Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

ज्येष्ठ नागरिकमैत्री नीति जरुरी

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 1, 2021
51 shares
काठमाडौं । ज्येष्ठ नागरिक सम्बद्ध सङ्घ, संस्थाका प्रतिनिधिहरूले ज्येष्ठ नागरिकमैत्री नीति बनाई कार्यान्वयन गर्न स्थानीय तहलाई आग्रह गरेका छन् । स्थानीय सरकारसँग साधन, स्रोत, जनशक्ति र बजेटसमेत भएकाले ज्येष्ठ नागरिक नीति बनाई कार्यान्वयन गर्न स्थानीय तहलाई आग्रह गरेका हुन् ।

ज्येष्ठ नागरिकसँग भएका ज्ञान, सीप र अनुभव नयाँ पुस्तामा हस्तान्तरण गर्न ज्येष्ठ नागरिकका क्रियाकलापसँग सम्बन्धित भिडियो, आवाज रेकर्ड र पत्रपत्रिकामा प्रकाशित लेख, रचना र समाचारलाई आर्काइभमा राख्ने व्यवस्था गर्न सुझाव दिइएको छ । ती कुरा स्थानीय पाठ्य क्रममा समावेश गर्ने, स्थानीय तहमा ९० वर्षमाथिका सबै ज्येष्ठ नागरिकलाई एक जना नर्ससहित नियमित वा दुई दिनमा एक पटक घुम्ती नर्स सेवा कार्यक्रम बनाई कार्यान्वयन गर्न सुझाव दिइएको छ ।

राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घका अध्यक्ष मदनदास श्रेष्ठले स्थानीय सरकारसँग साधन, स्रोत र जनशक्ति भएको हुँदा स्थानीय सरकारले ज्येष्ठ नागरिकमैत्री नीति बनाई कार्यान्वयन गर्नुपर्ने बताए । उनका अनुसार सबै स्थानीय तहका वडामा ज्येष्ठ नागरिकमैत्री पार्क, ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र निर्माण गरी उक्त दिवा सेवा केन्द्रमा दैनिक ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्ने व्यवस्था गर्नुपर्छ । ज्येष्ठ नागरिक महासङ्घले ज्येष्ठ नागरिकमैत्री नीति बनाई कार्यान्वयन गर्न सम्बन्धित निकायलाई ध्यानाकर्षण गराइसकेको श्रेष्ठले बताए ।

राष्ट्रिय ज्येष्ठ नागरिक कोषका अध्यक्ष वसन्त कार्कीले स्थानीय पालिकाभित्र ज्येष्ठ नागरिकमैत्री संरचना निर्माण गर्न सहज हुने भएकाले ७५३ वटै पालिकाले ज्येष्ठ नागरिक मैत्री नीति बनाई कार्यान्वयन गर्न सुझाव दिए। गोरखापत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

भिजिट र व्यक्तिगत रोजगार भिसामा ठगी बढेपछि नेपालीलाई सचेत रहन ...

  • September 11, 2026

एमाले कार्यदलमा दुई छुट्टाछुट्टै प्रतिवेदन, विवाद मिलाउन आवासी...

  • September 11, 2026

‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण गर्न रास्वपाको ११ सदस...

  • September 11, 2026
AI Photo

बाँच्नुको अर्थ खोज्ने समाज : राजेश शिल्पकार

  • September 11, 2026

बाढीपीडितको राहतका लागि च्याम्पियन्स लिगमा ए.एस. रोमाको विशेष ...

  • September 11, 2026

३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेप...

  • September 11, 2026

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved