Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

रौतहटका पाँचैजना उपप्रमुखहरु द्वारा पदभार ग्रहण

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 6, 2021
372 shares

रौतहट, केही दिन आघिमात्र पदबहाली भएको रौतहटको पाँच जना पालिकाका उपप्रमुखहरुले आज पदभार ग्रहण गरेका छन् ।
माओवादीको सिफारिसमा निर्वाचन आयोगले पदमुक्त गरेको रौतहटको ५ स्थानीय तहका उपप्रमुखको सर्बोच्च अदालतले पदबहाली गरेलगतै उहांहरुले पदभार ग्रहण गरेका हुन् ।

दल बदलको आरोपमा कार्वाहीमा परेर पदमुक्त भई सर्बोच्च बाट पदबहाली भएका देवाही गोनाहिकी उपमेयर परनिया देवि पटेल,फतुवा बिजयपुरकी उपमेयर कान्ति देवि महतो,मौलापुरका उपमेयर गौरीशंकर जयसवाल,माधव नारायणकि उपमेयर सिमलकुमारी साह र यमुना माई गाउँ पालिकाकी उपप्रमुख गिता देविले सोमबार छुट्टाछुट्टै कार्यक्रमका बीच पदभार ग्रहण गरेका छन्
उनिहरु लाई जनप्रतिनिधि,पालिकाका कर्मचारी तथा पार्टी कार्यकर्ताले फुलमाला लगाएर सम्मान गर्दै अगामी कार्यकाल सफलताको शुभकामना दिएका थिए ।

सो अवसरमा उपमेयर परनिया देवि,कान्ति देवि लगायत पदभार ग्रहण गरेका पाँचैजना उपप्रमुखहरुले बिगतको भन्दा अब जनताको सेवामा अहोरात्र खट्ने प्रतिबद्धता जनाएका थिए ।
न्यायाधीश कुमार चुँडालको एकल इजलासले आइतबार पाँचैजना उपप्रमुखहरुलाई सोही पदमा यथावत काम गर्न अन्तरिम आदेश जारी गरेको हो ।

तत्कालीन नेकपा माओवादीको टिकटबाट निर्वाचित जनप्रतिनिधिहरु एमालेमा प्रवेश गरेको भन्दै पार्टी अध्यक्ष प्रचण्डको लिखित पत्रका आधारमा निर्वाचन आयोगले रौतहटका दुई स्थानीय तहका प्रमुख र पाँचजना उपप्रमुखलाई पदमुक्त गरेको थियो ।
पदमुक्त भएका मौलापुरकी मेयर रिनाकुमारी साह र कटहरीयाका मेयर सियाराम कुशवाह यसअघि नै पुनर्वहाली भइसकेका छन् । पाँचजना उपप्रमुखहरु पनि पुनर्वहाली सँगै पदभार ग्रहण गरेका छन् ।

मुद्दाको अन्तिम किनारा नलागेसम्म उनीहरूलाई कामकाज गर्नबाट नरोक्न अदालतले आदेश दिएको छ ।
माओवादीले विभिन्न जिल्लाका पदमुक्त गराएका १४ जनप्रतिनिधि सर्बोच्च अदालतको आदेश बाट पुनर्वहाली भएका छन् ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

एमाले केन्द्रीय कमिटी बैठक सम्पन्न, भण्डारी वरिष्ठ नेता मनोनीत

  • September 24, 2026

भरत दाहाललाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

  • September 24, 2026

वियोगान्त (कविता)

  • September 24, 2026

डाेल्पामा सीता एयरको जहाज दुर्घटना

  • September 24, 2026

पिमलटार–जागाराम झोलुङ्गे पुल पुनर्निर्माण सम्पन्न, आवतजावत पूर...

  • September 23, 2026

६ लघुवित्त संस्थामाथि राष्ट्र बैंकको कारबाही, पुँजीकोष र नगद म...

  • September 23, 2026

उर्जामन्त्री श्रेष्ठले आज सदनलाई सम्बाेधन गर्ने

  • September 23, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved