मिनी ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु

काठमाडौँ । काठमाडौंको कोटेश्वरमा मिनी ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु भएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी सञ्जीव शर्माका अनुसार जडिबुटीतर्फ जाँदै गरेको ना.५ ख. २८१९ नम्बरको मिनी ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार सम्झना राईको मृत्यु भएको हो । पाँचथरको मिक्लाजुङ गाउँपालिका–५ घर भएकी ३४ वर्षीया सम्झना राई बा ७१ प ३०५२ नम्बरको […]
बुढीगंगा नगरपालिकामा स्थानीय निर्वाचन अझै अनिश्चित

काठमाडौं । मुलुकका ७ सय ५२ स्थानीय तहमा जनप्रतिनिधिले कार्यभार सम्हालेको महिना दिन पुग्न लाग्दा बाजुराको बुढीगंगा नगरपालिकामा भने निर्वाचन अनिश्चित बनेको छ । यहाँ वैशाख ३० मा भएको चुनावमा फर्जी मत खसेको भन्दै मतगणना भएन । तत्कालिन निर्वाचन अधिकृत कृष्णप्रसाद सापकोटाले आयोगलाई पत्र पठाउँदै निर्वाचन स्वतन्त्र, स्वच्छ र मर्यादित नभएको बताएका थिए । त्यसपछि […]
प्रहरी महानिरीक्षक (आईजीपी) बढुवा विवाद मुद्दामा सुनुवाइ हुँदै

काठमाडौँ । प्रहरी महानिरीक्षक (आईजीपी) बढुवा विवाद मुद्दामा आज सुनुवाइ हुँदैछ । धिरजप्रताप सिंहलाई महानिरीक्षक बनाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा जेठ १७ गतेदेखि अन्तिम सुनुवाइ सुरु भएकोमा आजका लागि पेसी तोकिएको थियो । सरकारले पहिलो वरियतामा रहेका एआईजी विश्वराज पोखरेललाई महानिरीक्षक नबनाई तेस्रो वरियता क्रममा रहेका सिंहलाई आईजीपी बनाएपछि यो विवाद अदालतमा पुगेको थियो । […]
प्रदेश १ को नीति तथा कार्यक्रम बहुमतले पारित

काठमाडौँ । प्रदेश १ को आगामि आर्थिक वर्षको नीति तथा कार्यक्रम २०७९र८० प्रदेशसभाबाट बहुमतले पारित भएको छ। आइबार बसेको प्रदेशसभा बैठकले कार्यक्रम पारित गरेको हो । सभामुख प्रदिप कुमार भण्डारीले कार्यक्रम बहुमतले पारित गरेको घोषणा गरेका हुन् । बैठकमा मुख्यमन्त्री राजेन्द्रकुमार राईले सासंदहरुले उठाएका प्रश्नहरूको जवाफ दिएका थिए । नीति तथा कार्यक्रममाथि एमालेका सांसदहरु हिक्मतकुमार […]
जेलबाटै रेशम चौधरीले तयार गरे पार्टी संचालन

काठमाडौँ । टीकापुर घटनामा कतब्र्य ज्यान मुद्दामा हाल डिल्लीबजार कारागारमा बन्दी जीवन बिताइरहेका नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीले पार्टी संचालन र कार्य विभाजन प्रस्ताव तयार परेका छन् । चौधरीका अनुसार पार्टी संचालनका लागि पार्टी लेबी, क्रियाशील सदस्यता र कार्य विभाजनका सम्बन्धमा आगामी केन्द्रीय कमिटी बैठकबाट निर्णय लिन रेशमको निर्देशन छ । लेबी सम्बन्धमा प्रस्ताव […]
रेशम चौधरीले भने— ‘टीकापुर घटनाका दोषीलाई राज्यले नै जोगाएको छ’

काठमाडौं । टीकापुर घटनामा अदालतबाट सजाय पाएर डिल्लीबजार कारागारमा रहेका रेशम चौधरीले आफू दोषी नभएको बताएका छन् । घटनाको वास्तविकता राज्यलाई नै थाहा भएको भन्दै उनले आफु उक्त घट्नामा दोषी नभएको बताएका हुन् । चौधरीपत्नी रन्जिता श्रेष्ठले सामाजिक सञ्जालमा लेखेकी छन् ‘दोषीलाई राज्यले नै जोगाएर राखेको छ । बरु तिनलाई पुरस्कार दिइएको छ । राजनीतिक […]
एमसीसी सम्झौता पास गरेपछि महँगी बढ्यो : प्रेम सुवाल

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपालले एमसीसी सम्झौता पास गरेकै कारण नेपालमा महँगी बढेको बताएका छन् । आइतबार प्रतिनिधि बैठकमा खर्च कटौतीको प्रस्तावकको रुपमा बोल्दै सांसद सुवालले नेपालको आर्थिक संकट बढेको र सर्वसाधारण आर्थिक मारमा परेको भन्दै प्रधानमन्त्री शेरबहादुृर देउवाले संयुक्त राष्ट्रसंघमा रुसको विपक्षमा मतदान गरेकै करण महँगी बढेको बताए । […]
खतत्काल मलको प्रबन्ध गर्न सरकारलाई सभामुखको रुलिङ

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले किसानलाई यथाशिघ्र मल उपलब्ध गराउन सरकारलाई रुलिङ गरेका छन् । ‘खेतीको समयमा पनि मल उपलब्ध नभइरहेको सम्बन्धमा सांसदहरुले उठाएका विषयमा ध्यानाकर्षण भएको छ,’ सभामुखले गर्दै भने, ‘यथाशीघ्र किसानलाई मल उपलब्ध हुने गरी व्यवस्थापन गर्न गराउन सम्बन्धित मन्त्री र नेपाल सरकारको ध्यानाकर्षण गराउँछु ।’ प्रतिनिधि सभाको आइतबारको बैठकमा सांसदले मल नहुँदा […]
विपदमा सबै सरकारी निकायबीच समन्वय गरौँ : गृहमन्त्री बालकृष्ण खाण

भरतपुर । गृहमन्त्री बालकृष्ण खाणले नारायणगढ–मुग्लिन–काठमाडौँ सडकखण्ड अवरोध हुन नदिन सबै सरकारी निकायलाई समन्वय गरेर काम गर्न निर्देशन दिएका छन् । चितवनको कुरिनटारस्थित शनिबार सशस्त्र प्रहरी बल विपत व्यवस्थापन तालिम शिक्षालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री खाणले काठमाडौँ जोड्ने लाइफलाइनको रुपमा रहेको सडकखण्ड लामो समय अवरोध नहुने वातावरण सिर्जना गर्न निर्देशन दिएका हुन् । उनले […]
बच्चासहित आमरण अनशनमा निहारिका

काठमाडौं । धनुषाकी निहारिका राजपुतले काठमाडौंको माइतीघरमा दुईदिनदेखि आमरण अनशन जारी राखेकी छन् । यसअघि हिजो २१ महिनाको बच्चासहित न्याय माग्दै आमरण अनशन बसेकी उनलाई प्रहरीले माइतीघरबाट हटाएको थियो । तर, आज दोस्रो दिन पनि उनले अनशन जारी राखेकी छन् । आफूलाई एक पुरुषले बलात्कार गरेपछि बच्चा जन्मिएको भन्दै निहारिका कानुनी लडाईंमा छन् । उनले […]
