काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना सुरु भएको छ । राष्ट्रिय सभागृहमा शनिबार विहान करिब पौने ९ बजेदेखि मतगणना सुरु भएको हो । अहिले वडा नम्बर १ र दुईको मतगणना भइरहेको छ ।
काठमाडौं महानगरपालिकाको मेयरमा सत्ता गखबन्धनबाट नेपाली कांग्रेसका नेतृ सिर्जना सिंह, नेकपा एमालेबाट केशव स्थापित, राप्रपाबाट मदनदास श्रेष्ठ, स्वतन्त्र उम्मेदवार बालेन साह लगायत उम्मेदवार रहेका छन् ।











