रुकुमपश्चिम चौरजहारीमा माओवादी र कांग्रेसबीच कडा प्रतिस्पर्धा

काठमाडौँ । रुकुमपश्चिमको चौरजहारी नगरपालिकामा नेकपा माओवादी केन्द्र र कांग्रेस–एमाले गठबन्धनका उम्मेदवारबीच कडा प्रतिस्पर्धा भइरहेको छ । केहीबेर अगाडिसम्म मतगणनाअनुसार माओवादी केन्द्रले अग्रता लिएकोमा अहिले फेरि कांग्रेस अगाडि देखिएको छ । वडा नम्बर १ को ४०२ मत गणना हुँदा कांग्रेस–एमाले गठबन्धनबाट मेयरको उम्मेदवार बनेका कांग्रेसका प्रेमबहादुर वलीले २१३ मत पाएका छन् । उनलाई पछ्याइरहेका माओवादी […]
भरतपुरमा रेनु र विजयबीच कडा प्रतिस्पर्धा

काठमाडौं । बढी चासोका रुपमा हेरिएको चितवनको भरतपुर महानगरपालिकामा एक सय भोट गणना भएको छ । पछिल्लो मतपरिणाम अनुसार नेका एमालेका उम्मेदवार विजय सुवेदीले ४१ मत प्राप्त गरेका छन् । तयस्तै गठबन्धनबाट उम्मेदवार रेनु दाहालले ३७ भोट प्राप्त गरेकी छन् । अर्का गठबन्धनका बागी उम्मेदवार जगन्नाथ पौडेलले भने ८ भोट पाएका छन् । यहाँ पौडेल […]
काठमाडौंमा प्रतिस्पर्धीहरू भन्दा निकै अगाडि बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा त्रिपक्षीयबीच कडा टक्कर देखिएको छ । जारी मतगणना अनुसार स्वतन्त्र उम्मेदवार बालेन शाह निरन्तर अगाडि देखिएका छन् । उनलाई कांग्रेसकी सिर्जना सिंह र एमालेका केशव स्थापितले पछ्याइरहेका छन् । पछिल्लो मतगणना अनुसार बालेन २१३ मतका साथ अग्रस्थानमा छन् । एमालेका स्थापित १५९ भोट ल्याएर दोस्रो स्थानमा उक्लिएका छन् भने कांग्रसकी […]
माधव नेपालको गृहनगरमा एकीकृत समाजवादी अगाडि

काठमाडौं । रौतहटको गौर नगरपालिकाको मेयररउपमेयरमा नेकपा (एकीकृत समाजवादी) ले अग्रता लिएको छ । सुरुवाती मत परिणामअनुसार मेयरमा एकीकृत समाजवादीका शम्भु साह २७२ मतसहित अगाडि छन् । उनलाई लोकतान्त्रिक समाजवादी पार्टीका अजयकुमार गुप्ताले ६५ मतसहित पछ्याइरहेका छन् । त्यस्तै कांग्रेसका मोहनकुमार यादव ४१ मतसहित तेस्रो स्थानमा रहेका छन् । त्यस्तै उपमेयरमा नेकपा (एकीकृत समाजवादी) कै […]
मरिण १ को अध्यक्षमा माओवादी केन्द्रका गुर्मछान विजयी

काठमाडौँ । मरिण गाउँपालिका–१ मा नेकपा (माओवादी केन्द्र) का हिराबहादुर गुर्मछान मगर निर्वाचित भएका छन् । उनले ५०६ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का गोपीलाल मगरले ३३८ मत पाए । वडामा अध्यक्षसहित चार सदस्य माओवादी केन्द्र र एक महिला सदस्य एमालेबाट विजयी भएका छन् । मरिण गाउँपालिकाको अध्यक्षमा १११८ मत गणना हुँदा गठबन्धनबाट […]
मनाङको नासों गाउँपालिका अध्यक्षमा कांग्रेसका गुरुङ निर्वाचित

काठमाडौँ । मनाङको नासों गाउँपालिकाको अध्यक्षमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार धनबहादुर गुरुङ निर्वाचित भएका छन् । गुरुङले ८ सय २० मत पाए भने उनका निकटतम् प्रतिद्धन्द्वी नेकपा (एमाले)का मनबहादुर गुरुङले ६ सय ४८ मत ल्याए । त्यस्तै, गाउँपालिका उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) का बेदबहादुर गुरुङ निर्वाचित भएका छन् । उनले ९ सय १३ मत […]
भरतपुरमा २० मत गन्दा विजय पहिलो, रेनु दोस्रो

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा २० मत गन्दा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले पनि १ भोट ल्याएका छन् । यहाँ झण्डै २ घण्टा ढिला गरी मतगणना सुरु भएको हो । अहिले २० मत गन्दा एमालेका विजय सुवेदीले ११, गठबन्धनकी रेनु दाहालले ६ र कांग्रेसबाट विद्रोह गरी भुइँकटहर चुनाव चिह्नमा उठेका जगन्नाथ पौडेलले १ मत ल्याएका छन् […]
जनकपुरधाममा स्वतन्त्र उम्मेदवार साह दोब्बर मतले अग्रता

काठमाडौँ। जनकपुरधाम उपमहानगरपालिकामा नेपाली कांग्रेसबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका मनोजकुमार साहले दोब्बर मतको अग्रता लिएका छन् । वडा नम्बर १ को ७८० मत गनिसक्दा कांग्रेसबाट विद्रोह गरेका साहले २५९ मत ल्याउन सफल भएका छन् । नगर प्रमुखमा घण्टाघर चुनाव चिह्न लिएर उठेका उनले २५९ मत ल्याउँदा उनलाई पछ्याइरहेका एमालेका शिवशंकर साह (हिरा) ले १०५ […]
काठमाडौंमा बालेनले लिए अग्रता

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता लिएका छन् । काठमाडौंको राष्ट्रियसभा गृहमा भइरहेको मत गणनामा ७५ मत गन्दा बालेनले २२, नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १८, नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १३ र राप्रपाका उम्मेदवार मदनदास श्रेष्ठले ३ मत पाएका छन् । अहिले काठमाडौं महानगरपालिकाको वडा नं १ र ३२ को […]
काठमाडौंमा सिर्जना र बालेन्द्रको टक्कर

काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना जारी छ । वडा नम्बर १ र ३२ जारी मतगणनाको पछिल्लो अपडेट प्राप्त भएको छ । जसअनुसार वडा नम्बर १ का ५० भोट गन्दा स्वतन्त्र उम्मेदवार बालेन र कांग्रेसकी उम्मेवार सिर्जना सिंहले ११/११ भोट ल्याएका छन् । एमालेका केशव स्थापितको ९ भोट प्राप्त गरेका छन् । यस्तै वडा नम्बर ३२ […]
