Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

भौतिक वाद र आध्यात्मीक वाद बिच अन्तरसम्बन्ध

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 3, 2021
540 shares

प्रत्येक व्यक्तिले आफ्नो जीवनमा सुख, शान्ति र समृद्धिको चाहना राखेको हुन्छ । आकांक्षा राखेको हुन्छ । तर, केवल आकांक्षा राख्दैमा आपूmले चाहेको कुरा प्राप्त हुन्छ भन्ने होइन । यसका लागि अथक प्रयास, परिश्रम र पुरुषार्थको पनि उत्तिनै आवश्यकता पर्दछ ।

अब प्रश्न उठ्छ, कस्तो किसिमको प्रयास, परिश्रम अथवा पुरुषार्थबाट यी कुराहरू प्राप्त गर्न सकिन्छ त ? अथवा भनौँ जीवनमा कुन मार्ग अवलम्बन गर्नाले यी कुराहरू प्राप्त गर्न सकिन्छ त ? यी प्रश्नहरूको उत्तर खोजी गर्ने क्रममा मूलत ः दुई प्रकारका विचार अथवा दृष्टिकोण बहस र छलफलमा आउने गर्दछन् ।

ती हुुन् भौतिकवाद र अध्यात्मवाद । संक्षिप्त रूपमा भन्ने हो भने जुन व्यक्तिले आपूmलाई अविनाशी आत्मा ठान्छ ऊ अध्यात्मवादी हो र जसले आपूmलाई भौतिक देह अथवा शरीर ठान्छ उ भौतिकवादी हो । यी दुवै पक्षबीच वेलाबखत बहस वा छलफल हुँदा एकले अर्कोलाई गलत वा निरर्थक ठान्ने र आफ्नो पक्षलाई मात्र सही ठान्ने प्रवृत्ति रहेको पनि पाइन्छ ।

तर, यथार्थता के हो भने यी दुवै एक अर्काका सहयोगी हुन् र परिपूरक हुन् । किनकि, जीवनलाई सन्तुलित र व्यवस्थित रूपमा सञ्चालन गर्न अध्यात्मवाद र भौतिकवाद दुवैलाई सामञ्जस्य गरेर लैजानु आवश्यक हुन्छ ।

सर्वप्रथम भौतिकवादकै सन्दर्भमा केही चर्चा गरौँ । हामी सबै प्रकारका सामाजिक, धार्मिक अथवा आध्यात्मिक क्रियाकलापहरू भौतिक शरीरकै माध्यमबाट सम्पन्न गर्दछौँ । तसर्थ, हामीले आफ्नो भौतिक शरीरको उचित ख्याल राख्दै यसलाई स्वस्थ र तन्दुरुस्त अवस्थामा राख्नुपर्ने हुन्छ । यसका लागि हामीले योग, ध्यान व्यायामलगायत शरीरको आवश्यकता अनुरूप विभिन्न पौष्टिक तत्वयुक्त खाद्य पदार्थहरू नियमित रूपमा सेवन गर्नुपर्ने हुन्छ ।

किनकि, शरीर अस्वस्थ भएमा अथवा कुनै प्रकारको रोगबाट ग्रसित हुन पुगेमा कुनै पनि व्यक्तिले आफ्नो सामाजिक, धार्मिक अथवा आध्यात्मिक क्रियाकलापहरू एकाग्र भएर गर्न सक्तैन ।

किनकि, ऊ आफ्नो शारीरिक रोग वा पीडाबाट नै बेचैन भइरहेको हुन्छ । तसर्थ, ती अध्यात्मवादीहरू जसले ‘दैव सत्यम् जगत् मिथ्या’ अर्थात्, केवल ईश्वर सत्य हो बाँकी समस्त जगत भूmठो हो भन्छ त्यो सही मान्न सकिन्न । किनकि, कुनै पनि व्यक्तिले यस भौतिक जगत्को सहयोगविना आपूmलाई आध्यात्मिक मार्गमा अगाडि बढाउन सक्तैन ।

अर्कोतर्फ अध्यात्मवादको उपेक्षा वा बेवास्ता गरी भौतिकवादको मात्र पछि लाग्नाले पनि जीवनमा वास्तविक सुख र शान्ति प्राप्त गर्न सकिन्न । हुन त कतिपय भौतिकवादी व्यक्तिहरूले जीवनमा जति भौतिक उपलब्धी हासिल गर्न सकियो त्यति नै जीवनलाई सुखी र सहज बनाउन सकिन्छ भन्ने धारणा राखेको पाइन्छ ।

र, सोही धारणा अनुरूप कतिपय व्यक्तिहरू दिनरात केही नभनी भौतिक उपलब्धिकै पछाडि कुदिरहेको पनि हामी देख्ने गर्दछौँ । तर, यस्तो धारणा जीवनको यथार्थतासँग मेल खाएको देखिँदैन । के साँच्चै आज भौतिक विलासिताको मात्र पछि लाग्ने व्यक्ति वा मुलुकले वास्तविक खुसी प्राप्त गर्न सकिरहेको छ त ? शान्तिको अनुभूित गर्न सकिरहेको छ त ? पक्कै पनि छैन ।

बरू यस्तो भौतिक प्रगति उत्कर्षमा पुगेका मुलुकहरूमा अहिले नैतिक र सामाजिक मूल्य मान्यताहरू क्रमिक रूपमा खस्कँदै गइरहेको छ । उदाहरणका लागि युरोप, अमेरिकाजस्ता विकसित मानिएका मुलुकहरूमा समेत अहिले मानसिक रोगीहरूको संख्या बढिरहेको छ । र, सोही अनुरूप त्यहाँ आत्महत्याको दरमा पनि वृद्धि भइरहेको अध्ययनले देखाएको छ ।

अध्ययनअनुसार अमेरिकामा मात्र प्रतिदुईहजार व्यक्तिमा दुईजनाले आत्महत्या गर्ने गर्छन् र त्यहाँका अस्पतालहरूमा करिब ५० प्रतिशत शय्या मानसिक रोगीहरूकै लागि भनी छुट्याइएको हुन्छ । त्यसो त अमेरिकाकै न्यूयोर्क सहरमा पनि धेरै मानिसहरूले खुला रूपमा आफ्नो साथमा स्वचालित बन्दुक राख्ने गरेका छन् । जसले गर्दा त्यहाँ आपराधिक गतिविधिहरू पनि उल्लेख्य रूपमा वृद्धि भइरहेको छ ।

त्यस्तै, अर्को एक जानकारीअनुसार ७० प्रतिशत अमेरिकी युवाहरू कनै न कुनै प्रकारबाट लागुऔषधको दुव्र्यसनमा फसेका छन् । पारिवारिक सम्बन्धको कुरा गर्ने हो भने अमेरिकाको औसत वैवाहिक जीवन अवधि भनेको ४÷५ वर्षको मात्र हुन्छ ।

अर्थात्, त्यहाँ सम्बन्ध विच्छेद र पुन ः विवाहजस्ता घटनाहरू सामान्य रूपमा हुने गर्दछन् । जसले गर्दा त्यहाँ पारिवारिक र सामाजिक मूल्य मान्यताका संरचनाहरू पनि टुट्दै र भत्किँदै गइरहेका छन् । अवश्य पनि बढ्दो भौतिकवादी प्रवृत्ति र विलासीतापूर्ण जीवन पद्धतिकै कारण त्यहाँ यस किसिमका सामाजिक विसंगतिहरू बढिरहेका हुन् भन्न सकिन्छ ।

यसबाट के स्पष्ट हुन्छ भने भौतिक उपलब्धिको मात्र पछि लागेर जीवनमा वास्तविक सुख र शान्ति प्राप्त गर्न सकिन्न । बरू यसबाट अनेकन प्रकारका लोभ, लालच र इच्छा–आकांक्षाहरूले मानव मनलाई गाँजिरहेको हुन्छ, अस्थिर बनाइरहेको हुन्छ । वास्तवमा अध्यात्मवादको अभाव अथवा उपेक्षाकै कारण हाम्रो मन–मस्तिष्क यति प्रदूषित हुन पुगेको छ कि, यसबाट हाम्रो भौतिक क्षेत्रमा भएको उपलब्धिसमेत उल्टो मानव समुदायको लागि अशान्तिको कारण बन्न पुगेको छ, असन्तुष्टिको जड बन्न पुगेको छ ।

त्यसैले, आज विज्ञान र प्रविधिको विकासबाट मानिसले हासिल गरेको भौतिक उपलब्धिलाई सही रूपमा उपयोग गरी मानव समुदायलाई पतनोन्मुख मार्गबाट जोगाउन आध्यात्मिक ज्ञान र चेतनाको विकास हुनु अति नै आवश्यक भइसकेको छ ।

अवश्य पनि अध्यात्मवादको नाममा हामीले भौतिकवादलाई न्यून ठान्न मिल्दैन, अवमूल्यन गर्न मिल्दैन । वास्तवमा भौतिक क्षेत्रमा भएको चमत्कारिक उपलब्धिकै कारण सिंगो विश्व एउटा सानो गाउँमा परिणत हुन पुगेको छ । हामी संसारको कुनै पनि मुलुकमा केही घण्टाको यात्राबाट सहज रूपमा पुग्न सक्ने भएका छौँ । टेलिभिजनको आविष्कारले गर्दा हामी घरभित्रको एउटा सानो कोठामा बसेर संसारका गतिविधिहरू देख्न र सुन्न सक्ने भएका छौँ ।

वातावरण अनुकूलित यन्त्रको आविष्कारले गर्दा हामी घरभित्र कोठामै बसेर मौसमी तातो वा चिसोबाट बच्न सक्ने भएका छौँ । विशेष गरी सूचना प्रविधिको क्षेत्रमा भएको अभूतपूर्व प्रगतिले गर्दा हामी संसारको कुनै पनि मुलुकमा रहेका व्यक्ति अथवा नातेदारसँग घरको एउटा सानो कोठामा बसेर प्रत्यक्ष कुराकानी अथवा सन्देश आदानप्रदान गर्न सक्ने भएका छौँ ।

केही दशक अघिसम्म मात्र एक ठाउँको चिठी अर्को ठाउँमा पुग्न हप्तौँ र महिनौँ लाग्ने गथ्र्यो भने आज मोबाइल, टेलिफोन, इन्टरनेट, भाइबर आदिजस्ता संचार प्रविधिको विकासले गर्दा हाम्रो सूचना र सञ्चार प्रणाली अत्यन्त सहज र सुलभ हुन पुगेको छ । तर, यति हुँदाहुँदै पनि हाम्रो मन–मस्तिष्क भने काम, क्रोध, लोभ, मोह र अहंकारजस्ता मनोविकृृतिहरूबाट टाढा रहन सकिरहेको छैन ।

एकातिर विज्ञान प्रविधिको विकासबाट मानिसको दैनिक जीवनयापन सहज र सुविधाजनक बन्दै गइरहेको छ भने अर्कोतर्फ मानव हृदयमा अन्तर्निहित सद्गुण र सद्भावनाहरू भने क्रमिक रूपमा ह्रास हुँदै गइरहेका छन् । परिणाम स्वरूप भौतिक रूपमा आज विश्व साँगुरो बन्दै गए पनि भावनात्मक रूपमा भने मानवीय दूरी झन् झन् बढ्दै गइरहको महसुस हुन थालेको छ ।

यहाँसम्म कि छोराले बाबुलाई समेत चिन्न नसक्ने अवस्था उत्पन्न हुन पुगेको छ । अब बेलुका बाबु व्यवसाय गरेर घर फर्कंदा छोरा सुतिसकेको हुन्छ अनि बाबु बिहान निस्कँदा छोरा उठेकै हुँदैन अनि कसरी चिनोस् त छोराले बाबुलाई ? प्रसंगबस यो वाक्यांश यहाँ उल्लेखित गरिएको भए तापनि यसको भावार्थ के हो भने हामीले भौतिक उपलब्धि र आध्यात्मिक उन्नयनलाई सामाञ्जस्य गरेर अघि बढ्न सकिरहेका छैनौँ ।

भौतिक विकास हुनु पक्कै पनि मानव समुदायका लागि खुसीको कुरा हो, गौरवको कुरा हो । तर, भौतिक स्रोत र साधनलाई सही रूपमा उपयोग नगरी अथवा मानव हितमा प्रयोग नगरी केवल आफ्नो स्वार्थ परिपूर्तिका लागि उपयोग गर्ने र भौतिक विलासिताको मात्र पछि लाग्ने प्रवृत्तिले गर्दा मानिसले आफ्नो मानवीय मूल्य र मान्यताहरू गुमाउँदै गइरहेको छ । फलस्वरूप आज मानिसहरू चिन्ता, तनाव, कुण्ठा एवं अनेकन प्रकारका शारीरिक मानसिक रोगहरूबाट समेत ग्रसित हुन पुगेका छन् ।

निःसन्देह हामी आत्मा र शरीर दुवै हौँ । किनकि, जबसम्म हामी जीवित रहन्छौँ आत्मा र शरीरको समायोजन गरेर नै हामी आपूmलाई जीवात्मा भनेर सम्बोधन गर्दछौँ । त्यसो त कुनै व्यक्तिको मृत्यु हुँदा पनि हामी त्यो व्यक्तिले संसार छाड्यो भन्ने गर्दछौँ । जबकि, उसको त्यो भौतिक शरीर हाम्रै अगाडि लडिरहेको हुन्छ ।

यसबाट पनि स्पष्ट हुन्छ कि, त्यहाँ दुई प्रमुख तत्वहरू अन्तर्निहित रहेको हुन्छ । एउटा आत्मा र अर्को शरीर । मानिसको मृत्युपछि आआफ्नो प्रचलित धर्म संस्कार अनुरूप उसको त्यो भौतिक शरीरको अन्त्येष्टि गरिन्छ ।

तर, उसको सूक्ष्म आत्मालाई भने अविनाशी तत्वका रूपमा स्मरण गरिन्छ । मानव शरीर मूलतः पाँच भौतिक तत्वहरूबाट निर्माण भएको हुन्छ । जसलाई हामी पञ्च तत्व भन्ने गर्दछौँ ।

ती पञ्च तत्व हुन् पृथ्वी, जल, अग्नि, वायु र आकाश । यी पाँचै तत्वसँग हाम्रो भौतिक शरीरको प्रत्यक्ष सम्बन्ध रहेको हुन्छ । त्यसैले, मानिसको मृत्युपछि अन्ततोगत्वा उसको भौतिक शरीर पनि यिनै पाँच तत्वसँग विलय वा समाहित हुन पुग्दछ । तर, उसको सूक्ष्म आत्मालाई भने अविनाशी तत्वका रूपमा लिइन्छ । यस प्रकार मानव शरीर र आत्माबीच अविच्छिन्न सम्बन्ध रहेको हामी पाउँछौँ ।

SOURYA ONLINE बाट २०७५ भदौ २६ गते ८:३१ मा प्रकाशित
63Shares
facebook sharing buttonShare
twitter sharing buttonTweet
messenger sharing buttonShare

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी

  • July 23, 2026

धर्मको नाममा घृणा होइन, मानवता र प्रेम आवश्यक : गायिका सत्यकला...

  • July 23, 2026

देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, बाँझो निजी जग्गा अब उत...

  • July 23, 2026

बागमतीमा एक वर्षमा ४४ सडक पुल निर्माण, ६३.४० प्रतिशत बजेट खर्च

  • July 23, 2026

बाँकेमा ४०० ग्राम खैरो हेरोइनसहित दुई महिला पक्राउ

  • July 23, 2026

बिदेशी मुद्राकाे विनिमय दर यस्ताे छ

  • July 23, 2026

मनसुन सक्रिय: बागमतीसहित पाँच प्रदेशका पहाडी क्षेत्रमा भारी वर...

  • July 23, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved