खोटाङ। एक प्रतिनिधि सभा र दुई प्रदेशसभा रहेकाे खाेटाङमा प्रदेस सभा तर्फकाे दबै क्षेत्रकाे मत गणना सकिएकाे छ। निर्वाचनको अन्तिम मत परिणाम अनुसार खोटाङको प्रदेशसभा ” ख ” मा बाम लोकतान्त्रिक गठन्धनका साझा उम्मेदवार भुपेन्द्र राई विजयी भएका छन् । गठबन्धन (नेपाली कांग्रेस)का उम्मेदवार राईले निकटतम प्रतिद्धन्दी एमालेका उम्मेदवार राम प्रसाद दंगाललाई २ हजार १४० मतले पछि पार्दै विजयी भएका हुन् ।
भने ११९२ मतान्तर सहित प्रदेश ” क ” खाेटाङका लागि नेकपा एमालेका उमेदवार पि के राई विजयी भएका छन् ।
१३१५७ मत पि के राईले पाउँदा गठबन्धनका साझा उमेदवार एकीकृत समाजवादीका उमेदवार बिरबल काजि राईले ११९६५ मत पाएकाे मुख्य निर्वाचन कार्यालयले बताएकाे छ।











