कमल थापाले भने, राजसंस्था आफ्नै कारणले समाप्त भयो

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले राजसंस्था आफ्नै कारण समाप्त भएको बताएका छन् । राजसंस्था सबैको अभिभावन बन्न नसक्दा समाप्त भएको उनको भनाइ छ । थापाले निर्मल निवासले दलहरू माथि अनावश्यक हस्तक्षेप गर्न थालेपछि आफूले रोक्न माग गरेको जिकिर गरे। बिहीबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै थापाले राजसंस्थालाई मर्यादित र सबैको […]
मलामी गएका दुई युवाको राप्ती नदीमा डुबेर मृत्यृ

काठमाडौँ । बाँकेको राप्ती नदीमा दाहसंस्कारका लागि गएका दुई युवाको पौडी खेल्ने क्रममा डुबेर ज्यान गएको छ । हुम्ला सिमिकोट–८ घर भइ अहिले नेपालगञ्ज–१ धम्बोझीमा भाडामा बस्दै आएका १८ वर्षीय त्रिवल शाही र लेकराज छन्तेल आज बिहान राप्ती नदीमा मृतावस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए । […]
समयमा नै पुस्तक छाप्न नसक्ने जनक शिक्षा सामग्री केन्द्र खारेज गर्नुपर्छ

काठमाण्डौ । प्रमुख प्रतिपक्षी नेकपा एमालेकी सांसद नविना लामाले समयमा नै पुस्तक छाप्न नसक्ने जनक शिक्षा सामग्री केन्द्र खारेज गर्नु पर्ने बताएकीछिन् । प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै लामाले जनक शिक्षाले समयमा पाठ्यपुस्तक पुर्याउन नसकेकाले त्यसलाई खारेज गर्नुपर्ने बताएकीछिन् । उनले भने : ‘पाठ्यपुस्तक किन अभाव भयो र ? जनक शिक्षा सामग्री केन्द्र बचाउने […]
ललिता निवास जग्गा प्रकरण : शोभकान्तको मुद्दा ‘हेर्न नभ्याइने’

काठमाडौँ । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा पास गराएर हडपेको प्रकरणमा मुछिँदै थुनामा रहेका आरोपी शोभकान्त ढकालको मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा राखिएको छ । मुद्दाको पेसी न्यायाधीशहरू सपना मल्ल प्रधान, डा. मनोजकुमार शर्मा र डा. कुमार चुडालको पूर्ण इजलासमा तोकिएको थियो । यसअघि २९ वैशाखमा न्यायाधीशहरू आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत र सपना […]
फोहोर व्यवस्थापनमा दौडधुपदेखि कल सेन्टर स्थापनासम्म

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख (मेयर)मा निर्वाचित भएर गत जेठ १६ गते शपथ लिएकै दिन बालेन शाह नुवाकोटको सिसडोल र बञ्चरेडाँडा पुगे । त्यसदिन उनले काठमाडौंको फोहोर मैला विसर्जन स्थलको अवलोकन गरे । अर्को दिन उनले शहरी विकास मन्त्री रामकुमारी झाँक्रीसँग छलफल गरे । शपथ लिएको एकसाता भित्रमा उनी दुई पटक सिसडोल–बन्चरेडाँडा क्षेत्र पुगे । […]
आज चार मन्त्रालयको बजेटमाथि छलफल हुँदै

काठमाडौं । आज प्रतिनिधि सभाको बैठकमा चार मन्त्रालयको बजेटमाथि छलफल हुँदैछ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय र रक्षा मन्त्रालयको बजेटमाथि छलफल हुने संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ । जसका लागि बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बोलाइएको छ । सांसद प्रेम सुवाल, दुर्गा पौडेल र सूर्य […]
खाद्य कम्पनीले रद्द गर्यो अधिकृतको तहको लिखित परीक्षा

काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी (साविकको नेपाल खाद्य संस्थान) ले तीन वर्ष अघि लिएको अधिकृत तहको लिखित परीक्षा रद्द गरेको छ । कम्पनीले १२, २६ र २७, २०७५ लिखित परीक्षा लिएको थियो । कम्पनीले बिहीबार सार्वजनिक सूचना जारी गरेर विज्ञापन नम्बर २१(०७५(७६ अधिकृत, प्रशासन, तह-६ खुलातर्फको लिखित परीक्षा रद्द गरेको जानकारी दिएको हो […]
लोकतान्त्रिक समाजवादी पार्टीसँग पार्टी एकताको लागि तयार छौं : अध्यक्ष उपेन्द्र

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले लोकतान्त्रिक समाजवादी पार्टी नेपालले विगतमा भएको पार्टी फुटको समीक्षासहित सच्चिएर आएमा पार्टी एकताको लागि तयार रहेको बताएका छन् । उनले फुटेर नभई जुटेर चुनावमा जानका लागि समेत लोसपालाई सुझाए । यादवले पाँच दलीय गठबन्धनमा सहभागी भएमा लोसपालाई स्वागत गर्ने पनि बताएका छन् । उनले चुनाव […]
भरतपुर महानगर कार्यपालिकामा काँग्रेसको बहुमत सदस्य निर्वाचित

काठमाडौँ । भरतपुर महानगरपालिकाको नगर कार्यपालिकामा नेपाली काँग्रेसको उपप्रमुखसहित बहुमत सदस्य निर्वाचित भएका छन् । कार्यपालिका सदस्यको मङ्गलबार भएको निर्वाचनमा आठमध्ये पाँच जना काँग्रेसबाट निर्वाचित भएसँगै कार्यपालिकामा काँग्रेसको बहुमत भएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले जारी गरेको सूचनाअनुसार कार्यपालिकाको महिला सदस्यमा पाँचमध्ये चार जना काँग्रेसबाट निर्वाचित भएका छन् । काँग्रेसबाट वडा सदस्यमा सिर्जना अधिकारी, […]
विप्लव नेकपाका प्रवक्ताले भेटे गृहमन्त्री खाणलाई

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाण र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता खड्गप्रसाद विश्वकर्मा प्रकाण्डबीच भेटवार्ता भएको छ। आज गृह मन्त्रालयमा भएको वार्तामा प्रवक्ता प्रकाण्डले विभिन्न बहानामा थुनामा रहेका पार्टीका नेता–कार्यकर्ताको रिहाइ र लगाइएका मुद्दा फिर्ताको माग राखेका थिए। गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले नेकपाका थुनामा रहेका नेता कार्यकर्ताको कानुन अनुरुप रिहाइ र मुद्दा फिर्ता […]
