Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

विश्वमा ब्राजिल पछिको दोस्रो जलश्रोतको धनी देश नेपाल

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 18, 2021
573 shares

रघुविर सिंह ठगुन्ना , दार्चुला।

विश्वमा ब्राजिल पछिको दोस्रो जलश्रोतको धनी देश नेपालमा हजारौं नदि, गाड गङ्गाहरु रहेका छन । त्यसैले नेपाल सरकार को स्थानीय झोलुङ्गे पुल निर्माण आयोजना (TBSU) अन्तर्गत देश भरी झोलुङ्गे पुल निर्माण गर्ने आयोजनामा सहयोग गर्नका लागि स्वीस सरकारले सन १९८९ देखि निरन्तर रुपमा सहयोग गर्दै आइरहेको छ ।

May be an image of nature and bridge

आज सम्म नेपालमा पन्ध्रहजार भन्दा बढीको संख्यामा झोलुङ्गे बनिसकेका छन । यस अवधिमा दार्चुला जिल्लामा मात्र १३५ भन्दा बढी झोलुङ्गे, ट्रस, र RCC पुलहरुबनिसकेका छन तर दार्चुला जिल्ला तत्कालीन ब्यास गाबिस (जहाँ कालापानी, लिपुलेक, कुटी, गुन्जी र नाभि गाउलाइ लिएर भारत त चाइना सङ्ग सिमा बिवाद रहेकोछ) हालको ब्यास गापा वडा नम्बर १ छाङरुर टिङकरमा अहिलेसम्म सम्म एउटा पनि झोलुङ्गे पुल बन्न सकेको थिएन ।

May be an image of 1 person and outdoors

स्थानीय जनताका लागि अति जरुरी हुनुका साथै सामरिक महत्व का कारण पनि उक्त स्थानमा पुल बन्नु जरुरी थियो । उक्त वार्डमा अहिलेसम्म पुल नबन्नुको प्रमुख कारण पुल निर्माण सामाग्री ढुवानी गर्न र त्यहाँ सम्म पुग्ने पैदल बाटो सम्म आफ्नो देश बाट नहुनु थियो । २०७४ मा स्थानीय सरकार को चुनाव भै सकेपछि २०७५ मा उक्त ब्यास गापा का अध्यक्ष दिलिप सिंह थियाल ज्यु र वार्ड अध्यक्ष अशोक सिंह बोहरा ज्युको प्रयासमा त्यहा एउटा झोलुङ्गे पुल बनाउन यश समाज कल्याण समाज दार्चुला को TBSU टिम छिमेकी देश भारतकाे बाटाे भएर छाङरु गागा गएर टिङ्कर र नम्भा गाड मिसिए पछी बनेको गागा नदिमा पहिलो पटक २०७५ चैत्रमा एउटा गागा झोपु 89 मिटर लम्बाई १३ मिटर उचाइ र १.६ मिटर चौडाइको डिटेल सर्वे डिजाइन गर्ने कार्य गरियो ।

May be an image of 3 people, people sitting, people standing, outdoors and tree

त्यसपछि लगत्तै २०७६ जेठमा संघ को बजेट कार्यक्रममा परेपछि निर्माण कार्य सुरु भयो । उपभोक्ता समिती बाट निर्माण गरिने उक्त पुलको उपभोक्ता समिती गठन गर्दा बिवाद आयो उक्त बिवाद स्थानीय स्थरमा समाधान हुन नसकी उच्च न्यायालय कंचनपुर सम्म पुग्यो । स्वीस सरकार को सहयोगी नियोग Helvatas नेपाल र दार्चुला जिल्ला का ४१ वटै स्थानीय सरकार निकाएको २०६२ साल देखि social technical सहयाेगी भई सेवा गर्दै आइरहेको यश समाजले १५ बर्ष पछि दात्री सस्था TBSU/HELVATAS र SWS Darchula काे तर्फ बाट ३ पटक उच्च न्यायालय कंचनपुरमा तारिक बोक्न जानुपर्ने अवस्था आयो ।

उजुरी पर्ना साथ उक्त स्थानमा झोपु निर्माण कार्य अर्को आदेश न आएसम्म रोक्ने अर्थात अगाडि नबढाउने आदेश दिएको उच्च न्यायालयले तेस्रो पेसीमा उक्त पुल निर्माण कार्य अगाडि बढाउने आदेस दिएपछी निर्माण कार्य पुन सुरु त गरियो । समिति गठनमा बिवाद हुनुको मुख्य कारण वडा र गापा मा फरक फरक पार्टीका प्रतिनिधि हुनु रहेको थियो । बाटोले नजोडेको कारण निर्माण सामाग्री पुर्याउन धेरै कठिनाइ आएपछि प्राइभेट कम्पनीको सानो हेलिकप्टर १२ ट्रीप चार्टर गरेर निर्माण स्थलमा निर्माण सामाग्री त पुगाइयो फेरि अर्को समस्या आइपरयो २०७५ मा पुल बनाउन सर्वे गरेको नदिको दायाँ ब्लक बनाउने साइड ससस्त्र प्रहरी को क्याम्प भित्र परेछ ।

पुलका लट्टा पुर्व DPR अनुसार नेपालगन्ज मै काटेर लगेको थियो त्यतिनै दुरिमा नजिकै अर्को साइड खोज्नु पर्ने भो बल्ल तल्ल नया साइड खोजेर construction को काम सुरु गरियो चैत्र देखि असौज सम्म मात्र काम गर्न सकिने बाकी महिना हिउले ढाक्ने उक्त स्थानमा यश बर्ष अर्थात २०७८ को भाद्र महिनामा उक्त गागा झोपु निर्माण कार्य सम्पन्न भएको छ । करिव रु ८९,९०,०००:०० लागत रहेको उक्त पुलको सुरुमा डिटेल सर्वे कार्य SWS Darchula का chairman RBS Thagunnaa को नेतृत्वमा TBSU/Helvatas नेपाल का प्राबिधिक अधिकृत भक्त बहादुर बिष्ट र SWS/TBSU का सव ओसि हरिस ठगुन्नाको टोलिले गरेको थियो भने पछि construction को सम्पुर्ण कार्य SWS Darchula का प्राबिधिक अधिकृत नवीन ठगुन्ना र ब्यास गापा का झोपु कार्यक्रम हेर्ने Focal person योगेस ऐतवल ले सघाएका थिए ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

आगामी निर्वाचनमा ९ दलीय अग्रगामी मोर्चाको साझा चुनाव चिह्न, स्...

  • September 12, 2026

नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

  • September 12, 2026

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता नवीकरणका ...

  • September 12, 2026

भिजिट र व्यक्तिगत रोजगार भिसामा ठगी बढेपछि नेपालीलाई सचेत रहन ...

  • September 11, 2026

एमाले कार्यदलमा दुई छुट्टाछुट्टै प्रतिवेदन, विवाद मिलाउन आवासी...

  • September 11, 2026

‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण गर्न रास्वपाको ११ सदस...

  • September 11, 2026
AI Photo

बाँच्नुको अर्थ खोज्ने समाज : राजेश शिल्पकार

  • September 11, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved