Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

अमेरिकामा हिन्दु समुदायविरुद्ध देश निकाला गर्नुपर्ने भन्दै प्रदर्शन

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • November 9, 2026
175.5KShares

काठमाडौं । नेपालमा ख्रीष्टियन विदेशी नागरिकहरूलाई भिसा तथा अध्यागमनसम्बन्धी कानुन उल्लङ्घन गरेको आरोपमा देश निकाला (डिपोर्ट) गरिएका घटनाबारे अन्तर्राष्ट्रिय चासो र बहस भइरहेका बेला अमेरिकामा हिन्दु समुदायलाई लक्षित गर्दै देश निकाला गर्नुपर्ने नारासहित प्रदर्शन भएको छ। अमेरिकाको सियाटलमा दीपावली उत्सव मनाइरहेका हिन्दु समुदायलाई लक्षित गरी गरिएको उक्त प्रदर्शनले धार्मिक स्वतन्त्रता र सहिष्णुताको विषयलाई पुनः चर्चामा ल्याएको छ।

अमेरिकाको सियाटलमा दीपावली उत्सवका क्रममा दक्षिणपन्थी कार्यकर्ता जेक ल्याङ र थोमस एलेनले हिन्दु समुदायलाई लक्षित गर्दै आपत्तिजनक नारासहितका प्लेकार्ड प्रदर्शन गरेका थिए। उनीहरूले ‘टीका लगाउने सबैलाई देश निकाला गर’ र ‘इसाईहरूको हिन्दु प्रतिस्थापन रोक’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेको बताइएको छ।

उक्त घटनाप्रति अमेरिकी सांसद प्रमिला जयपालले कडा आपत्ति जनाएकी छन्। उनले यस्तो प्रदर्शनलाई घृणित तथा जातिवादी गतिविधिको संज्ञा दिँदै कुनै पनि धार्मिक समुदायले आफ्नो आस्था र संस्कृति सुरक्षित रूपमा अभ्यास गर्न तथा चाडपर्व मनाउन पाउनुपर्ने धारणा व्यक्त गरेकी छन्।

त्यस्तै, भारतीय मूलका अमेरिकी व्यापारी अजय जैन भुटोरियाले पनि घटनाको विरोध गरेका छन्। धार्मिक आस्था, पहिचान र सांस्कृतिक पृष्ठभूमिका आधारमा कुनै पनि समुदायलाई निशाना बनाउनु अस्वीकार्य रहेको उनको भनाइ छ।

नेपालमा विदेशी ख्रीष्टियन नागरिकहरूलाई अध्यागमन कानुन उल्लङ्घन गरेको आरोपमा गरिएको कारबाही र धार्मिक स्वतन्त्रतासम्बन्धी बहसका बीच अमेरिकामा हिन्दु समुदायमाथि लक्षित यस्तो प्रदर्शन हुनुले अन्तर्राष्ट्रिय स्तरमै धार्मिक सहिष्णुता र मानवअधिकारको विषयलाई थप महत्त्व दिएको छ।

धार्मिक स्वतन्त्रता कुनै एउटा धर्म वा समुदायका लागि मात्र सीमित विषय होइन। हिन्दु, ख्रीष्टियन, मुस्लिम, बौद्धलगायत सबै धर्मावलम्बीले आफ्नो आस्था, संस्कृति र परम्पराअनुसार सम्मानपूर्वक जीवनयापन गर्न पाउनु मानवअधिकारको आधारभूत मान्यता हो। नेपालमा ख्रीष्टियन समुदायको अधिकारको पक्षमा आवाज उठाउनेहरूले अमेरिकामा हिन्दु समुदायमाथि भएको भनिएको विभेदको पनि समान रूपमा विरोध गर्न आवश्यक छ। त्यसैगरी, कुनै पनि देशमा धार्मिक पहिचानका आधारमा घृणा, विभेद र निष्कासनको मागलाई सामान्य राजनीतिक अभिव्यक्तिका रूपमा लिनु हुँदैन।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

भ्रष्टाचार गरेर देश डुबाउने र आन्दोलनका नाममा देश जलाउने दुवै ...

  • November 9, 2026

श्रम संस्कृति पार्टी खोटाङद्वारा श्रमदानबाट २९ घर निर्माण, लक्...

  • November 9, 2026

“एक थोपा रगत आफ्नै माटोका लागि” भन्ने नारासहित -स्याङ्खुदीमा ख...

  • November 8, 2026

उता दिदीको हात रित्तो, यता भाइको निधार खाली

  • November 7, 2026

साेविता गाैतम सहित ६ जनाले गरे उज्यालो नेपाल पार्टी प्रवेश, के...

  • November 7, 2026

रौतहटमा समाजवादी पार्टीको जिल्ला अधिवेशन पौष २४ गते, सरकारको क...

  • November 7, 2026

सेवा प्रवाह प्रभावित भएपछि प्रदेश र स्थानीय तहमा थप कर्मचारी प...

  • November 7, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved