बौधीमाईमा एमाले – जसपा झडप, तीन मतपेटिकामा आगजनी

काठमाडौँ। रौतहटको बौधीमाईमा मतपेटिकामा आगजनी भएको छ । बौधीमाई नगरपालिका वडा नम्बर २ को इनरवा टोलमा जनता समाजवादी पार्टी र एमालेबीच झडप हुँदा ३ वटा मतपेटिका आगजनी भएको हो । प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीका अनुसार झडप र आगजनि पछि इनरवा टोल अहिले तनावग्रस्त भएको छ । त्यस्तै वडा नम्बर ९ मा समेत विवाद भई […]
गाडीको ठक्करबाट उम्मेदवारको मृत्यु

काठमाडौँ । स्थानीय तह निर्वाचनका क्रममा रुकुमपश्चिमको बाँफिकोट गाउँपालिकामा एक जनाको मृत्यु भएको छ । नेपाली कांग्रेसका तर्फबाट अध्यक्षका उम्मेदवार जेके बाठाको गाडीले ठक्कर दिँदा ७ नम्बर वडाका ७० वर्षीय प्रवीण खत्रीको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय कर्णालीले जनाएको छ ।मतदान केन्द्र स्थलगत निरीक्षणका लागि जाँदै गरेका बाँठा चढेको गाडीले मतदानका लागि जाँदै गरेका खत्रीको […]
रोकियो दार्चुलाको शैल्यशिखर-६ मा मतदान

काठमाडौँ। दार्चुलाको शैल्यशिखर नगरपालिका–६ स्थित पशुपति भवन माध्यमिक विद्यालयमा रहेको ग्वानि मतदान केन्द्रमा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप हुँदा मतदान स्थगित भएको छ । झडपलाई नियन्त्रण गर्न प्रहरीले ५ राउन्ड हवाई फायर गरेर साम्य पारेको छ । घटनास्थलमा प्रहरी, सशस्त्र र सेनासमेत पुगेपछि तनावपूर्ण स्थिति अहिले साम्य भएको छ ।
पूर्वप्रधानमन्त्री भट्टराईलाई आयोगको स्पष्टीकरण पत्र

काठमाडौं । निर्वाचन आयोगले पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईलाई स्पष्टीकरण सोधेको छ । नेता भट्टराईले गोप्य हुनुपर्ने मतदान सार्वजनिक गरेको र प्रचार प्रसार गरेको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो । शुक्रबार पालुङटार नगरपालिका–१ अन्नपूर्ण मावि मतदान केन्द्रबाट मतदान गरेका भट्टराईले मतसंकेत गरिसकेको मतपत्र नै फेसबुकमार्फत सार्वजनिक गरेका थिए । […]
आज साँझबाट गणना सुरु हुने

काठमाडौं । स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत मतदान कार्य सकिएपछि आजै साँझबाट मतगणना सुरु हुने भएको छ । आज साँझ ५ बजेसम्म मतदान हुने भनिए पनि उक्त समयमा मतदान केन्द्रमा प्रवेश गरेका मतदातालाई मतदानमा सहभागी गराइने र मतदानकार्य सम्पन्न भइसकेपछि मुचुल्का तयार गरी पार्टी र उम्मेदवारको रोहबरमा सुरक्षितरुपमा मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा ढुवानी गरेर सर्वदलीय छलफललगत्तै […]
काठमाडौं उपत्यकामा शान्तिपूर्ण मतदान

काठमाडौं । स्थानीय तह निर्वाचनअन्तर्गत देशभर मतदान जारी छ । विभिन्न जिल्लामा विवादका कारण झडपसमका अवस्था सिर्जना भएपनि काठमाडौं उपत्यकामा शान्तिपूर्णरुपमा मतदान भइरहेको छ । काठमाडौंका ३२०, ललितपुरका २८८ र भक्तपुरका २१९ मतदान स्थालनमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ । काठमाडौंका जिल्ला निर्वाचन अधिकारी ठाकुर भट्टराईका अनुसार मध्याह्न १२ बजेसम्म औसतमा ३५ […]
सेनाको नियन्त्रणमा सर्लाहीको मतदानस्थल

काठमाडौँ । स्थानीय तह निर्वाचन अन्तर्गत सर्लाहीको कौडेना गाउँपालिकामा राजनीतिक दलका कार्यकर्ताबीच पटक–पटक झडप भएपछि एक मतदानस्थल नेपाली सेनाले नियन्त्रणमा लिएको छ । कौडेना गाउँपालिका–६, श्री जनता आधारभूत मतदान स्थलमा बिहानदेखि पटक–पटक झडप भएपछि केहीबेर अघिमात्र घटनास्थल सेनाले नियन्त्रणमा लिएको हो । मतदान स्थलमा तत्काल आइपुगेको सेनाको टोलीले फायर नगरे पनि हतियार तेर्साएपछि स्थिति तत्काल […]
सात जिल्लाका केहि केन्द्रमा मतदान अवरुद्ध : आयोग

काठमाडौं । शुक्रबार बिहानैदेखि देशभर स्थानीय तह निर्वाचन अन्र्तगत मतदान जारी छ । अहिलेसम्म अधिकांश स्थानमा उत्साहपूर्ण मतदान भइरहेको छ । निर्वाचन आयोगका अनुसार मध्यान्हसम्म ७ जिल्लाका केही मतदान केन्द्रमा मतदानको कार्य अवरुद्ध भएको छ । दोलखा, सर्लाही, सप्तरी, रामेछाप, पर्वत, हुम्ला र बाजुराका केही मतदानस्थलमा सामान्य विवादका कारण मतदान कार्य अवरुद्ध भएको आयोगका प्रवक्ता […]
स्याङ्जामा मतदाता बोकेको जिप दुर्घटना, १३ जनाको मृत्यु

काठमाडौं । स्याङ्जामा मतदाता बोकेको जिप दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ, १२ जना घाइते भएका छन् । वालिङ नगरपालिका-४ पञ्चमूल अर्खलबासस्थित भित्री सडक खण्डमा सिख्रेबाट तिवारी पसलतर्फ जाँदै गरेको ग २ च ३०२६ नम्बरको जिप सडकबाट ५०० मिटर तल खसेको हो । प्रहरीले घरबाट मतदान गर्न मतदान केन्द्रतर्फ जाँदै गरेकाहरु दुर्घटनामा परेको जनाएको […]
साढे पाँच घण्टामा ३० प्रतिशत मत खस्यो : आयोग

काठमाडौं । शुक्रबार बिहान ७ बजेदेखि जारी निर्वाचनमा ११ः ४० करिब साढे पाँच घण्टामा करिब ३० प्रतिशत मत खसेको छ । शुक्रबार बिहान ७ बजेदेखि ११.४० बजेसम्म ३० प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको हो । आयोगका प्रवक्ता शालिकराम पौडेलका अनुसार अहिले देशभर उल्लापूर्वक मत खसिरहेको छ । केही स्थानमा विभिन्न कारण भएका तनावका कारण […]
