Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

सुशासन नारा होइन, काम हो; संविधानलाई कामबाट पूरा गर्छौँ’ : प्रधानमन्त्री शाह

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 19, 2026
2K shares

काठमाडौं । संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३ को मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री वालेन्द्र शाहले संविधानको अक्षर र भावनाप्रति सरकार पूर्णरूपमा प्रतिबद्ध रहेको बताएका छन्। उनले राजनीतिक व्यवस्था परिवर्तन तथा सुशासनका लागि भएका आन्दोलनमा ज्यान गुमाउने शहीदहरू र ऐतिहासिक जेनजी आन्दोलनमा सहादत प्राप्त गर्नेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै हालैको रसुवा–भोटेकोशी बाढीमा मृत्यु भएका स्वदेशी तथा विदेशी नागरिकप्रति पनि श्रद्धाञ्जली व्यक्त गरे।

प्रधानमन्त्री शाहले संविधानले विविधताबीचको एकता, विभेद र असमानताको अन्त्य तथा विकास, समृद्धि र सामाजिक न्यायमा आधारित समतामूलक समाज निर्माणको वाचा गरेको उल्लेख गरे। प्रतिस्पर्धात्मक बहुदलीय लोकतन्त्र, मानव अधिकार र कानुनी शासन राष्ट्रिय जीवनका आधार भएको भन्दै उनले संविधानको अक्षर र भावनालाई कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताए।

उनले संविधान जतिसुकै राम्रो भए पनि त्यसलाई कार्यान्वयन गर्ने हात इमानदार र सक्रिय नभए कागजमै सीमित हुने बताए। भ्रष्टाचार र दण्डहीनताको जरो गहिरो रहेको स्वीकार गर्दै त्यसलाई उखेल्न सरकार दृढ रहेको उनको भनाइ थियो। प्रशासनिक संरचनाको उपयुक्त आकार निर्धारण, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता, प्रशासनमा राजनीतिक तटस्थता तथा योग्यतामा आधारित नियुक्ति प्रक्रियालाई सरकारले प्राथमिकता दिएको उनले बताए।

प्रधानमन्त्री शाहले संघ, प्रदेश र स्थानीय तहबीच सहकारिता, सहअस्तित्व र समन्वयका आधारमा राष्ट्रिय विकासको साझा उद्देश्य हासिल गर्ने सरकारको नीति रहेको बताए। कृत्रिम बुद्धिमत्ता, डिजिटल प्रविधि, साइबर सुरक्षा, नवप्रवर्तन र स्टार्टअपलाई अघि बढाउँदै ज्ञानमा आधारित अर्थतन्त्र निर्माण गर्ने योजना अघि सारिएको उनले जानकारी दिए। डिजिटल सुशासनमार्फत युवाहरूले सडकमा उठाएको सुशासनको मागलाई सम्बोधन गर्ने उनको भनाइ थियो।

रसुवा–भोटेकोशी बाढीबाट भएको क्षति अकल्पनीय र अपूरणीय रहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले उद्धार तथा राहतमा सहयोग गर्ने मित्रराष्ट्र, अन्तर्राष्ट्रिय समुदाय, संघसंस्था, निजी क्षेत्र, राष्ट्रसेवक कर्मचारी र आम नागरिकप्रति आभार व्यक्त गरे। नेपाल उच्च विपद् जोखिममा रहेको भन्दै उनले विपद् आएपछि मात्र नभई पूर्वतयारीमै केन्द्रित हुनुपर्ने बताए। जोखिम न्यूनीकरण, पूर्वतयारी, प्रतिकार्य तथा पूर्वसूचना प्रणालीलाई सरकारले उच्च प्राथमिकता दिने उनको भनाइ थियो।

संविधान दिवस हरेक वर्ष आउने भए पनि संविधानको पूर्ण कार्यान्वयन नागरिकका हरेक इमानदार निर्णय, पारदर्शी नियुक्ति र घरदैलोमा पुग्ने सेवामार्फत गर्नुपर्ने प्रधानमन्त्री शाहले बताए। जनताले सुशासन, विकास, समृद्धि र सामाजिक न्यायको अपेक्षा गरेको भन्दै उनले सरकारका हरेक कदम ती आकांक्षातर्फ केन्द्रित रहने प्रतिबद्धता व्यक्त गरे। ‘शहीदहरूको रगतले लेखेको संविधान, हामी कामले पूरा गर्छौँ’ भन्दै प्रधानमन्त्री शाहले सम्पूर्ण नेपालीमा संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३ को शुभकामना व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

१३ देशका लागि राजदूत सिफारिसमा मुस्लिम र ख्रीष्टियन समुदायको प...

  • September 19, 2026

संविधान राज्य सञ्चालनको मूल कानुन हो : डा. भक्त राई

  • September 19, 2026

संविधान कार्यान्वयन र संरक्षणमा संघीय संसदको भूमिका महत्वपूर्ण...

  • September 19, 2026

लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका २४२ स्...

  • September 19, 2026

संविधान दिवस बहिष्कार गर्दै मंगोल नेशनल अर्गनाइजेशन क्रान्तिका...

  • September 19, 2026

रसुवा बाढीपीडितका लागि गोरखाका स्थानीय तहले जुटाए ३ करोडभन्दा बढी

  • September 19, 2026

भोटेकोशी बाढी : नुवाकोटका चार स्थानीय तहका १,९५५ परिवारको आवास...

  • September 19, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved