Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

मतदान अवधि सकियो, कुन स्थानीय तहको अवस्था के छ ?

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 13, 2022
0 shares

काठमाडौं । संघीय गणतन्त्र नेपालको स्थापनापछि आज देशभर दोस्रोपटक भएको स्थानीय तह निर्वाचनको निर्धारित समय सकिएको छ । स्थानीय तहमा नयाँ नेतृत्व चुन्नका लागि आज विहान ७ बजेदेखि सुरु भई बेलुका ५ बजेसम्म मतदाका लागि समय निर्धारण गरिएको थियो ।

देशभर भएको मतदानका क्रममा कतिपय स्थानमा भने केहि विवादपछि झडप हुँदा मतदान रोकिएको छ । विवादपछि रोकिएको मतदानस्थलमा भने सुचारी भइरहेको र केहि स्थानमा सुचारु गर्ने प्रयास भइरहेको निर्वाचन आयोगले जनाएको छ । केही स्थानीय तहमा भीषण हावा, हुरीसहित पानी परेको छ । सुर्खेत र दाङमा हावाहुरीको कारण मतदान प्रक्रिया नै रोकिएको आयोगले जनाएको छ ।

गठबन्धन र एमाले तथा गठबन्धनबीचकै दलहरूबिच विवाद हुँदा ठाउँ-ठाउँमा असहज स्थिति देखिएको थियो । तर मानवीय क्षतिसम्मको अवस्था भने आएन । सुदूरपश्चिमका बझाङ र बाजुराका चार मतदान केन्द्रमा प्रहरीले १० राउन्ड हवाई फायर गरेको छ । बाजुराको बुढीनन्दा गाउँपालिकाका दुई वटा मतदान स्थलमा ५ राउन्ड हवाई फायर भएको सुदूरपश्चिम प्रहरी प्रवक्ता भोलाबहादुर रावलले बताए ।

विवादपछि दुवै मतदान स्थलमा मतदान रोकिएको छ । यसै गरी बुढीगंगा गाउँपालिकाको एउटा मतदान स्थलमा दुई राउन्ड हवाई फायर भएको थियो । त्यस ठाउँमा पनि मतदान रोकिएको थियो । बझाङको जय पृथ्वी नगरपालिकाको सुगाड मतदान केन्द्रमा पनि ३ राउन्ड हवाई फायर भएको एसएसपी रावलले बताए ।

त्यस्तै, कर्णाली प्रदेशका चार जिल्लाका ५ मतदान केन्द्रमा मतदान रोकिएको थियो । कालिकोटको रास्कोट गाउँपालिका, जुम्लाको गुटिचौर गाउँपालिका, हुम्लाको चंखेनी गाउँपालिका र खार्पुनाथ गाउँपालिका तथा सुर्खेतको सिम्टा गाउँपालिकाका एक एक मतदान केन्द्रमा विवादपछि मतदान रोकिएको थियो ।

बागमती प्रदेशअन्तर्गत काभ्रे, दोलखा, सिन्धुपाल्चोक र रामेछापमा मतपेटिका तोडफोडसम्मको अवस्था बन्यो । रामेछापका विभिन्न मतदान केन्द्रमा प्रहरीले १५ राउन्ड हवाई फायर गरेको थियो ।

प्रदेश—१ अन्तर्गत धनकुटाको सहिद भूमि गाउँपालिका—६, खोटाङको हलेसी तुवाचुङ नगरपालिका९१ र ताप्लेजुङको मिक्वाखोला गाउँपालिका—५ मा विवादका कारण मतदान रोकिएको थियो । प्रदेश—२ अन्तर्गत सर्लाहीको धनकौल नगरपालिका९२ स्थित मतदान केन्द्रमा मतदान रोकिएको थियो ।

जिल्ला प्रहरी प्रमुख प्रबिन पोखरेलका अनुसरा प्रतिनिधि छनोटको विषयमा एमाले र माओवादीले असन्तुष्टि जनाउँदै ढुंगा मुढा गरेपछि मतदान रोकिएको थियो ।

एक पटक रोकिएर पुन सुचारु हुन खोजेको मतदान प्रभावित बनेपछि प्रहरीले ६ राउन्ड हवाई फायर गरेको छ । महोत्तरीको बलुवा—५ मा पनि प्रहरीले एक राउन्ड हवाई फायर गरेको छ । वडाध्यक्षका उम्मेदवार मतदाताको नाम रुजु गर्नभन्दै मतदान केन्द्रबीच प्रवेश गरेपछि उनीमाथि हात पात भएर विवाद सुरु भएको थियो ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता धेरै स्थानमा विवाद हुने, मतदान रोकिने र छलफलपछि फेरी मतदान सुरु हुने अवस्था भएको बताए। झडपमा केही ठाउँमा घाइते भए पनि अवस्था गम्भीर नरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

रास्वपा भोजपुर–काठमाडौं सम्पर्क मञ्चद्वारा डा. भक्त राईसँग भेट...

  • September 19, 2026

उत्पीडित जनताको राजनीतिक शक्ति निर्माण गर्न अग्रगामी मोर्चा एक...

  • September 19, 2026

१३ देशका लागि राजदूत सिफारिसमा मुस्लिम र ख्रीष्टियन समुदायको प...

  • September 19, 2026

सुशासन नारा होइन, काम हो; संविधानलाई कामबाट पूरा गर्छौँ’ : प्...

  • September 19, 2026

संविधान राज्य सञ्चालनको मूल कानुन हो : डा. भक्त राई

  • September 19, 2026

संविधान कार्यान्वयन र संरक्षणमा संघीय संसदको भूमिका महत्वपूर्ण...

  • September 19, 2026

लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका २४२ स्...

  • September 19, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved