Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

दिगो बैंकिङ प्रवर्द्धनमा कुमारी बैंक–जर्मन वित्तीय संस्थाबीच रणनीतिक सम्झौता

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 10, 2026
6 shares

काठमाडौं । कुमारी बैंकले दिगो बैंकिङ अभ्यासलाई संस्थागत गर्दै हरित वित्तीय प्रणालीको प्रवर्द्धन गर्ने उद्देश्यले जर्मन वित्तीय संस्था डच स्पार्कासेनस्टिफ्टुङ फर इन्टरनेसनल को–अपरेसनसँग  रणनीतिक परियोजना सम्झौता गरेको छ। जर्मनीको संघीय आर्थिक सहयोग तथा विकास मन्त्रालयको आर्थिक सहयोगमा सञ्चालित क्षेत्रीय कार्यक्रमअन्तर्गत उक्त साझेदारी गरिएको बैंकले जनाएको छ।

यो कार्यक्रम एसियाका चयनित देशहरूमा वित्तीय क्षेत्रको सामाजिक तथा पारिस्थितिकीय रूपान्तरणलाई प्रवर्द्धन गर्ने लक्ष्यसहित सञ्चालन भइरहेको छ। सम्झौतामार्फत कुमारी बैंकले दिगोपन र हरित बैंकिङ अभ्यासलाई आफ्नो संस्थागत प्रणालीमा थप प्रभावकारी रूपमा समावेश गर्ने अपेक्षा गरिएको छ।

सम्झौतापत्रमा कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल तथा डच स्पार्कासेनस्टिफ्टुङ फर इन्टरनेसनल को–अपरेसनकी एसिया डिभिजन प्रमुख डा. इलोन्का रुल स्टर्नले हस्ताक्षर गरेका छन्। दुवै पक्षले दिगो बैंकिङको दीर्घकालीन विकासका लागि सहकार्यलाई महत्त्वपूर्ण उपलब्धिका रूपमा लिएका छन्।

सम्झौताअनुसार परियोजना दुई चरणमा कार्यान्वयन गरिनेछ। पहिलो चरणमा दिगो बैंकिङका आधारभूत संरचना र नीति विकासमा जोड दिइनेछ भने दोस्रो चरणमा हरित बैंकिङ अभ्यासलाई थप विस्तार र संस्थागत गर्ने योजना रहेको छ।

यस सहकार्यअन्तर्गत डच स्पार्कासेनस्टिफ्टुङ फर इन्टरनेसनल को–अपरेसनले ‘ईएसजी रिस्क राडार’ र ‘सस्टेनेबल फाइनान्स कम्पास’ लगायत आफ्ना विशेष प्राविधिक उपकरण उपलब्ध गराउँदै आवश्यक प्राविधिक सहयोग प्रदान गर्ने जनाएको छ। यसबाट कुमारी बैंकले वातावरणीय, सामाजिक तथा सुशासन (ESG) सम्बन्धी जोखिम व्यवस्थापन र दिगो वित्तीय सेवा विस्तारमा थप क्षमता विकास गर्ने विश्वास लिइएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

प्रतिनिधिसभाको बैठक आज बस्दै, दुई विधेयकमाथि छलफल हुने

  • September 11, 2026

को हुन् नवनियुक्त उद्योगमन्त्री ई. दीपककुमार साह?

  • September 10, 2026

दुई सचिवको सरुवा, अर्याल महालेखा नियन्त्रक र काप्री निर्वाचन आ...

  • September 10, 2026

भदौभित्रै कृष्णभीरको सडक सञ्चालनमा ल्याउने गरी निर्माण तीव्र

  • September 10, 2026

मस्जिदबाट राहत अभियान : सुनसरी मुस्लिम समाजद्वारा प्रधानमन्त्र...

  • September 10, 2026

बाढीपीडितका लागि प्रार्थना सहित प्रवासी नेपाली ख्रीष्टियन मण्...

  • September 10, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved