Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

मुखपत्रका रुपमा सञ्चालित अनलाइनलाई प्रेस काउन्सिलले दर्ता नगर्ने

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 24, 2021
258 shares

प्रेस काउन्सिल नेपालले कुनै संस्थाका मुखपत्रका रूपमा सञ्चालित अनलाइनलाई काउन्सिलमा दर्ता/सूचीकरण नगर्ने र सूचना तथा प्रसारण विभाग र अन्य सम्बन्धित निकायलाई पनि दर्ता नगर्न आग्रह गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको काउन्सिलको भर्चुअल बैठकले यस्तो निर्णय गरेको हो । यद्यपि ‘संस्था’ राजनीतिक वा गैरराजनीतिक भन्नेबारे काउन्सिलले जारी गरेको विज्ञप्तिमा विस्तृत खुलाइएको छैन ।

प्रेस काउन्सिल नेपाल बोर्डका सम्पूर्ण सदस्यको उपस्थिति रहेको उक्त बैठकले कोभिड–१९ का कारण सिर्जित विभिन्न समस्या समाधानका लागि काउन्सिलको सम्पूर्ण शक्ति (टिम) एकताबद्ध भएर लाग्ने लगायतका निर्णय गरेको कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

बैठकले कोभिड–१९ को दोस्रो लहरपछि देशभरका पत्रकार÷मिडियालाई परेको समस्या र पत्रकार आचारसंहिताको पालना एवं उल्लङ्घनको अवस्था अध्ययन गर्न तत् तत् प्रदेशमा रहेका काउन्सिल सदस्यलाई जिम्मेवारी तोकी १५ दिनभित्र प्रतिवेदन तयार पारी पेस गर्ने निर्णय गरेको छ । साथै, बैठकले देशभरका कोरोना पीडित पत्रकार, सङ्क्रमित पत्रकार, निधन भएका पत्रकारका परिवार तथा आफन्तलाई राहत तथा स्वास्थ्य सामग्री उपलब्ध गराउन नेपाल सरकार, राष्ट्रिय÷अन्तर्राष्ट्रिय दाता, सहयोगी संस्था तथा मनकारी व्यक्ति÷संस्थालाई अपिल गरी समन्वयमा काम गर्ने निर्णय गरेको जनाइएको छ ।

यस्तै बैठकले अग्रपङ्क्तिमा रहेर काम गर्ने पत्रकारलाई थप सावधानी अपनाइ समाचार सङ्कलन÷सम्प्रेषण गर्न आग्रह गर्ने, निषेधाज्ञा जारी भएपछि प्रकाशन हुन नसकेका पत्रपत्रिकाको वर्गीकरण प्रभावित हुन नदिन पत्रपत्रिका वितरण सम्परीक्षण समितिलाई लेखी पठाउने निर्णयसमेत गरेको छ ।

मिडियाका रूपमा युट्युब÷अनलाइन टिभीका नाममा सञ्चालित माध्यमको अनुगमनका सम्बन्धमा नीतिगत निर्णयका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पुनः जानकारी गराउने, यस्ता युट्युब÷अनलाइन टिभीलाई काउन्सिलमा सूचीकरण हुन आउन आह्वान गर्ने निर्णय पनि भएको विज्ञप्तिमा उल्लेख छ ।

पत्रकार आचारसंहिता प्रचार–प्रसारका लागि तत्काल जिङ्गल बनाई सन्देश प्रवाह गर्ने र प्रत्येक हप्तामा एकदिन पत्रकार आचारसंहिता अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्नेजस्ता निर्णय गरिएको कार्यवाहक अध्यक्ष बुढाथोकीले जनाएका छन् ।

नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिको पछिल्लो तथ्याङ्कअनुसार कोरोनाको दोस्रो लहरपछि अहिलेसम्म देशभरका १६ जना पत्रकारको निधन भएको ८ सय ५० जना कोरोनाबाट सङ्क्रमित भएकामा ८ जना आइसियू÷भेन्टिलेटरमा राखी उपचार भइरहेको र २ सय ५० जना सक्रिय सङ्क्रमित रहेको काउन्सिलले उल्लेख गरेको छ । बैठकले मृतक पत्रकारप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै मृतकका परिवारजनमा हार्दिक समवेदना प्रकट गरेको छ । यस्तै सम्पूर्ण सङ्क्रमित पत्रकारको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको विज्ञप्तिमा उल्लेख छ ।

रातोपाती बाट सभार गरिएको

 

 

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी

  • July 23, 2026

धर्मको नाममा घृणा होइन, मानवता र प्रेम आवश्यक : गायिका सत्यकला...

  • July 23, 2026

देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, बाँझो निजी जग्गा अब उत...

  • July 23, 2026

बागमतीमा एक वर्षमा ४४ सडक पुल निर्माण, ६३.४० प्रतिशत बजेट खर्च

  • July 23, 2026

बाँकेमा ४०० ग्राम खैरो हेरोइनसहित दुई महिला पक्राउ

  • July 23, 2026

बिदेशी मुद्राकाे विनिमय दर यस्ताे छ

  • July 23, 2026

मनसुन सक्रिय: बागमतीसहित पाँच प्रदेशका पहाडी क्षेत्रमा भारी वर...

  • July 23, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved