१८ वैशाख, काठमाडौं ।
नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि उनी राजधानीको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका हुन् । नर्भिक अस्पतालका डाक्टर अबुल हुसेनले पूर्वप्रधानमन्त्री समेत रहेका खनाल नर्भिक भर्ना भएको बताउँदै स्वास्थ्य परीक्षण हुँदै गरेको सुचना चौतारी डट कम लाई बताए । उनलाई कोरोनाको लक्षणसमेत देखिएको बताइएको छ ।
खनालको सचिवालयले कोभिड १९ को सामान्य लक्षण देखा परेको कारण नर्भिकमा भर्ना भएको बताउँदै उनको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ ।

नर्भिक अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहका अनुसार खनाललाई अस्पतालको कोभिड वार्डमा भर्ना गरिएको छ । उनको स्वास्थ्य अवस्थाबारे अस्पतालले औपचारिक विज्ञप्ति निकालेर जानकारी दिनेछ ।
स्वास्थ्यमा समस्या आएको भन्दै खनाल वैशाख १५ गतेको खनाल नेपाल पक्षीय स्थायी कमिटी बैठकमा पनि सहभागी भएका थिएनन् ।








