काठमाडौं । दुई वटा प्रदेश सभा सहित एक प्रतिनिधि सभा रहेकाे खोटाङबाट प्रतिनिधिसभामा नेकपा माओवादी केन्द्रका रामकुमार राई (पासाङ) विजयी भएका छन् । बाम लोकतान्त्रीक गठबन्धनका साझा उम्मेद्वार रहेका राईले एमालेका उम्मेद्वार विशाल भट्टराईलाई २ हजार ६ सय ६९ मतले पराजित गरेकाे हाे ।
विजयी राईले ३१ हजार ३ सय ५१ मत पाउदा पराजय ब्यहाेरेका भट्टराईले २८ हजार ६ सय ८२ मत पाएकाे छ । माओवादी केन्द्रका पोलिटव्युरो सदस्य समेत रहेका राई खोटाङबाट तेस्रो पटक सांसदमा निर्वाचित भएकाे हो । २०६४ सालमा पहिलो संविधानसभा सदस्यमा निर्वाचित भएका राई ०७४ सालमा प्रदेशसभा ‘ख’ बाट निर्वाचित भएर प्रदेश नम्बर एकको खानेपानी, सिँचाई तथा उर्जा मन्त्रीसमेत बने । भने, २०७० सालमा संविधानसभामा निर्वाचित एमालेका पोलिटव्युरो सदस्य भट्टराई ०७४ मा प्रतिनिधिसभामा निर्वाचित भएर संसदीय दलको प्रमुख सचेतक बनेका थिए।











