Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

आजको आवश्यकता ,राष्ट्रिय सहमतिको सरकार : प्रभु साह

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • January 7, 2023

काठमाडौँ । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले देशमा राष्ट्रिय सहमतिको सरकारको आवश्यकता रहेको बताएका छन् । शनिवार आजपा निकट मधेश–काठमाडौ आम सम्पर्क मञ्चद्वारा ललितपुरको लगनखेलमा आयोजित प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष साहले सो कुरा बताएका हुन् । अध्यक्ष साहले देशको वर्तमान संकटपूर्ण अवस्थाको अन्त्य गर्नका लागि राष्ट्रिय सहमतिको सरकार बनाएर सबै दल लाग्नुपर्ने बताए ।

देशमा देखिएको आर्थिक राजनीतिक समस्या समाधान कुनै एक दल वा आधा संख्यामा विभाजित संसदले गर्न नसक्ने जिकिर गर्दै अध्यक्ष साहले सम्पूर्ण दलहरू एउटै विन्दुमा उभिएर वर्तमान सरकारलाई राष्ट्रिय सहमतिको सरकारको स्वरुप दिन अपिल गरे ।

‘अहिले तपाईं हामीले सबैले देखिरहेका छौं देश कुन अवस्थामा छ भनेर । देशको अर्थतन्त्र जटिल अवस्थामा पुगेको छ । बजारमा पुँजीको अभावले भयावह अवस्था आएको छ । आम जनताले ऋण पाउने स्थिति त कता हो कता पुराना ऋणको ब्याज तिर्न नसकेर आत्महत्या गर्न सक्ने अवस्थामा पुगेका छन्’ साहले भने, ‘देशमा देखिएको यस जटिल अवस्थाको अन्त्य गर्नका लागि एवं अर्थतन्त्रलाई लयमा फर्काएर मुलुकलाई समृद्धिको यात्रामा डोर्याउनका लागि राष्ट्रिय सहमतिको सरकार बनाउनु आजको आवश्यकता हो । वर्तमान सरकारलाई राष्ट्रिय सहमतिको सरकार बनाउन सबै दल एकै विन्दुमा उभिनु जरुरी छ ।’

दलिय स्वार्थभन्दा माथि उठेर मुलुकका हितमा उभिनुपर्नेमा अध्यक्ष साहको जोड छ । अध्यक्ष साहले स्थिर सरकारका लागि शासन व्यवस्थामा परिवर्तनको बिकल्प नभएको बताए । पुराना पार्टीहरु सत्ता र कुर्सीको लागि मात्रै रहेको प्रष्ट देखिएको बताउँदै उनले संविधान नै पुर्नलेखन हुनुपर्ने संकेत गरेका छन् ।

‘गोरुले दुध दिनु र नेपालको अहिलेको व्यवस्थाले समृद्धी आउँनु भनेर सोच्नु नै गलत हो । सात सय ६१ सरकारको व्यवस्था अहिलेको संविधानले गरेको छ । रुस, अमेरिका, भारत लगायतका देशमा भन्दा बढी सरकारको व्यवस्था नेपालमा रहेकामा लोक सेवा आयोगको प्रश्न बन्न सक्छ’ साहले भने, ‘अहिलेकै राजनीतिक व्यवस्थाबाट हामीले स्थिर सरकार पनि पाउँन सक्दैनौं, समृद्धि पनि पाउँन समस्या नै छ । लोकतान्त्रिक देश नेपालमा जुन व्यवस्था छ, त्यसले देशलाई अगाडि बढाउन सक्दैन ।’ 

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार दरो बनोस्, बलियो बनोस् र देशले आर्थिक प्रगति गरोस् भन्दै उनले शोषित, पीडित, न्याय नपाएका जनतको पक्षमा बढी काम गर्नुपर्ने आवश्यक्ता रहेको बताए ।

एउटा कुशल नेतृत्वले नेपाललाई सफल नेपाल, समृद्ध नेपाल र जनतालाई सुखी बनाउने भएकाले आजपाको अभियानमा जुटन सबैलाई उनले आग्रह गरेका छन् । सरकारी अडामा भ्रष्टाचार बढेको बताउँदै त्यसका विरुद्धमा एवं भण्डाफोर अभियानमा नेतृत्व गर्न आजपाका नेता कार्यकर्तालाई उनले निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

लखेटिएपछि ‘माफी’ मागे नेकपाका युवा नेता प्रजाले, अब बालेन सरका...

  • April 25, 2026

मनोहरा किनार खाली हुँदै: ८०% बासिन्दा आफैं सरे, बाँकी पनि सामा...

  • April 25, 2026

थापाथलीको सुकुमबासी बस्ती हटाइयो : अधिकांशसँग अन्यत्रै जग्गा र...

  • April 25, 2026

काहाँ काँहाँ छ सुकुमवासीका लागि तोकिएका अस्थायी बसोवासका ठाउँहरु

  • April 25, 2026

“विज्ञको सुझावमा चाँगुनारायणको ५ वर्षे मार्गचित्र: रास्वपाको ‘...

  • April 25, 2026

“नदेखिएका अमूल्य सम्पत्तिहरू”

  • April 24, 2026

काठमाडौंमा खैराे हेराेइन सहित दुई जना पक्राउ

  • April 24, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved