Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

‘तपाईँले कुन धर्म मान्नुहुन्छ ?’ जनगणनामा गणकले सम्झनुपर्ने प्रश्न

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 17, 2021
309 shares

– हरि जिज्ञासु

‘मेरो गणना मेरो सहभागीता’ भन्ने मूल नाराकासाथ केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना २०७८ सुरु गरी असौज १८ गतेसम्म घपरिवार सूचीकरण गर्दैछ । नेपालमा दश वर्षको अन्तरपछि गरिने राष्ट्रिय जनगणना सर्बप्रर्थम वि.स.१९६८ मा गरिएको थियो । जनगणनाको थालनी राणा प्रधानमन्त्री जंगबहादुरले गरेका थिए । वि.स.२०६८ सालमा राष्ट्रिय तथ्याङ्क विभागले गरेको ११ औँ जनगणनाबाट आएको तथ्याङ्क अनुसार नेपालको कुल जनसंख्या (२,६४,९४,५०४) दुई करोड, चौसठ्ठी लाख, चौरनब्बे हजार, पाँच सय, चार रहेको छ ।

देशमा बस्ने सम्पूर्ण नागरिकको घरदैलोमा गएर प्रत्येक घरधुरीमा बसोबास गर्ने नागरिकहरुको नाम थर, जाति, उमेर, धर्म, भाषा,नागरिकता,शिक्षा, जन्म, मृत्यु, पेशा,बसाईसराइ लगायतको विषयमा सरकारले विवरणहरु संकलन गर्ने प्रणालीलाई राष्ट्रिय जनगणना भनिन्छ । राष्ट्रय जनगणनाले देशमा बसोबास गर्ने नागरिकहरुको संख्यात्मक अवस्था साथै नागरिकहरुको बास्तविकताको एकिन गर्नेगर्छ ।

नेपाल विभिन्न जाति, भाषा, धर्म र संस्कृतिको समिश्रण रहेर बनेको देश हो । त्यसकारण जनगणनाबाट तथ्याङ्क प्राप्त गर्नकोलागि पनि त्यहि प्रकारकारले प्रश्न निमार्ण गरिएको हुन्छ । तथ्यपूर्णरुपमा तथ्याङ्क संकलन गर्नको लागि तथ्याङ्क संकलक कति जिम्मेवारीपूर्ण छ भन्नेकुरा महत्वपूर्ण हुन्छ । जनगणनामा आउने त्रुटीलाई कम गर्न सबै भन्दा महत्वपूर्ण जिम्मेवारि तथ्याङ्क विभागले खटाएका कर्मचारीको हुनेगर्छ ।

नेपाल बहुसंख्यक हिन्दु धर्मालम्बीहरको बसोबास भएको देश भएकाले जनगणनामा सबै भन्दा त्रुटी गणकले धर्मको मामिलामा गरेको पाइन्छ । पछिल्लो अबस्थामा धर्मलाई विशेष प्राथामिकतामा राखेर जनगणनालाई अगाडि बढाउन आग्रह गर्दै विभन्न धर्ममा आस्थावान प्रतिनिधिहरुले तथ्याङ्क विभागमा गएर ध्यानाआकर्षण गराएका छन् । यो भन्दा अगिल्लो जनगणनामा गणकले सबैको धर्म हिन्दु त होला भन्ने आशंकामा नागरिकलाई धर्म के हो भन्ने प्रश्न व्यवाहारिक रुपमा नसोधेर संकाको भरमा टिक लगाएको भन्ने गुनासो अल्पसंख्येक धार्मिक समुदायमा आएको छ ।

यो बास्तविकता पनि हो । अस्ती भर्खरै मेरो राष्ट्रिय परिचय पत्र बनाउने क्रममा जिल्ला प्रशासनका एक कर्मचारीले धर्म कुन भन्ने फारममा मलाई धर्म के हो ? भनेर नसोधी हिन्दु टिक लगाई दिए । अनी पछि मैले मेरो धर्म त ख्रीष्टियन हो भनेपछि त्यसलाई मेटाएर ख्रीष्टियन लेखिदिए ।

वि.स २०६८ को जनगणना अनुसार नेपालको कुल जनसंख्याको ८१.३ प्रतिशत हिन्दु रहेको छ भने विश्वमा हिन्दुहरको संख्या ९० करोड रहेको छ । त्यस्तैगरी नेपालको कुल जनसंख्याको ९ प्रतिशत बौद्ध धर्म रहेको छ भने विश्वमा बौद्धधर्मालम्बीको संख्या ३७६ करोड रहेको छ । त्यस्तैगरी नेपालको कुल जनसंख्याको ४.४ प्रतिशत मुस्लिम धर्ममा आस्थावान संख्या छ भने विश्वमा १.३ अरब मुस्लिमहरुको संख्या रहेको छ । विश्वमा सबै भन्दा बढि २.१ अरब ख्रीष्टियन धर्मालम्बीहरुको संख्या छ भने नेपालमा ख्रीष्टियहरुको संख्या जम्मा कुल जनसंख्याको १.४ रहेको छ ।

नेपालमा ख्रीष्टियन धर्ममा आस्था राख्नेहरुको जमात विशेषगरी तिर्बरुपमा बृद्धि भएको छ । तर २०६८ सालको जनगणना अनुसार ख्रीष्टियन धर्मालम्बीहरुको १.४ प्रतिशत तथ्याङ्कमा त्रुटी रहेको ख्रीष्टियन समुदायका जिम्मेवारी निकायका व्यक्तिहरु बताउछन् । त्यतिखेर गणकले धर्मको बारेमा नसोधी संकाको भरमा हिन्दुमा टिक लगाएको कुरा देखिन्छ । नेपालमा बहुसंख्यक हिन्दु धर्मलम्बी भएका कारण गणक पनि हिन्दु धर्ममा आस्थावान व्यक्ति पर्ने भएकाले उसले सरासर धर्मको ठाउमा हिन्दु टिक लगाएको देखिन्छ । जनगणनामा मात्र नभएर कतिपय धर्म लेख्नुपर्ने ठाउँमा कतिपय संस्थाका व्यक्तिले हिन्दु लेखेको मेरो आफ्नै आँखाले देखेको छु ।

त्यसकारण सबै भन्दा पहिला नेपाल बहुभाषी र बहु धार्मिक, अनी बहु संस्कार र संकृतिले बाँधीएको देश भएका कारण कुनै पनि जाति र समूदायको मनमा चोट नपुग्ने गरी केन्द्रीय तथ्याङ्क विभागले तथ्याङ्क निकाल्नुपर्छ । आफूले खटाएका पदाधिकारीहरुलाई तालिम दिँदा धर्मको कुरालाई विशेष जोड दिन आग्रह गर्नुपर्नै हुन्छ । सम्पूर्ण नागरिकहरुले आफूले अंगालेको धर्मको विषयमा निडरसाथ भन्नु पर्ने हुन्छ । जसले जुन धर्ममा आस्था राखेको छ त्यहि धर्मको नाम प्रत्येक नागरिकले भन्नु आवश्यक छ ।

नेपालमा ख्रीष्टियन समुदायको इतिहास लामो रहेपनि जनगणनाको रुपमा निकै थोरै देखिन्छ । तर ख्रीष्टियन समुदायका जिम्मेवारी निकाहरु भने नेपालमा करिब ३० लाख बढि ख्रीष्टियनहरुको संख्या रहेको आँकलन गर्छन । यो मात्र आँकल मात्रै हो । तर एकिन छैन । नेपालमा इसाई समुदायको बास्तविक संख्या पत्ता लगाउनको लागि अब इसाई समुदायका जिम्मेवारी निकायहरु सक्रिय हुनुपर्ने देखिन्छ । यो समयमा विभिन्न धर्ममा आस्थावान समुदायले आफूले मान्दै आएको धर्मको बारेमा गणकलाई राम्रोसँग जानकारी नदिएसम्म एकिन तथ्याङ्क हात पर्दैन । अर्को अल्पसंख्यक धार्मिक समुदायका जिम्मेवारी व्यक्ति पनि १२ औँ राष्ट्रिय जनगणना २०७८ मा नजिकिएर सहयोग गर्नुपर्ने आवश्यक छ । अन्य प्रश्न भन्दा धर्म कुन भन्ने प्रश्नमा गणकले त्रुटी गर्ने सम्भावना भएकाले सम्पूर्ण नागरिक आफ्नो धार्मिक आस्थाको कदर गरी आफुले अंगालेको धर्मको नाम भन्नुपर्ने हुन्छ । धन्यवाद

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

खाद्य सार्वभौमिकता र खाद्य सुरक्षामा अध्ययनलाई निरन्तरता दिनुप...

  • July 23, 2026

नेकपाकालाई छोडेर नेता कार्यकर्ताले श्रम संस्कृति पार्टीलाई रोजे

  • July 23, 2026

अमेरिकामा नेपाली करातेको ऐतिहासिक उपलब्धि: सिहान शान्त थोकर सा...

  • July 23, 2026

झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी

  • July 23, 2026

धर्मको नाममा घृणा होइन, मानवता र प्रेम आवश्यक : गायिका सत्यकला...

  • July 23, 2026

देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, बाँझो निजी जग्गा अब उत...

  • July 23, 2026

बागमतीमा एक वर्षमा ४४ सडक पुल निर्माण, ६३.४० प्रतिशत बजेट खर्च

  • July 23, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved