Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

लुम्बिनी प्रदेश को नाटकीय राजनीति खेल

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 2, 2021
6 shares

दाङ, १९ वैशाख ।

उपनिर्वाचन हुँदा तत्कालीन नेपाल कम्युनिष्ट पार्टीबाट चुनाव जितेकी लुम्बिनी प्रदेश सभा सदस्य विमला वलीले आजभन्दा २६ दिन अघि नै नेकपा एमाले परित्याग गरेको खुलाशा भएको छ ।

उनले एमाले परित्याग गर्दै माओवादी केन्द्रमा प्रवेश गर्न चाहेको पत्र २६ दिन अघि अर्थात गत चैत्र २५ गते नै माओवादी केन्द्रका सचेतक कुल प्रसाद केसी सोनामलाई बुझाएको पाइएको हो । केसीले प्रमुख सचेतकलाई आवश्यक कारबाहीका लागि भन्दै वैशाख १७ मा मात्रै निर्देशन दिएका छन् ।

तत्कालीन एमाले र माओवादी केन्द्रबीच भएको एकतालाई सर्वोच्च अदालतले खारेज गरिदिएपछि निर्वाचन आयोगले उपनिर्वाचनबाट चुनाव जितेका जनप्रतिनिधिले दल रोज्न पाउने व्यवस्था गरिदिएको थियो ।

२०७६ मंसिरमा भएको चुनावमा वलीले दाङ ३ (ख)बाट चुनाव जितेकी थिइन् । उक्त क्षेत्रमा सांसद रहेका उनका श्रीमान् उत्तरकुमार वलीको सवारी दुर्घटनामा मृत्यु भएपछि उपचुनाव भएको थियो । उत्तरकुमार नेकपा एमालेका उम्मेदवार थिए ।

वलीले माओवादी केन्द्र रोजेसँगै आजै पदबाट राजीनामा दिएका मुख्यमन्त्री शंकर पोखरेलको योजनाअनुसार उनी एक दलको बहुमतका आधारमा मुख्यमन्त्री बन्ने सम्भावना टरेको छ ।

६ जना सांसद कारबाहीमा परेपछि लुम्बिनी प्रदेश सभामा ८१ जना सदस्य छन् । तीमध्ये ४१ जना एमालेका सांसद भएकाले मुख्यमन्त्री पोखरेलले संविधानको धारा १६८ (१) अनुसार बहुमतको सरकार बनाउने बताएका थिए ।

वलीले माओवादी रोजेसँगै प्रदेश सभामा अब पोखरेलको बहुमत पुग्दैन । आजै उनलाई माओवादी केन्द्रका तर्फबाट प्रदेश सभा सदस्यको रुपमा परिचय पत्र समेत उपलब्ध गराइएको छ ।

त्यस्तै वलिले आजै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई समेत संवोधन गरेर पार्टीको सदस्यता उपलब्ध गराइदिन निवेदन दिएकी छिन् । प्रचण्डले लुम्बीनी प्रदेश सभाका संसदीय दलका नेता कुलप्रसाद केसीलाई तुरुन्त माओवादी केन्द्रको तर्फबाट परिचय पत्र उपलब्ध गराउन सिफारिस गरेका छन् ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

पूर्व उपराष्ट्रपति द्वारा नेपालमा पहिलोपटक मैथिली गद्यमा ‘अर्च...

  • September 25, 2026

धरानमा शिक्षक माग्दै आन्दोलन चर्कियो: मेयरको कार्यकक्षमै विद्य...

  • September 25, 2026

श्रीमानकाे काजक्रिया गरेको ३९ दिनपछि फर्किए वीरबहादुर, अनि आफ्...

  • September 25, 2026

खरिदारदेखि रुकुम पूर्वको सीडीओसम्म : कोपिला राईको प्रशासनिक या...

  • September 25, 2026

काठमाडौंकाे प्रशासनिक नेतृत्व समालिरहेका पाैडेलकाे २२ बर्षे प्...

  • September 25, 2026

जलवायु संकटका कारण नेपालले असमान रूपमा ठूलो क्षति व्यहोर्दैछ :...

  • September 25, 2026

इन्द्रजात्राले राष्ट्रिय एकता, सद्भाव र सांस्कृतिक पहिचान अझ स...

  • September 25, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved