देउवा समर्थक एमाले नेताहरुलाई कारबाहीगर्न एमाले बैठक बस्ने,को को पर्नेछन त कारबाहीमा? सुचिसहित

काठमाडौं। नेकपा एमालेले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन भनेर आफ्नो दलका सांसदहरुको हस्ताक्षर किर्ते गरिएको भन्दै राष्ट्रपति कार्यालयमा पत्र दर्ता गराएको छ। प्रधानमन्त्रीका कानुनी सल्लाहकार समेत रहेका एमाले निर्वाचन विभागका नेता बाबुराम दाहालले केहीबेर अघि शीतलनिवाशमा पत्र दर्ता गराएका हुन्। देउवालाई समर्थन गरी हस्ताक्षर नगरेको र पार्टी अध्यक्ष केपी ओलीलाई नै समर्थन गरेको भन्ने […]

दुई चरणमा मध्यवधि चुनावकाे घाेषणा गर्दै राष्ट्रपति द्वारा मध्यरातमा प्रतिनिधिसभा भंग

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा भंग गरेकी छन् । रातको ११:३० मा बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा भंग गरी मध्यावधि निर्वाचनको घोषणाका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । मन्त्रिपरिषद्ले सिफारिसलगत्तै राष्ट्रपतिले प्रतिनिधिसभा भंग गरी कार्तिक २६ र मंसिर ३ गते दुई चरणका लागि निर्वाचनको घोषणा गरेकी छिन ।

प्रधानमन्त्रीकाे लागि गरिएकाे दुईवटै दावी राष्ट्रपतिद्वारा मध्यरातमा खारेज

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा दुबैले नयाँ सरकार गठनका लागि गरेको दावी खारेज गरेकी छन्। राष्ट्रपतिले दुबै दावी कमजोर रहेको भन्दै खारेज गरेकी हुन्। शुक्रबार राति ११:३० बजे राष्ट्रपतिले सरकार गठनबारे यो निर्णय लिएकी हुन्। राष्ट्रपतिले दुबै दावीकर्तामा दोहोरो सांसदले समर्थन जनाएको […]

नेपाल सहित पक्षी गठबन्धनको बैठक सिंहदरवारमा शुरु

नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालसहित विपक्षी गठबन्धनको बैठक सिंहदरवारमा शुरु भएको छ । नेपालसहित बैठकमा नेपाली काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका शीर्ष नेता सहभागी छन् । बैठकमा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड, जसपा अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराई लगायत छन् । विपक्षी गठबन्धनले राष्ट्रपतिको आह्वानअनुसार नयाँ सरकारमा […]

रामग्राम नगरपालिकाको कोभिड -१९ कोषमा हुलास अटोक्राफ्टद्धारा १० लाख सहयोग

सुरेश यादब- नवलपरासी/आज पश्चिम नवलपरासीको रामग्राम–११ जमुवार्डमा रहेको हुलास अटोक्राफ्टले रामग्राम नगरपालिकाको कोभिड कोषमा १० लाख रुपैयाँ सहयोग गरेको छ । उद्योगले सामाजिक उत्तरदायित्व बहन गर्दै महामारीको यो समयमा सहयोग स्वरुप १० लाख रुपैयाँ नगरपालिकाको कोभिड कोषमा जम्मा गरेको उद्योगका प्लान्ट हेड नितिन गाईकवाडले जानकारी दिनुभयो । उद्योगले काठमाडौंमा पनि सरकारलाई सहयोग उपलब्ध गराएको र […]

माओवादी काेटाबाट मन्त्रिभएका ७ जनाकाे मन्त्रीपद सर्वाेच्वद्वारा असंबैधानिक ठहर

जेठ ६, काठमाडौं । माओवादी केन्द्र परित्याग गरि एमालेमा प्रवेश गरेका सात जना मन्त्रीहरुलाई सर्वाेच्च अदालतले असंवैधानिक ठहर गरेको छ । गृहमन्त्री थापासहित सातजना गैर सांसद मन्त्रीको पद सर्वोच्चद्वारा असंवैधानिक भन्दै खारेज गरेको हो ।गैर सांसद मन्त्रीहरूले पुन नियुक्ति पाउनु संविधान र कानुन विपरीत भन्दै सर्वोच्चले पद खारेज गरिदिएको हो । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको […]

सर्वाेच्चकाे फैसला : ७ सांसदकाे मन्त्रिपद नियुक्ति बदर

काठमाडौं- सर्वोच्च अदालतले गैरसांसद्लाई हालै मन्त्री बनाउने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई गैरसंवैधानिक ठहर गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल इजलासले गृहमन्त्री रामबहादुर थापासहित पूर्वसंघीय संसदको सदस्य नरहेका सात मन्त्री संविधानको धारा ७८ अनुसार एकपटकलाई बढीमा ६ महिनामात्र मन्त्री हुन सक्ने भन्दै पुनः नियुक्तिलाई अन्तरिम आदेशमार्फत बदर गरेको हो । उनीहरु त्यसअघि नै गैरसांसद्को […]

नवलपरासीमा गाेली चल्दा एकजना गम्भीर घाइते

रंजीत शर्मा – जेठ ५, नवलपरासी । पश्चिम नवलपरासीकाे दक्षिणी सिमामा सशस्त्र प्रहरीले चलाएकाे गाेली लागेर एक स्थानीय युवक गम्भिर घाइते भएका छन् । गाेली लागेर समाजसेवी बच्चा रायका छाेरा २२ वर्षे अविनाश राय घाइते भएकाे स्थानीयले बताएका छन् । घटना के कारणले भएकाे खुल्न सकेकेा छैन । घटना प्रतापपुर गाउंपालिका वडा नं. ६ कठहवामा […]

लकडाउनका कारण किसानको लाखौ तरबुजा फलफुल खेतमै कुहिन थाले

बिनोद मण्डल -जेठ ५, सिराहा । लकडाउन किसानको लागि कोसेढुङ्गा सावित भएको छ । कोरोना विश्वव्यापी माहामारी चलिरहेको वर्तमान घडीमा विश्वका अधिकांश देशमा आर्थिक मन्दीको स्थिति सिर्जना नभएको होइन । प्राकृतिक विपति अनेकन मुहार फेरेर आउनेक्रम पनि जारी नै छ । भूकम्प ,चट्याङ , आधी तुफान , अतिवृष्टि ,अनावृष्टि भइरहनु मानविय जीवनका नकारात्मक पक्षहरू मानिन्छ […]

लमजुङ बाट भुकम्प क्षति बिबरण आउने क्रम जारि- भुकम्पकाे कारण तिन घाईते

जेठ५, लम्जुङ- एकाबिहानै भूकम्प जाँदा भएका क्षतिका विवरणहरु आउन थालेका छन् । पछिल्लो अपडेट अनुसार लम्जुङमा सात वटा घर भ त्के का छन् । भूकम्पले घर भ त्किँदा तीनजना गाउँले घाइते भएका छन् । प्रहरीका अनुसार मर्स्याङ्दी गाउँपालिकाका ४० वर्षीया उमा गुरुङ र ८३ वर्षीया खवकुमारी पाण्डे घाइते भएकी छिन् । अर्का एकजना घाइतेको नाम […]