Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

५३ मतदान केन्द्रको मतदान अवरुद्ध : निर्वाचन आयोग

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 13, 2022
6 shares

काठमाडौं । देशभर ५३ वटा मतदान केन्द्रमा मतदान अवरुद्ध भएको निर्वाचन आयोगले जनाएको छ । अहिलेसम्मको जानकारी अनुसार विभिन्न जिल्लाका ५३ मतदान केन्द्रको मतदान प्रक्रिया अवरुद्ध भएको हो ।

राजनीतिक दलका कार्यकर्ताहरूबीच झडप भएपछि ति मतदान प्रक्रिया अवरुद्ध भएका हुन् । केही स्थानमा पुनः सुचारु भइसकेको छ भने केही स्थानमा अर्को दिन मतदान गर्ने गरी सकिएको छ ।निर्वाचन आयोगका अनुसार अहिलेसम्म ताप्लेजुङ, खोटाङ, सिन्धुली, धनुषा, महोत्तरी, सर्लाही, सप्तरी, नुवाकोट, काठमाडौं, काभ्रे, मकवानपुर, रौतहट, बारा, दाङ, कालिकोट, हुम्ला लगायतका जिल्लाका विभिन्न मतदान केन्द्रमा मतदान अवरुद्ध भएको छ ।

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाको परमसिंहदेवी मावि निधुरादिन ९क० मतदान केन्द्रको मतदान अवरुद्ध भएको छ । त्यस्तै खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सावित्रा मावि बामराङ ९ग० मतदान केन्द्रको मतदान प्रक्रिया अवरुद्ध भएको छ । दोलखाका तीन ठाउँमा मतदान प्रक्रिया अवरुद्ध भएको छ ।

तामाकोशी, मेलुङ र बैतेश्वरका एक–एक वटा मतदान केन्द्रमा मतदान अवरुद्ध भएको हो । त्यस्तै, सिन्धुलीको ९ वटा मतदान केन्द्रको मतदान अवरुद्ध भएको थियो । कमलामाई, दुधौली, तिनपाटन, हरिहरपुरगढीमा मतदान अवरुद्ध भएको थियो ।

धनुषाको मिथिला नगरपालिका, महोत्तरीको भँगाहा नगरपालिका, सर्लाहीको चक्रभट्टा गाउँपालिका र हरिभवन नगरपालिका, धादिङको धार्के गाउँपालिका, नुवाकोटको पञ्चकन्या, काठमाडौंको शंखरापुर, काभ्रेपलाञ्चोकको रोशी, मकवानपुरको मकवानपुरगढी, रौतहटको ईशनाथ, बाराको सुवर्ण, आदर्श कोटवाल, कोल्हवी र जीतपुरसिमरा तथा दाङको घोराहीका एक–एक वटा केन्द्रमा मतदान रोकिएको छ ।

त्यस्तै कालिकोटको सान्नी त्रिवेणी, हुम्लाको चंखेली, दैलेखको आठबीसकोट, बाजुराको बुढीगंगा, बुढीनन्दा, स्वामीकात्तिक, अछामको ढकारी र पञ्चदेवल, पर्साको जिराभवानी, चितवनको खैरहनी र भरतपुर, रोल्पाको लुङ्गी तथा कैलालीको घोडाघोडी नगरपालिका, टिकापुर नगरपालिका र बर्दगोरिया गाउँपालिका गरी चार मतदान केन्द्रहरूमा मतदान प्रभावित भएको आयोगले जनाएको छ ।

सप्तरीको एक मतदान केन्द्रमा भने १ जेठमा मतदान हुनेछ । डाक्नेश्वरी नगरपालिका २ स्थित हिररबा मावि मतदान केन्द्रमा १ जेठमा मतदान हुने भएको हो । मतदान अधिकृत कुटिएपछि त्यहाँको मतदान रोकिएको थियो । कतै सेनाको सुरक्षा निगरानीमा मतदान भइरहेको छ भने कतै यसअघि नै मतदान प्रक्रिया सकिसकेको आयोगले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

देउवा–गगन द्वन्द्व : कांग्रेसको संकट कहाँबाट आयो?

  • September 18, 2026

त्रियुगा नगर इसाई समाजको आफ्नै भवन उद्घाटन, सांसद बुर्जाले भने...

  • September 18, 2026

रसुवा बाढीपीडितका लागि उदयपुर इसाई समाजको ३ लाख ३२ हजार सहयोग

  • September 18, 2026

ऋण असुलीबाट समस्याग्रस्तका ५ सहकारीका १३५ जना बचतकर्ताले पाए र...

  • September 18, 2026

सानोठिमीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री अरुणको मृत्यु

  • September 18, 2026

लौहपुरुष गणेशमान सिंहको २९औँ स्मृति दिवस आज

  • September 18, 2026

राष्ट्रसंघ महासभामा सहभागी हुन इरानी राष्ट्रपति र विदेशमन्त्री...

  • September 18, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved