Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

२६ पुल भत्किदा, क्षति एक अर्बनजिक

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 26, 2021
39 shares
काठमाडौं। यो वर्षको वर्षायाम जारी रहँदै गर्दा हालसम्म मुलुकभर विभिन्न स्थानमा रहेका २६ ओटा पुलमा क्षति पुगेको छ । निर्माणाधीन पुल र बनिसकेका मोटरेबल पुलका साथै अन्यखाले पुलहरू पूर्ण तथा आंशिक रूपमा भत्किँदा क्षति अर्ब रुपैयाँनजिक पुगेको छ ।

वर्षात् तथा बाढीबाट क्षतिग्रस्त पुलहरूको अध्ययन गरी प्रतिवेदन बुझाउन गठित कार्यदलको प्रारम्भिक प्रतिवेदनअनुसार आठओटा निर्माणाधीन मोटरेबल पुल भत्किएका छन् । निर्माण सम्पन्न भइसकेका आठओटा मेटरेबल पुल क्षति पुगेको छ । अन्य खाले पुलहरूमा तीनओटा काठेपुल, एउटा बेलिब्रिज, दुईओटा स्ल्याब कल्र्भट र चारओटा पुलको एप्रोच सडकमा क्षति भएको विभागका उपमहानिर्देशक तथा प्रवक्ता शिवप्रसाद नेपालले जानकारी दिए ।

विस्तृत अध्ययन नगरी यकिन तथ्यांक नआए पनि प्रारम्भिक प्रतिवेदनअनुसार यी पुलहरू भत्किँदा रू। ८० करोडको क्षति भएको उनले बताए । त्रियुगा, महेश, लोदारी, कमला खोलाका पुलहरू निर्माण हुँदाहुँदै भत्किएका छन् । कर्णालीको कोठिया घाटा, सोती घाट, प्युठानको खेलाको पुलको एप्रोच ९पहुँच० सडकमा क्षति पुगेको भए पनि मुख्य संरचनामा क्षति भएको छैन । मनाङमा बेलिब्रिज, अन्य स्थानका काठे पुलहरू पनि बाढीका कारण भत्किएका छन् ।

यो तथ्यांकमा गत चैत अन्तिम साता भत्किएको तनहुँको देवघाट र चितवनको ठिमुरा जोड्ने त्रिशूली नदीमाथि बन्दै गरेको पुल पनि परेको छ ।

मुलुकका विभिन्न स्थानका सडकपुल खासगरी निर्माणाधीन र निर्माण सम्पन्न भएका पुलहरू चैतमा र वर्षायाममा भत्किएपछि निवर्तमान भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले असार २० गते कार्यदल गठन गरेका थिए । उक्त कार्यदलले साउन ७ गतेसम्ममा निर्माण सम्पन्न भइसकेका तथा निर्माणाधीन पुलहरूमा भएको क्षतिको कारण विश्लेषण गरी सिफारिश पेश गर्ने कार्यादेश पाएको थियो । आर्थिक अभियान दैनिकबाट

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि रामारोशन गाउँपालिकाक...

  • July 24, 2026

धनुषामा दुई राउण्ड हवाई फायरपछि दुई भारतीय नागरिक पक्राउ

  • July 24, 2026

चितवनको इच्छाकामनामा लालपुर्जा वितरण, ३४ परिवार बने जग्गाधनी

  • July 24, 2026

रास्वपाद्वारा सांसदका स्वकीय सचिव नियुक्तिमा कडा मापदण्ड, नाते...

  • July 24, 2026

रिफर कार्ड अनिवार्य भएपछि भक्तपुर अस्पतालमा सेवाग्राहीको भिड

  • July 24, 2026

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्ने

  • July 24, 2026

२९ जना इन्स्पेक्टरको खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्दै प्र...

  • July 24, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved