Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

साेविता गाैतम सहित ६ जनाले गरे उज्यालो नेपाल पार्टी प्रवेश, केन्द्रीय उपमहासचिव लामाले गरे स्वागत

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • November 7, 2026
427.2KShares

भक्तपुर । उज्यालो नेपाल पार्टीमा भक्तपुरका विभिन्न स्थानीय तहका ६ जना व्यक्ति पार्टी प्रवेश गरेका छन्। शनिबार भक्तपुरमा आयोजित पार्टीको कार्यक्रममा उनीहरूले औपचारिक रूपमा पार्टी प्रवेश गरेका हुन्। पार्टी प्रवेश गर्नेहरू सूर्यविनायक नगरपालिका, चाँगुनारायण नगरपालिका र भक्तपुर नगरपालिकाका रहेका छन्।

पार्टी प्रवेश गर्नेहरूलाई उज्यालो नेपाल पार्टीका केन्द्रीय उपमहासचिव जीतराम लामाले टीका लगाएर स्वागत गरेका थिए। कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो। नवप्रवेशीहरूलाई स्वागत गर्दै लामाले पार्टीमा आबद्ध भएका सदस्यहरूलाई संगठन निर्माण तथा पार्टीको उद्देश्य प्राप्तिका लागि सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरेका थिए।

पार्टी प्रवेश गर्नेहरूमध्ये सूर्यविनायक नगरपालिकाबाट तीन जना रहेका छन्। सूर्यविनायक नगरपालिका वडा नं. ६ की सोविता गौतम तथा वडा नं. ७ का कुमार लामा र सञ्जीव तामाङ पार्टीमा प्रवेश गरेका हुन्।

त्यसैगरी चाँगुनारायण नगरपालिकाबाट दुई जना पार्टीमा आबद्ध भएका छन्। चाँगुनारायण नगरपालिका वडा नं. ८ का मानबहादुर लामा र वडा नं. ९ का हरिबहादुर गिरीले उज्यालो नेपाल पार्टीको सदस्यता लिएका छन्।

यस्तै, भक्तपुर नगरपालिकाबाट पनि एक जना पार्टी प्रवेश गरेका छन्। भक्तपुर नगरपालिका वडा नं. ४ का रमेश किलम्बूले शनिबार आयोजित कार्यक्रममा पार्टी प्रवेश गरेका हुन्।

भक्तपुरका तीनवटै नगरपालिकाबाट नयाँ सदस्यहरू पार्टीमा आबद्ध हुनुलाई उज्यालो नेपाल पार्टीको स्थानीय संगठन विस्तारका रूपमा हेरिएको छ। पछिल्लो समय विभिन्न राजनीतिक दलहरूले संगठन विस्तार तथा जनस्तरमा आफ्नो उपस्थिति बलियो बनाउने अभियान सञ्चालन गरिरहेका बेला भक्तपुरमा भएको यो पार्टी प्रवेशलाई पनि राजनीतिक रूपमा अर्थपूर्ण मानिएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

भ्रष्टाचार गरेर देश डुबाउने र आन्दोलनका नाममा देश जलाउने दुवै ...

  • November 9, 2026

अमेरिकामा हिन्दु समुदायविरुद्ध देश निकाला गर्नुपर्ने भन्दै प्र...

  • November 9, 2026

श्रम संस्कृति पार्टी खोटाङद्वारा श्रमदानबाट २९ घर निर्माण, लक्...

  • November 9, 2026

“एक थोपा रगत आफ्नै माटोका लागि” भन्ने नारासहित -स्याङ्खुदीमा ख...

  • November 8, 2026

खोटाङ सेवा समाजको देउसी–भैलोबाट ४ लाख संकलन, सयौँ खोटाङवासीको ...

  • November 7, 2026

रौतहटमा समाजवादी पार्टीको जिल्ला अधिवेशन पौष २४ गते, सरकारको क...

  • November 7, 2026

सेवा प्रवाह प्रभावित भएपछि प्रदेश र स्थानीय तहमा थप कर्मचारी प...

  • November 7, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved