आदिवासी जनजाती महासंघ मलेसियाको चौथो अधिवेशन र विश्व आदिवासी दिवस सफल बनाउन परदेश प्रमुख पर्शुराम खापुङ सहिद राष्ट्रिय कलाकार हरु मलेसियामा

सुमन बिश्वकर्मा, मलेसिया। विश्वभरिका आदिवासी समुदायले मनाउने विश्व मूलवासी आदिवासी दिवस–२०२५ तथा नेपाल आदिवासी जनजाति महासङ्घ शाखा मलेसियाको चौथो राष्ट्रिय महाधिवेशनको सन्दर्भमा नेपालबाट विशेष अतिथिहरूको प्रतिनिधिमण्डल मलेसिया आगमन गरेको छ। नेपाल कोशी प्रदेशका प्रदेश प्रमुख माननीय पर्शुराम खापुङ साथै राष्ट्रिय कलाकार सागर आले र सुनिता सुब्बा लिम्बु लगायत प्रतिनिधि मण्डललाई आयोजक टिमले क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थल […]
यस्ता छन् अध्यक्ष राकेश प्रसाद महतोले गर्नुपर्ने १० काम हरु

सुमन बिश्ववकर्मा , मलेसिया। गैर-आवासीय नेपाली संघ ncc मलेसिया को गत जुलाई २७ तारिखको अधिवेशन बाट २०२५-२०२७ कार्यकालको लागि अध्यक्षमा राकेश प्रसाद महतो निर्विरोध निर्वाचित भएका छन्। २०२३ मा भएको आठौं अधिवेशन बाट २०२३-२०२५ को कार्यकालको लागि अध्यक्षमा दुई जनाले उम्मेदवारी दिएका थिए पुर्व अध्यक्ष बिनोद थापा र राकेश प्रसाद महतो ले अध्यक्षका लागि उम्मेदवारी […]
कलैयामा ऐतिहासिक जनजागरण रैली: शहीदको सपना र उत्पीडित जनताको आवाज उठाउँदै संघीय गणतान्त्रिक गठबन्धनको अभियान सम्पन्न

बारा, कलैया । संघीय गणतान्त्रिक गठबन्धनको आयोजनामा बारा जिल्लाको ऐतिहासिक सहर कलैयामा आज एक विशाल, भावनात्मक र जनभावनाले ओतप्रोत जनजागरण अभियान अन्तरगतको रैली, अन्तरक्रिया तथा सभा कार्यक्रम सम्पन्न भयो। कार्यक्रमले केवल राजनीतिक भाषणको मञ्च नभई, मधेस र नेपालका सम्पूर्ण उत्पीडित जनताको जीवन्त पीडा, आशा र आकांक्षालाई उजागर गर्ने साझा थलोको रुपमा उपस्थित भएको थियो। कार्यक्रमको […]
नेकपा बहुमतले पूर्ण विककाे खारेज गर्याे सदस्यता

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले पोलिटब्युरो सदस्य पूर्ण विक ‘रक्तिम’ र केन्द्रीय सदस्य शरद रसाइलीलाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ। पार्टी महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’ले विज्ञप्ति जारी गर्दै विक र रसाइलीले पार्टीभित्र चरम प्रकारको गुटबन्दी, अराजकता र अनुशासनहीनता प्रदर्शन गरेकाले पार्टीको साधारण सदस्य समेत नरहने गरी निस्कासन गरिएको बताएका छन्। २०७९ […]
श्रीमती रञ्जिताबट नाउपकाे नेतृत्व श्रीमान रेशममा

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीको बुधबार साँझ बसेको केन्द्रीय समिति बैठकले पार्टी अध्यक्षबाट रञ्जिता श्रेष्ठलाई हटाएको छ । श्रेष्ठले शिव बाँस्तोलालाई कार्यवाहक दिएकी थिइन् । चौधरीको उपस्थितिमा भएको केन्द्रीय समितिको विस्तारित बैठकले पार्टीको संरक्षकको जिम्मेवारीमा रहेका रेशम चौधरीलाई अध्यक्ष चयन गर्ने भेलामै सहभागी भइरहेका एक केन्द्रीय सदस्यले बताए । संघीय तथा प्रदेश सरकार, राजनीतिक नियुक्तिमा […]
विधि बिधान भित्र रहेर अधिवेशन सम्पन्न गरेको हो कुनै समुहले अवैध भन्दा हामी अवैध बन्दैनौ -महासचिव

सुमन बिश्वकर्मा, मलेसिया। गत जुलाई २७ तारीख गैर आवासीय नेपाली संघ ncc मलेसिया को नवौं अधिवेशन सम्पन्न भएको छ। केही समय बाट संघमा विवाद चलिरहेको थियो विवाद कै कारण NRNA मलेसिया दुई गुटमा देखा परेको थियो गत २७ जुलाईको अधिवेशनमा असन्तुष्ट पक्षले अधिवेशन बहिस्कार मात्रै हैन अवैध सम्म भनेका थिए असन्तुष्ट पक्षले २७ तारीखको अधिवेशन […]
पाँचवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौँ । संघीय संसदअन्तर्गत विभिन्न पाँचवटा संसदीय समितिको बैठक आज सोमबार बस्दैछन्। संघीय संसद् सचिवालयका अनुसार कानुन, न्याय तथा मानव अधिकार समिति : दिनको १ बजे बस्ने बैठकमा मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना (आ.व. २०८२/८३–२०८६/८७) को मस्यौदाका सन्दर्भमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग छलफल गरिने कार्यसूची छ। कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति : बिहान १० […]
एनआरएनए मलेसियाको नवौं अधिवेशनबाट रञ्जित क्षेत्री सर्वसम्मत रूपमा ICC सदस्यमा मनोनित

सुमन बिश्वकर्मा, मलेसिया । मलेसिया — गैरआवासीय नेपाली संघ (NRNA) मलेसियाको नवौं अधिवेशनबाट अन्तरास्ट्रीय सम्मन्वय समिति को केन्द्रीय सदस्य रञ्जित क्षेत्री लाई सदस्य पदमा सर्वसम्मत रुपमा मनोनयन गरिएको छ। नेपाली समुदायमा लामो समयदेखि सक्रिय, समर्पित र नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छत्रीलाई सबै पक्षको सहमतिमा आगामी कार्यकालको लागि ICC सदस्यका रूपमा चयन गरिएको हो। उनको […]
कृषकको पीडामाथि सरकारको लाचारी — कालाबजारीविरुद्ध YCL नेपालको कडा विरोध

काठमाण्डौ। YCL नेपालले कृषकहरूको गम्भीर समस्यालाई लिएर आज काठमाण्डौको कुलेश्वरस्थित रासायनिक मल केन्द्रीय भण्डारण केन्द्रमा विरोध प्रदर्शन गर्दै ध्यानाकर्षण ज्ञापनपत्र बुझाएको छ। देशभरका जिल्ला प्रशासन कार्यालयहरूमा समेत सोही ज्ञापनपत्र बुझाउने कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। देशभरका लाखौं किसानहरू अहिले समयमै रासायनिक मल नपाएर पीडित छन्। मध्य वर्षा याममा समेत मलको चरम अभाव रहेको छ, जसले […]
सरकार सकारात्मक तर शिक्षक महासंघले खलनायकी भूमिका खेल्यो, अब आन्दोलन हुन्छः अध्यक्ष विष्णु खत्री

काठमाडौं । आफ्ना मागहरुप्रति सरकार सकारात्मक भए पनि शिक्षक महासंघले खलनायकी भूमिका खेलेको विष्णु खत्री नेतृत्वको राहत शिक्षक राष्ट्रिय समितिले आरोप लगाएको छ । आईतबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी महासंघले आफूहरुलाई वेवास्ता गरी सरकारसँग सम्झौता गरे उसविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ । नेपाल राहत शिक्षक राष्ट्रिय समितिका अध्यक्ष विष्णु खत्रीले महासंघले […]
