनको मतपरिणाम सार्वजनिक हुने क्रम जारी छ ।अहिलेसम्म आठ वटा पालिकाको नतिजा सार्वजनिक भएको छ । निर्विरोध भएकासहित ८ वटा पालिकाको नतिजा सार्वजनिक भएको हो । अहिलेसम्मको नतिजाअनुसार अध्यक्षमा एमालेले चार तथा कांग्रेस र एकीकृत समाजवादीले दुई/दुई ठाउँमा जित हासिल गरेका छन् । एमाले : मनाङको मनाङ डिस्याङ गाउँपालिका मुस्ताङको लोघेकर दामोदरकुण्ड […]
थवाङ ५ मा माओवादी केन्द्रको प्यानलै विजयी

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले जनयुद्वको लालकिल्ला रोल्पा थवाङमा खाता खोलेको छ । थवाङ गाउँपालिका(५ मा नेपाली कांग्रेस, नेकपा एमाले र विप्लव नेकपा गठबन्धनलाई पराजित गर्दै नेकपा माओवादी केन्द्रका वडा अध्यक्ष उम्मेदवार गोबर्धन घर्ती मगर प्यानलसहित विजयी भएको अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनले जानकारी दिए ।
काठमाडौं महानगरपालिकाको मतगणना सुरु

काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना सुरु भएको छ । राष्ट्रिय सभागृहमा शनिबार विहान करिब पौने ९ बजेदेखि मतगणना सुरु भएको हो । अहिले वडा नम्बर १ र दुईको मतगणना भइरहेको छ । काठमाडौं महानगरपालिकाको मेयरमा सत्ता गखबन्धनबाट नेपाली कांग्रेसका नेतृ सिर्जना सिंह, नेकपा एमालेबाट केशव स्थापित, राप्रपाबाट मदनदास श्रेष्ठ, स्वतन्त्र उम्मेदवार बालेन साह लगायत उम्मेदवार […]
सोलुखुम्बुमा झडप हुँदा एकको मृत्यु

काठमाडौँ । सोलुखुम्बुको सोताङ गाउँपालिकामा मतदातालाई घर लैजाने विषयमा विवाद हुँदा भएको दोहोरो झडपका क्रममा एक जनाको मृत्यु भएको छ । वडा नम्बर ३ मा भोट खसाल्न आएकी बिरामी वृद्धा महिलाको मृत्युपछि कांग्रेस र माओवादीका कार्यकर्ताबीच झडप हुँदा एक जनाको मृत्यु भएको हो । हिजो साँझ भएको घटनामा घाइते भएका ३५ वर्षीय सुदिप राईको फाप्लु […]
खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकामा कांग्रेसको सुरुआती अग्रता

काठमाडौं । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकामा मतगणना सुरु भएको छ । वडा नं. १ बाट सुरु गरिएको गणनाको प्रारम्भिक नतिजा अनुसार नेपाली कांग्रेसले सुरुआती अग्रता लिएको छ । ३ सय मत गनिसक्दा प्रमुख पदमा कांग्रेसका नइन्द्र राईले १२६ मत ल्याएका छन् । त्यस्तै माओवादी केन्द्रका गोपालचन्द्र राईले ८२ मत ल्याएका छन् भने नेकपा एमालेका लोकेन्द्र […]
हेटौँडा उपमहानगरपालिकामा मतगणना सुरु

काठमाडौं । हेटौँडा उपमहानगरपालिकाको मतगणना शनिबार बिहानबाट सुरु भएको छ । शुक्रबार राति बसेको सर्वदलीय बैठकले शनिबारबाट मत गणना गर्ने सहमति गरेको थियो । मतगणना हेटौँडा–२ स्थित सिद्धार्थ माध्यमिक विद्यालयमा भइरहेको छ । मुख्य निर्वाचन कार्यालय हेटौँडाले चार स्थानमा मत गणनाको व्यवस्था गरिएको जानकारी दिएको छ । मतगणना स्थलमा तारजालीसहित सिसिटिभीको व्यवस्था गरिएको छ । […]
देशका ७७ मतदान केन्द्रमा चुनाव स्थगित

काठमाडौं । देशभरका ७७ मतदान केन्द्रमा झडप र विवादका कारण निर्वाचन स्थगित भएको छ । ४३ वटा मतदानस्थलमा निर्वाचन रोकिएको निर्वाचन आयोगले गएराति प्रकाशित गरेको विवरणमा उल्लेख छ । निर्वाचन आयोगको संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेईओसी) का अनुसार २८ वटा स्थानीय तह र १६ जिल्लामा कुनै न कुनै रुपमा निर्वाचन प्रभावित भएको छ । लुम्बिनी […]
५३ मतदान केन्द्रको मतदान अवरुद्ध : निर्वाचन आयोग

काठमाडौं । देशभर ५३ वटा मतदान केन्द्रमा मतदान अवरुद्ध भएको निर्वाचन आयोगले जनाएको छ । अहिलेसम्मको जानकारी अनुसार विभिन्न जिल्लाका ५३ मतदान केन्द्रको मतदान प्रक्रिया अवरुद्ध भएको हो । राजनीतिक दलका कार्यकर्ताहरूबीच झडप भएपछि ति मतदान प्रक्रिया अवरुद्ध भएका हुन् । केही स्थानमा पुनः सुचारु भइसकेको छ भने केही स्थानमा अर्को दिन मतदान गर्ने गरी […]
गोरखामा गोली चल्यो, एक कर्मचारी घाइते

काठमाडौँ । स्थानीय तह निर्वाचन अन्तर्गत गोरखाको भीमसेन थापा गाउँपालिका वडा नम्बर २ स्थित ताराखसे मतदान केन्द्र (सिद्धकाली मावि) मा गोली चलेको छ। मतदानका क्रममा कांग्रेस, माओवादी र एमालेका कार्यकर्ताबीचको विवाद उग्र रुप लिँदा स्थिति तनावग्रस्त बनेका बेला अज्ञात व्यक्तिले गोली चलाएको हो। निर्वाचन अधिकृत खिमानन्द गौतमले अज्ञात व्यक्तिले गोली चलाएको र अनुसन्धान भइरहेको जानकारी […]
मतदान अवधि सकियो, कुन स्थानीय तहको अवस्था के छ ?

काठमाडौं । संघीय गणतन्त्र नेपालको स्थापनापछि आज देशभर दोस्रोपटक भएको स्थानीय तह निर्वाचनको निर्धारित समय सकिएको छ । स्थानीय तहमा नयाँ नेतृत्व चुन्नका लागि आज विहान ७ बजेदेखि सुरु भई बेलुका ५ बजेसम्म मतदाका लागि समय निर्धारण गरिएको थियो । देशभर भएको मतदानका क्रममा कतिपय स्थानमा भने केहि विवादपछि झडप हुँदा मतदान रोकिएको छ । […]
