Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

एनएमबि बैंक र भिजाबीच सम्झौता, अब १९५ भन्दा बढी देशमा रकम पठाउन सकिने

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • October 29, 2026
237Shares

काठमाडौँ । एनएमबि बैंक लिमिटेडले अन्तर्राष्ट्रिय रकम स्थानान्तरण सेवालाई थप सहज, सुरक्षित र प्रभावकारी बनाउने उद्देश्यले विश्वप्रसिद्ध डिजिटल भुक्तानी संस्था भिजासँग साझेदारी गरेको छ। बैंकले आफ्नो अन्तर्राष्ट्रिय भुक्तानी प्रणाली विस्तार गर्ने क्रममा ‘भिजा डाइरेक्ट टु एकाउन्ट’ सेवा सञ्चालनका लागि सम्झौता गरेको हो।

सम्झौतासँगै एनएमबि बैंकका ग्राहकले विश्वका विभिन्न मुलुकमा रकम पठाउन थप सहज र भरपर्दो डिजिटल माध्यम प्राप्त गर्ने भएका छन्। बैंकका अनुसार यस सेवामार्फत ग्राहकले झन्झटिलो प्रक्रियाबिना छिटो, सुरक्षित र सहज रूपमा सीमापार रकम स्थानान्तरण गर्न सक्नेछन्। प्रयोगकर्तामैत्री प्रविधिमा आधारित यो सेवाले अन्तर्राष्ट्रिय कारोबारलाई सरल बनाउनुका साथै ग्राहकको समय र प्रक्रियागत झन्झटसमेत घटाउने अपेक्षा गरिएको छ।

भिजाको ‘डाइरेक्ट टु एकाउन्ट’ प्रविधि विश्वका १९५ भन्दा बढी देश तथा क्षेत्रमा सञ्चालनमा रहेको अन्तर्राष्ट्रिय भुक्तानी प्रणाली हो। यस प्रविधिमार्फत रकमलाई सोझै सम्बन्धित बैंक खातामा पठाउन सकिने व्यवस्था रहेको छ। एनएमबि बैंक र भिजाबीचको सहकार्यले अन्तर्राष्ट्रिय रकम स्थानान्तरणलाई थप विश्वसनीय, सुरक्षित र प्रभावकारी बनाउन योगदान पुर्‍याउने बैंकको विश्वास छ।

डिजिटल वित्तीय सेवामा नवीन प्रविधि भित्र्याउँदै आएको एनएमबि बैंकले ग्राहकलाई आधुनिक, सहज र गुणस्तरीय बैंकिङ सेवा उपलब्ध गराउने लक्ष्यसहित आफ्नो सेवा विस्तार गर्दै आएको छ। बैंकले हाल देशभर रहेका १९७ शाखा, १७६ एटीएम तथा नौवटा एक्स्टेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गरिरहेको छ।

यस साझेदारीलाई बैंकको डिजिटल बैंकिङ विस्तार तथा अन्तर्राष्ट्रिय भुक्तानी सेवालाई थप प्रतिस्पर्धी बनाउने प्रयासका रूपमा हेरिएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

हुम्लाका विद्यार्थीका लागि फलामे पुल बनाउने हर्क साम्पाङको प्र...

  • October 29, 2026

अमेरिकामा रहेको नेपाली भाषी चर्चद्वारा प्रधानमन्त्री दैवी प्रक...

  • October 29, 2026

महालेखा नियन्त्रक कार्यालयद्वारा ६१ उपसचिवको सरुवा तथा पदस्थापन

  • October 29, 2026

सरकारलाई डा. भगवान कोइरालाको सुझाव : विकृति हटाउँदा निर्दोषलाई...

  • October 29, 2026

भोटेकोशी–त्रिशूली बाढीको बीमा दाबी २१ अर्ब नजिक, भुक्तानी ८२ क...

  • October 29, 2026

कांग्रेसका २३० पदाधिकारी तथा सदस्यलाई आज शपथ र प्रमाणपत्र वितर...

  • October 29, 2026

अर्नव चक्रवातको प्रभावले झापामा बाढी र डुबानको जोखिम, धान नकाट...

  • October 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved