Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

सुन्दरीघाट सुकुम्बासी होल्डिङ सेन्टर डुबानमा, ५४ जनाको उद्धार

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 11, 2026

काठमाडौं । अविरल वर्षापछि बागमती नदीको बहाव बढ्दा काठमाडौं महानगरपालिका र नेपाल सरकारको समन्वयमा सञ्चालन गरिएको कीर्तिपुर नगरपालिका–१० सुन्दरीघाटस्थित राधास्वामी सुकुम्बासी होल्डिङ सेन्टर डुबानमा परेको छ। उपत्यकाका विभिन्न स्थानबाट हटाइएका अव्यवस्थित बसोबासीलाई अस्थायी रूपमा राखिएको उक्त होल्डिङ सेन्टरमा शुक्रबार राति पानी पसेपछि उद्धार कार्य सञ्चालन गरिएको हो।

प्राप्त जानकारीअनुसार राति १:३८ बजे दंगा नियन्त्रण रेजिमेन्टबाट प्रहरी नायब उपरीक्षक (डीएसपी) को कमाण्डमा डिजास्टर म्यानेजमेन्ट (DM) सहित ३० जना सशस्त्र प्रहरी तथा नेपाल प्रहरीका ३० जनाको संयुक्त टोली उद्धारका लागि खटिएको थियो। टोलीले होल्डिङ सेन्टरमा रहेका १५४ जनामध्ये ५४ जनाको सुरक्षित उद्धार गरेको जनाएको छ।

उद्धार गरिएका ५४ जनालाई त्रिभुवन विश्वविद्यालयस्थित स्मृति भवनमा अस्थायी रूपमा स्थानान्तरण गरिएको छ। त्यसैगरी ६ जना नजिकैको होस्टलमा बसेका छन् भने ९४ जनाले अन्यत्र जान अस्वीकार गर्दै पानी नपसेको सुरक्षित स्थानमै बस्ने निर्णय गरेका छन्।

डुबानपछि सम्बन्धित विषयगत क्षेत्र (क्लस्टर) सक्रिय भई प्रभावितहरूका लागि खाना, पिउने पानी तथा अन्य अत्यावश्यक राहत सामग्रीको व्यवस्थापन सुरु गरिएको छ। उद्धार तथा राहत कार्यलाई निरन्तरता दिइएको सुरक्षा निकायले जनाएको छ।

काठमाडौं महानगरपालिका र सम्बन्धित निकायहरूले प्रभावित क्षेत्रको अवस्था निरन्तर अनुगमन गरिरहेका छन्। वर्षा जारी रहेकाले जोखिम कायमै रहेको भन्दै आवश्यक सतर्कता अपनाउन तथा सुरक्षा निकायको निर्देशन पालना गर्न सम्बन्धित निकायले आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

शिव शिखर सहकारीका थप ९६ बचतकर्तालाई रकम फिर्ता, १,२१३ पीडितले ...

  • July 11, 2026

माननीय राईमाथिको दुर्व्यवहारको श्रम संस्कृति पार्टी ललितपुरद्व...

  • July 11, 2026

विदेशी प्रभाव, एमसीसी र एसपीपीको विरोधका कारण श्रम संस्कृतिलाई...

  • July 11, 2026

बेल्जियमलाई हराउँदै स्पेन विश्वकपको सेमिफाइनलमा

  • July 11, 2026

सम्माननीय सभामुख अर्यालसँग युएईका विदेश व्यापार मन्त्री डा. था...

  • July 10, 2026

दिगो बैंकिङ प्रवर्द्धनमा कुमारी बैंक–जर्मन वित्तीय संस्थाबीच र...

  • July 10, 2026

राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण

  • July 10, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित


सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

मल्टिमिडिया:

सुमन बुढाथोकी

IT : Kusal Karki

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved