Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

विराटनगरमा खाद्यान्नको मूल्य अकासियो

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 1, 2021

वैशाख १८ , विराटनगर।

कोरोना भाइरसको दोस्रो चरणको संक्रमण दिनानुदिन बढ्ने क्रम जारी रहेको बेला प्रदेश १ को राजधानी विराटनगरमा खाद्यान्नको मूल्य अकासिएको छ। विराटनगरमा सरकारले कोभिड(१९ को संक्रमण रोक्न र फैलिन नदिन लकडाउन वा निषेधाज्ञा जारी गर्ने भन्दै व्यापारीहरू खाद्यान्नसहित अन्य दैनिक उपभोग सामग्री मूल्य बढाएको हो।

विराटनगरमा पछिल्लो समय संक्रमितको संख्या दिनानुदिन बढिरहेको बेला अत्यावश्यक खाद्य सामग्रीको मूल्यवृद्धि भएको हो। पसल सञ्चालकहरूले होलसेलमै मूल्य बढाएर दिने गरेकाले खुद्रामा मूल्यवृद्धि गरेर बेच्न बाध्य भएको बताउँछन्। विराटनगर बजारमा चामल, दाल, चना, मटर, तेललगायतका खाद्यवस्तुमा मूल्यवृद्धि भएको छ।

व्यवसायीहरूले आफूहरूले महँगो मूल्यमा खरिद गरेका कारण बिक्री गर्दा त्यस्ता वस्तुको मूल्यमा वृद्धि गर्नु परेको बताएका छन्।

एक पसल सञ्चालकका अनुसार मुसुरोको दाल १५ दिन अगाडि १ सय ८ रुपैयाँमा पाइरहेकोमा लकडाउनको हल्लाले १ सय १५ देखि २० सम्ममा दिने गरेको छ। त्यस्तै खाने तेल २ हजार २ सय ५० मा किन्ने गरेका खुद्रा व्यापारीहरूले २ हजार ६ सयमा किन्ने गरेको बताएका छन्।

सन् फ्लावर खानेतेलसमेत मूल्यवृद्धि गरेर होलसेलरहरूले खुद्रा व्यापारीहरूलाई २ हजार २ सय २५ मा दिने गरेता पनि अहिले २ हजार ४ सय ५० मा दिने गरेका छन्। खुद्रा व्यापारीका अनुसार लकडाउनको हल्ला भएपश्चात होलसेलले दालमा प्रतिकेजी ७ देखि १०, चनामा प्रतिकेजी १०, चामलमा १० देखि १२ रुपैयाँ तथा सन्फ्लावर तेल प्रतिकार्टुन १ सयदेखि १ सय ५० रुपैयाँ, चिनीमा प्रतिकेजी १० रुपैयाँका दरले मूल्यवृद्धि गरेका छन्।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

शिव शिखर सहकारीका थप ९६ बचतकर्तालाई रकम फिर्ता, १,२१३ पीडितले ...

  • July 11, 2026

माननीय राईमाथिको दुर्व्यवहारको श्रम संस्कृति पार्टी ललितपुरद्व...

  • July 11, 2026

सुन्दरीघाट सुकुम्बासी होल्डिङ सेन्टर डुबानमा, ५४ जनाको उद्धार

  • July 11, 2026

विदेशी प्रभाव, एमसीसी र एसपीपीको विरोधका कारण श्रम संस्कृतिलाई...

  • July 11, 2026

बेल्जियमलाई हराउँदै स्पेन विश्वकपको सेमिफाइनलमा

  • July 11, 2026

सम्माननीय सभामुख अर्यालसँग युएईका विदेश व्यापार मन्त्री डा. था...

  • July 10, 2026

दिगो बैंकिङ प्रवर्द्धनमा कुमारी बैंक–जर्मन वित्तीय संस्थाबीच र...

  • July 10, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित


सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

मल्टिमिडिया:

सुमन बुढाथोकी

IT : Kusal Karki

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved