Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

बागमती प्रदेश सरकारको मुख्यमन्त्रीमा माओवादीका जम्मकट्टेल निश्चित

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • January 9, 2023
9 shares

हेटौंडा । बागमती प्रदेशमा आगामी सरकारको नेतृत्व नेकपा माओवादी केन्द्रले गर्ने भएको छ । आइतबार साँझ बालुवाटारमा बसेको सत्ता साझेदार दलका शीर्ष नेताहरुको बैठकले बागमती प्रदेशमा माओवादी केन्द्र र एमाले बीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएसँगै पहिलो चरणमा माओवादीले सरकार गठन गर्ने भएको हो ।

उक्त सहमतिअनुसार आगामी प्रदेश सरकारको मुख्यमन्त्री माओवादी केन्द्रका शालिकराम जम्मकट्टेल बन्ने निश्चित भएको हो । गत पुस १५ गते बसेको माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको बैठकले जम्मकट्टेललाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको थियो । संसदीय दलको नेता नै प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त हुने संवैधानिक प्रावधान अनुसार माओवादी केन्द्रका जम्मकट्टेल मुख्यमन्त्री नियुक्त हुने निश्चित भएको हो ।

दोस्रो कार्यकालका लागि निर्वाचित भएका जम्मकट्टेल यसअघि पनि माओवादी केन्द्र बागमती प्रदेशको संसदीय दलको नेताको जिम्मेवारीमा थिए । धादिङको निर्वाचन क्षेत्र नम्बर १ (ख) बाट निर्वाचित जम्मकट्टेल प्रदेशको चौथो मुख्यमन्त्रीका रुपमा नियुक्त हुँदैछन्।

११० सदस्यीय बागमती प्रदेशमा सरकार गठन गर्न सामान्य बहुमतका लागि कम्तीमा ५६ जना सांसद आवश्यक हुन्छ । बागमती प्रदेशसभामा सबैभन्दा ठुलो दल नेपाली कांग्रेसको ३७, एमालेको २७, माओवादी केन्द्रको २१, राप्रपाको १३, एकीकृत समाजवादीको ७, नेमकिपाको ३ र हाम्रो नेपाली पार्टीको २ जना सांसद छन् ।

बागमती प्रदेशमा सरकार गठनका लागि आवश्यक सामान्य बहुमत गठबन्धनका दलहरु माओवादी केन्द्र, एमाले र राप्रपाले सहजै पाउने देखिन्छ । प्रदेशसभामा उक्त गठबन्धनको ६१ सिट छ, जुन सरकार गठनका लागि पर्याप्त हुन्छ ।
२१ सिट सहित प्रदेशसभामा प्रतिनिधित्व गरेको माओवादी केन्द्र प्रदेशको तेस्रो ठूलो दल हो । प्रदेशसभाको अघिल्लो कार्यकालमा नै मुख्यमन्त्रीमा दाबी गरेपनि तत्कालीन गठबन्धनको भागबण्डाका कारण माओवादी केन्द्र सरकारको नेतृत्वबाट बाहिरिएको थियो ।

प्रदेश सरकार गठनका लागि गत बिहीबार बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट पुस २५ गते अपराह्न ४ बजेसम्म सरकार निर्माणका लागि नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलहरुसँगको सहकार्यमा बहुमत प्राप्त दलका नेताले मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका छन् । प्रदेश प्रमुख शर्माले दिएको समय सीमा आज सक्किँदै छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

विपद्‌मा झल्किएको राष्ट्रिय एकता : मुस्लिम समुदायको अनुकरणीय म...

  • September 15, 2026

सरुवा कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै...

  • September 15, 2026

कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न

  • September 15, 2026

बाढी तथा विपद्मा १ हजार ३ सय ८८ जनाको मृत्यु, ५ हजार १ सय ३० ब...

  • September 15, 2026

प्रतिनिधिसभाको बैठक आज, मन्त्रीहरूले मौखिक प्रश्नको जवाफ दिने

  • September 15, 2026

भोटेकोशी बाढीपीडितका लागि यूएई नेपाली फुटबल एसोसिएशनको राहत सहयोग

  • September 14, 2026

बाढी प्रभावित स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको ...

  • September 14, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved