भक्तपुर जिल्ला समन्वय समितिको प्रमुखमा एमालेका इश्वर थापा विजयी

भक्तपुर। भक्तपुर जिल्ला समन्वय समितिको प्रमुखमा एमालेका इश्वर थापा विजयी हुनुभएको छ । जम्मा ८ मत रहेको समन्वय समितिको निर्वाचनमा नेकपा एमालेका उम्मेदवारले ३, नेपाली काङ्ग्रेसका उम्मेदवारले ३ र नेमकिपाका उम्मेदवारले २ प्राप्त गरेका थिए । बराबर मत ल्याएका काङ्ग्रेस र एमालेका उम्मेदवारबीच गोलाप्रथा गर्दा एमालेका इश्वर थापा बिजयी हुनुभयो ।
काठमाडौंको फोहोर उठाउन सुरु

काठमाडौं । काठमाडौं उपत्यकाका फोहोर उठाउन थालिएको छ । महानगर र बञ्चरेडाँडाबासीबीच सहमति भएसँगै काठमाडौंको वडा नम्बर ३२ स्थित कोटेश्वर लगायत अन्य वडाको पनि फोहोर उठाउन थालिएको हो । काठमाडौं महानगरपालिका र बञ्चरेडाँडाबासीबीच फोहोर व्यवस्थापन गर्न १८ बुँदे सहमति भएको छ । बञ्चरेडाँडाबासीसँग बिहिबार मध्यरातमा भएको सहमतिअनुसार रातिको समयमा मात्रै फोहोर ढुवानी गर्न शुरु गरिएको […]
निर्वाचनमा आफ्नो पार्टीलाई गठबन्धनले सम्मान नगरेको झलनाथको गुनासो

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीलाई गठबन्धनले ठीक ढंगले मूल्याङ्कन र सम्मान नगरेको गुनासो गरेका छन् । स्थानीय तह निर्वाचनमा काठमाडौं महानगर–१५ मा आफ्ना उम्मेदवारलाई विजयी बनाउने स्थानीयलाई धन्यवाद दिन शनिबार आयोजित कार्यक्रममा खनालले गठबन्धनबाट पार्टीलाई धेरै फाइदा नभएको बताए । खानालले एक्लै निर्वाचन लडेका स्थानमा पार्टीले […]
खोटाङमा बन्यो पूर्व तथा प्रतिकार्य योजना

खोटाङ । खोटाङमा विपद पूर्व तथा प्रतिकार्य योजना बनाइएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले मनसुन पुर्व तयारी तथा प्रतिकार्य योजना तय गरेको हो । जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय बैठकले विपद्को समयमा विपद् प्रभावितको खोज, उद्धार तथा राहत वितरणका लागि सबै सरकारी तथा गैर–सरकारी क्षेत्रबाट तयारी गर्ने, राहत वितरणलाई एकद्वार प्रणालीबाट […]
पूर्वमन्त्री चौधरीको ५७ वर्षको उमेरमा निधन

काठमाडौँ । पूर्वमन्त्री मिथिला चौधरीको ५७ वर्षको उमेरमा शुक्रबार राति निधन भएको छ । भारतको दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा चौधरीको मृत्यु भएको छोरी रक्षाले जानकारी दिइन् । मिथिला संविधानसभा सदस्यसमेत रहेका थिए। नेकपा (संयुक्त)को सांसद रहेको बेला उनले जनसङ्ख्या तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । उनका श्रीमान्, एक छोरा र दुई छोरी रहेका […]
नगर उपप्रमुखद्वारा गाडी अस्पताललाई हस्तान्तरण

काठमाडौं । चाँगुनारायण नगरपालिकाका नवनिर्वाचित उपप्रमुख रमेश बुढाथोकीले आफ्नो पुर्बघोषणा अनुसार आफुले पाउने गाडी चाँगुनारायण अस्पताललाइ हस्तान्तरण गरेका छन् । निर्वाचित हुनु अधि नगरपालिकाबाट आउने सेवा सुविधा लगायत तलब भत्ता नलिने घोषणा गरेका उनले शुक्रबार एक कार्यक्रमबीच उक्त गाडी चाँगुनारायण अस्पताल प्रमुख लोकेन्द्र पौडेललाई हस्तान्तरण गरेका हुन् । उपप्रमुख बुढाथोकीका अनुसार अब उक्त गाडि नगरभित्र […]
बेलायत सरकारले नेपाली नर्सलाई रोजगारी दिने, आगामी साता हस्ताक्षर हुने

काठमाडौँ । बेलायत सरकारको तर्फबाट नेपाली नर्सलाई रोजगारी दिने विषयमा नेपाल र बेलायतबीच आगामी साता श्रम समझदारीमा हस्ताक्षर हुने भएको छ । श्रम समझदारीको मस्यौदा बनाउन गठित दुवै देशका प्रतिनिधि सम्मिलित समितिले अन्तिम मस्यौदा तयार गरेकोले आगामी साता हस्ताक्षर गर्न लागिएको हो । शुक्रबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपालका लागि बेलायती राजदूत […]
पार्टी छाडेर गएकाहरूलाई पार्टीको ढोका खुला छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले छाडेर गएकाहरूलाई पार्टी प्रवेशमा रोक नलगाएको बताएका छन् । शुक्रबार विराटनगरमा पत्रकारसँगको कुराकानीमा उनले कार्यकर्ताहरूलाई पार्टी प्रवेशमा रोक नभए पनि स्वागत गर्न चलन भने नभएको बताए । ‘कार्यकर्ताहरूलाई पार्टी प्रवेशमा रोक लगाएका छैनौं । पार्टी छाडेर गएकाहरू पार्टी प्रवेश गर्न सक्नु हुन्छ तर स्वागत गर्ने चलन […]
फोहोरमा पुन अवरोध हुने संकेत

काठमाडौँ । उपत्यकामा देखिएको फोहोर व्यवस्थापनको समस्या समाधान गर्न मध्यरात १ वजे १८ बुँदे सहमति भयो । सिसडोल बञ्चरेडाँडा–कुँडुले ल्याण्डफिल साइडमा फोहोर व्यवस्थापन गर्न १८ बुँदे सहमति भएको हो । तर गत सोमबारको सहमतिलाई नै कायम राखेको भन्दै स्थानीय आन्दोलन पक्ष असन्तुष्ट बनेका छन् । सहमतिको नाम मा नाटक मात्र भयको देखिन्छ ,प्रहरी को दमन […]
स्थानीय निर्वाचनमा मत र पदमा पहिलो काँग्रेस

काठमाडौँ । नेपाली काँग्रेसको स्थानीय तह केन्द्रीय निर्वाचन परिचालन समिति अन्तर्गतको अनुगमन, मूल्यांकन तथा सुपरिवेक्षण उपसमितिले प्रतिवेदन सार्वजनिक गरेको छ । काँग्रेस केन्द्रीय सदस्य एवम् उपसमितिका संयोजक प्रदीप पौडेलले विहीबार उक्त प्रतिवेदन सार्वजनिक गरेका हुन् । उनले पार्टी सभापति शेरबहादुर देउवा र उपसभापति तथा निर्वाचन परिचालन समितिका संयोजक पूर्णबहादुर खड्कालाई छुट्टाछुट्टै रुपमा प्रतिवेदन बुझाएका छन् […]
