Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

कांग्रेसमा नया“ ध्रुवीकरण देउवा र पौडेल दुवै खेमामा फुट

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 2, 2021
45 shares

काठमाडौं – नेपाली काँग्रेसको १४औं महाधिवेशन नजिकिदै गर्दा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल खेमामा फुट देखिएको छ । देउवाबाट उपसभापति विमलेन्द्र निधि टाढिएका छन् । उनी अलग्गै टिम बनाएर सभापतिको दाबी गर्नेतर्फ बढिसके । महामन्त्री सशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहसँग दुई चरणको लन्च मिटिङ गरिसके । शुक्रबार अर्को लन्च मिटिङ सशांक निवास टोखामा हुँदैछ ।

यता वरिष्ठ नेता रामचन्द्र पौडेल समूहभित्र फुट देखिएको छ । उक्त समूहमा सभापतिका आकांक्षीहरु बढी देखिएर व्यवस्थापनको समस्यासँगै फुटको अवस्था देखिएको हो । १३औं महाधिवेशनमा पौडेल समूहमा रहेकामध्ये ५ जना सभापतिका मुख्य दाबेदार छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. सशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंहका अलावा केन्द्रीय सदस्यहरु डा. शेखर कोइराला र सुजाता कोइराला दाबेदार देखिएका हुन् । कोइराला परिवारभित्रै तीनजना दाबेदार निस्किएका छन् । सुजाताले १३औं महाधिवेशनमा पनि सभापतिको दाबी गरेकी थिइन् । उनले त्यतिबेला अन्तिम समयमा पौडेललाई साथ दिइन् ।

काँग्रेसभित्र नयाँ धु्रवीकरण भइरहँदा अनेकन शंका आशंकाहरु भइरहेका छन् । महाधिवेशन नजिकिदै गर्दा पौडेललाई एक्ल्याउने रणनीतिहरु बन्दै गएको आशंका भएका हुन् । १३औं महाधिवेशनमा सभापति शेरबहादुर देउवाको टिममा रहेका विमलेन्द्र निधिले चालेको अस्त्रले पौडेल एक्लिने अवस्था बनेको आशंका गरिएको छ । निधिले देउवाबाट पटक पटक अवसर पाएका थिए । त्यसैले देउवाबाट टाढिने उनको देखावटीमात्र हुनसक्ने कतिपयको भनाई रहेको छ । निधिले सशांक कोइराला र प्रकाशमान सिंहलाई पौडेलबाट अलग्गाउने सफलता हासिल गर्दै गएका छन् ।

निधि, कोइराला र सिंह मिलेर काँग्रेसको भावी नेतृत्वका लागि अगाडि बढ्ने तयारी भइरहेको छ । यसले पौडेल सशंकित भएका छन् । उनले पनि पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँग पावर सेयरिङ गरेर अगाडि बढ्न खोजेका छन् । त्यसमा सुजाता कोइरालालाई पनि साथमा लिन खोजेका छन् ।

सुजाताको निवासमा सोमबार पौडेल र सिटौला बसेर सहमतिका लागि छलफल गरी सन्देश समेत दिएका छन् । सुजाता सशांक र प्रकाशमानसँग चिढिएकी छिन् । वीपीपुत्र र गणेशमानपुत्र मिलेर आफूलाई बेवास्ता गरेको भन्दै फरक मोर्चा कस्न थालेकी छिन् । सुजातासँग कार्यकर्ता तहमा राम्रो पकड छ । त्यही पकडलाई बार्गेनिङ पावर बनाएर बढेकी छिन् ।

सशांक कोइराला र प्रकाशमान सिंह नजिकिदै गएपनि दुवैले एक अर्कालाई सभापति छाड्नेमा आशंका छ । निधिलाई पनि यी दुईले छाड्ने सम्भावना कमजोर छ । पावर सेयरिङ सजिलो छैन । सशांक र प्रकाशमान फरक टिम बनाएर हिंडेपछि पौडेल आफै अरु नेता मिलाएर बढ्न खोजेका छन् । डा.शेखर कोइराला पनि सभापतिको दौडमा छन् । सुजाता कोइराला पनि सभापतिको आकांक्षी हुन् ।

 

अहिलेसम्मको घटनाक्रमले सशांक कोइराला र प्रकाशमान नजिकिएको, रामचन्द्र पौडेल र सुजाता कोइराला नजिकिएको देखिएको छ । शेखर कोइराला आफ्नै टिम बनाइरहेका छन् । यसले अन्तत्वगत्वा देउवालाई नै फाइदा हुने देखिदैछ । देउवाको समूहबाट निधि मात्र टाढिएको देखिन्छ । अन्य नेताहरु भने गुट छाडिहाल्ने अवस्थामा देखिएका छैनन् । पौडेलको समूहमा भने समस्या बढ्दै गएको छ ।

यसैगरी, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई पनि गुट जोगाउन मुश्किल पर्दै गएको छ । १३औं महाधिवेशनमा उनको टिममा रहेका गगन थापा, प्रदीप पौडेल, भीमसेनदास प्रधानलगायत नेताहरु आफ्नो राजनीतिक भविष्य सुरक्षित गर्नेतर्फ बढ्न थालेका छन् । उनीहरु महाधिवेशन नजिकिदै गर्दा फरक समूहसँग नजिकिएको बुझिएको छ ।

गगन थापालाई देउवाले आफ्नो पक्षमा पार्न पहल गरिरहेको बुझिएको छ । पौडेल समूहमा फुट आइरहँदा देउवा भने उत्साही भएका छन् । देउवा फेरि सभापति जित्ने भएमा सबैभन्दा खुशी केपी शर्मा ओली हुने बुझिएको छ । ओलीका लागि देउवा सजिला विपक्षी नेता हुन् । यसले काँग्रेस भने झन् कमजोर हुने विगत घटनाले देखाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

एमाले केन्द्रीय कमिटी बैठक सम्पन्न, भण्डारी वरिष्ठ नेता मनोनीत

  • September 24, 2026

भरत दाहाललाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

  • September 24, 2026

वियोगान्त (कविता)

  • September 24, 2026

डाेल्पामा सीता एयरको जहाज दुर्घटना

  • September 24, 2026

पिमलटार–जागाराम झोलुङ्गे पुल पुनर्निर्माण सम्पन्न, आवतजावत पूर...

  • September 23, 2026

६ लघुवित्त संस्थामाथि राष्ट्र बैंकको कारबाही, पुँजीकोष र नगद म...

  • September 23, 2026

उर्जामन्त्री श्रेष्ठले आज सदनलाई सम्बाेधन गर्ने

  • September 23, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved