Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

विदेशी प्रभाव, एमसीसी र एसपीपीको विरोधका कारण श्रम संस्कृतिलाई कम मत आएको दाबी : हर्क साम्पाङ

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 11, 2026
3 shares

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सुनसरी–१ बाट प्रतिनिधिसभा सदस्य हर्कराज राई (हर्क साम्पाङ) ले आफ्नो पार्टीले निर्वाचनमा अपेक्षाकृत कम मत प्राप्त गर्नुका पाँच प्रमुख कारण रहेको दाबी गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै श्रम संस्कृति पार्टीले सिद्धान्तमा सम्झौता नगरेकै कारण जनमत सीमित भएको बताएका हुन्।

साम्पाङले पहिलो कारणका रूपमा आफ्नो पार्टीले कुनै पनि विदेशी शक्तिको प्रभाव वा संरक्षण स्वीकार नगरेको उल्लेख गरेका छन्। उनले “विदेशी प्रभुलाई नढोगेर, नबोकेर” राजनीति गरेको भन्दै त्यसको असर निर्वाचन परिणाममा परेको दाबी गरेका छन्।

दोस्रो कारणमा उनले विदेशी स्रोत तथा व्यापारीबाट आर्थिक सहयोग नलिएको र त्यसैले चुनावमा अन्य दलसरह खर्च गर्न नसकेको बताएका छन्। उनका अनुसार आर्थिक शक्ति नभएका कारण पार्टीले व्यापक चुनावी अभियान सञ्चालन गर्न कठिनाइ भोग्नुपरेको थियो।

त्यसैगरी तेस्रो कारणमा उनले आफ्नो पार्टी हिंसा, हत्या, भ्रष्टाचार वा विनाशकारी गतिविधिबाट टाढा रहेको उल्लेख गरेका छन्। सिंहदरबार जलाउने, कसैको हत्या गर्ने, रगत बगाउने वा भ्रष्टाचार गर्ने राजनीति नगरेकाले पनि मत कम आएको उनको तर्क छ।

चौथो कारणमा साम्पाङले विदेशी ऋणको भरमा होइन, नेपालीको आफ्नै श्रम र पसिनाबाट देश निर्माण गर्नुपर्ने तथा स्वाधीन बन्नुपर्ने आफ्नो राजनीतिक अडानलाई जनताले पर्याप्त समर्थन नगरेको संकेत गरेका छन्। उनले आत्मनिर्भरता र श्रम संस्कृतिलाई पार्टीको मूल विचारका रूपमा पुनः दोहोर्याएका छन्।

यस्तै पाँचौँ कारणका रूपमा उनले एमसीसी (MCC) र एसपीपी (SPP) को खुला विरोध गरेको विषयलाई अघि सारेका छन्। साम्पाङले यी विषयमा आफ्नो पार्टीको स्पष्ट अडानकै कारण श्रम संस्कृति पार्टीले अपेक्षाअनुसार मत प्राप्त गर्न नसकेको दाबी गरेका छन्। उनले सार्वजनिक गरेको यो अभिव्यक्तिले सामाजिक सञ्जालमा समर्थक र आलोचकबीच नयाँ बहस पनि सुरु भएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

प्रतिनिधिसभाको बैठक आज बस्दै, दुई विधेयकमाथि छलफल हुने

  • September 11, 2026

को हुन् नवनियुक्त उद्योगमन्त्री ई. दीपककुमार साह?

  • September 10, 2026

दुई सचिवको सरुवा, अर्याल महालेखा नियन्त्रक र काप्री निर्वाचन आ...

  • September 10, 2026

भदौभित्रै कृष्णभीरको सडक सञ्चालनमा ल्याउने गरी निर्माण तीव्र

  • September 10, 2026

मस्जिदबाट राहत अभियान : सुनसरी मुस्लिम समाजद्वारा प्रधानमन्त्र...

  • September 10, 2026

बाढीपीडितका लागि प्रार्थना सहित प्रवासी नेपाली ख्रीष्टियन मण्...

  • September 10, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved