Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

आफ्नै पहिचान खाेज्दा जेल जानू पर्ने? माननिय रञ्जिता श्रेष्ठ

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • January 10, 2023
3 shares

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले आफ्नै देशमा आफ्नै सँग पहिचानको अस्तित्व खोज्दा जेल जानुपर्ने भन्दै सरकारलाई प्रश्न गरेकी छन् । प्रतिनिधि सभाको पहिलो बैठकमा सोमबार नागरिक उन्मुक्ति पार्टीको तर्फबाट सम्बोधन गर्दै उनले यस्तो प्रश्न गरेकी हुन् ।

‘रेशम चौधरीलाई कांग्रेस, एमाले, माओवादी जस्ता ठुला राजनीतिक दलको कार्यकर्ता नभएकै कारण झुटा मुद्धा लगाईयो । र, मलाई लाग्छ थारु भएकै कारण रेशक चौधरी लगायतका आज कारागारमा हुनु भएका सम्पूर्ण राजबन्दीहरुलाई मुद्धा लगाईएर यो राज्यले पाँच बर्षदेखि थुनेर राखेको छ’ सम्बोनका क्रममा उनले भनिन्- ‘रेशम चौधरीले अनि निर्देष थारुहरुले के मागेको थियो र ? हामी यो देशका भुमिपुत्र हौँ । हामीलाई पनि थारु हुनुको परिचय देउ भनेका होनन् र ?, आफ्नै देशमा आफ्नैसँग पहिचानको अस्तित्व खोज्दा जेल जानुपर्छ ।’

उनले आफ्नो पति तथा थारु नेता रेशम लगायत अन्य जेलमा रहेकाहरुका लागि न्याय माग गरेकी छन् । ‘आखिर निर्दोष नागरिकलाई किन जेलमै राखिरहने ? निर्दोष थारुहरुलाई किन जेलमै राखिरहने ? आज यही संसद्‌बाट नै न्याय माग्छु । र, न्याय दिने आशा पनि रहेको छ’, उनले भनिन् ।

उनले जिम्मेवार नेताहरुले रेशम चौधरीलाई निर्दोष भन्ने गरेको स्मरण पनि गरिन् । शेरबहादुर देउवाले रोस्ट्रमबाट, केपी ओलीले कैलालीबाट, पुष्पकमल दाहाल प्रचण्डले टुँडिखेल लगायतका स्थानबाट, गगन थापाले धनगढीको विशाल सभाबाट र रवि लामिछानेले पनि निर्दोष भनेको उनले बताईन् ।

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग
नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष श्रेष्ठले प्रतिनिधिसभासमक्ष पूर्वन्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा गठन भएको आयोगको प्रतिवेदन सार्वजनिक गर्न सर्वोच्च अदालतले दिएको आदेशको प्रतिलिपी बुझाएकी छन् ।

उनले सभाध्यक्ष पशुपति शमशेर राणासमक्ष लालको संयोजकत्वमा गठन भएको आयोग सार्वजनिक गर्न सर्वोच्च अदालतले दिएको आदेशको प्रतिलिपी बुझाएकी हुन् ।

२०७२ सालमा संविधान जारी गर्नुअघि तराई-मधेस र थरुहट क्षेत्रमा भएका आन्दोलनका क्रममा भएको जनधनको क्षति छानविन गर्न २०७३ साउन २१ मा पुष्पकमल प्रचण्ड नेतृत्व मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश लालको संयोजकत्वमा आयोग गठन गरेको थियो ।

आयोगले २०७४ मंसिर २९ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष ७ सय ९ पृष्ठ लामो प्रतिवेदन बुझाएको थियो । प्रतिवेदन थप अध्ययनका लागि भन्दै २०७४ पुस १३ गते प्रधानमन्त्री कार्यालयले गृह मन्त्रालयमा पठाएको थियो ।

तराई–मधेस र थरुहटको आन्दोलनकै मुद्दामा अध्यक्ष श्रेष्ठका श्रीमान रेशम चौधरी डिल्लीबजार कारागारमा छन् । उनी नागरिक उन्मुक्ति पार्टीका संरक्षक हुन् । टीकापुरमा ‘थरुहट आन्दोलन’ का क्रममा २०७२ भदौ ७ मा १ बालक र ८ प्रहरीको मृत्यु भएको थियो । उक्त घटनाका मुख्य योजनाकार भनिएका रेशमलाई जिल्ला अदालत कैलालीले २०७५ फागुन २२ गते जन्मकैदको फैसला सुनाएको थियो ।

जिल्ला अदालतको फैसला त्रुटिपूर्ण रहेको र आफू निर्दोष रहेको दाबी गर्दै उनले २०७६ वैशाख २९ मा उच्च अदालत दिपायलमा पुनरावेदन निवेदन पेश गरेका थिए । तर, उच्च अदालत दिपायलले २०७७ पुस २ गते जिल्ला अदालतको फैसला सदर गर्दै जन्मकैदको फैसला सुनाएको थियो ।

रेशमलाई थुनामा रहेकै समयमा २०७५ पुस १९ गते सांसदको शपथ ग्रहण गराइएको थियो । उनी तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)का तर्फबाट कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए । हाल उनले आफ्नो संरक्षकत्वमा नयाँ दल खोलेका हुन् ।

प्रतिनिधिसभामा ३ र सुदूरपश्चिम प्रदेशसभामा ७ सिट जितेको नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरी लगायत जेलमा रहेका अन्यको रिहाइ नभएसम्म सरकारमा नजाने बताईरहेको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

विपद्‌मा झल्किएको राष्ट्रिय एकता : मुस्लिम समुदायको अनुकरणीय म...

  • September 15, 2026

सरुवा कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै...

  • September 15, 2026

कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न

  • September 15, 2026

बाढी तथा विपद्मा १ हजार ३ सय ८८ जनाको मृत्यु, ५ हजार १ सय ३० ब...

  • September 15, 2026

प्रतिनिधिसभाको बैठक आज, मन्त्रीहरूले मौखिक प्रश्नको जवाफ दिने

  • September 15, 2026

भोटेकोशी बाढीपीडितका लागि यूएई नेपाली फुटबल एसोसिएशनको राहत सहयोग

  • September 14, 2026

बाढी प्रभावित स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको ...

  • September 14, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved