Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

त्रियुगा नगर इसाई समाजको आफ्नै भवन उद्घाटन, सांसद बुर्जाले भने– ‘अपूर्ण काम पूरा गर्न पहल गर्छु’

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 18, 2026
0 shares

आकाश मगर, उदयपुर । त्रियुगा नगर इसाई समाज गाईघाटले त्रियुगा नगरपालिका–९, गहिरुनमा निर्माण गरेको आफ्नै कार्यालय भवन उद्घाटन गरेको छ। कोशी प्रदेश सभा सदस्य नारायण बुर्जा मगरको प्रमुख आतिथ्यमा शिलाअनावरण तथा रिबन काटेर भवनको उद्घाटन गरिएको हो। उद्घाटन समारोहमा उदयपुरका विभिन्न पालिकामा रहेका इसाई समाजका प्रतिनिधि, पाष्टर, अगुवा तथा ३ सयभन्दा बढी ख्रीष्टियन समुदायका सदस्यहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा विभिन्न पालिकाका इसाई समाजका अध्यक्ष तथा प्रतिनिधिहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रमको सञ्चालन आकाश बलम्पाकीले गरेका थिए भने भवन उद्घाटनको धार्मिक विधि आशिष प्रेस्बिटेरियन चर्चका पाष्टर रेभ. श्याम प्रकाश राईले सम्पन्न गरेका थिए। सहभागी वक्ताहरूले नयाँ भवनलाई समुदायको संस्थागत विकास, सहकार्य र सामाजिक सेवाका लागि उपयोग गर्नुपर्नेमा जोड दिएका थिए।

त्रियुगा नगर इसाई समाजका अध्यक्ष खड्ग नारायण श्रेष्ठ ‘फिलिप’का अनुसार कोशी प्रदेश सभा सदस्य नारायण बुर्जा मगरको पहलमा प्रदेश सभाबाट ७ लाख रुपैयाँ बजेट विनियोजन भएपछि विभिन्न चर्च तथा ख्रीष्टियन समुदायको सहयोगमा भवन निर्माण सम्पन्न भएको हो। भवन निर्माणका लागि होम विकले करिब ८ लाख रुपैयाँभन्दा बढी मूल्य पर्ने ८ धुर जग्गा समाजलाई दान गरेका थिए। सोही जग्गामा समाजको कार्यालय भवन निर्माण गरिएको हो।

भवन निर्माण सम्पन्न गरी उद्घाटन गर्न पाउँदा आफूलाई खुसी लागेको अध्यक्ष श्रेष्ठले बताए। उनले भवन निर्माणमा सहयोग गर्ने प्रदेश सांसद, जग्गादाता, विभिन्न चर्च तथा ख्रीष्टियन समुदायप्रति धन्यवाद व्यक्त गर्दै यस कार्यको सम्पूर्ण श्रेय परमेश्वरलाई जाने बताए। समाजले आगामी दिनमा आफ्ना गतिविधिलाई थप व्यवस्थित गर्दै समुदाय तथा समाजको हितमा केन्द्रित गर्ने जनाएको छ।

उद्घाटन समारोहका प्रमुख अतिथि प्रदेश सभा सदस्य नारायण बुर्जा मगरले भवन निर्माणका लागि सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्दै भवनका बाँकी निर्माण तथा अपूर्ण काम पूरा गर्न आफ्नो तर्फबाट सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। नेपालको संविधानले धर्मनिरपेक्षताको आधार स्थापित गरेको उल्लेख गर्दै उनले यसको संरक्षण सबै समुदायको साझा जिम्मेवारी भएको बताए। देशको परिवर्तन र विकासमा इसाई समुदायले पनि महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको उनको भनाइ थियो।

नयाँ भवनसँगै त्रियुगा नगर क्षेत्रका इसाई समुदायका धार्मिक, सामाजिक तथा मानवीय गतिविधि थप व्यवस्थित हुने अपेक्षा गरिएको छ। कार्यक्रममा सहभागी इसाई समाजका प्रतिनिधि तथा अगुवाहरूले भवनलाई कार्यालय सञ्चालनमा मात्र सीमित नराखी सेवा, सहकार्य, एकता र सामाजिक उत्तरदायित्वको केन्द्रका रूपमा विकास गर्नुपर्ने धारणा राखेका थिए। आफ्नै कार्यालय भवन निर्माण तथा उद्घाटनसँगै उदयपुरको ख्रीष्टियन समुदायको संस्थागत विकासमा नयाँ अध्याय थपिएको सहभागीहरूले बताएका छन्।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

रसुवा बाढीपीडितका लागि उदयपुर इसाई समाजको ३ लाख ३२ हजार सहयोग

  • September 18, 2026

ऋण असुलीबाट समस्याग्रस्तका ५ सहकारीका १३५ जना बचतकर्ताले पाए र...

  • September 18, 2026

सानोठिमीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री अरुणको मृत्यु

  • September 18, 2026

लौहपुरुष गणेशमान सिंहको २९औँ स्मृति दिवस आज

  • September 18, 2026

राष्ट्रसंघ महासभामा सहभागी हुन इरानी राष्ट्रपति र विदेशमन्त्री...

  • September 18, 2026

आजका लागि विदेशी मुद्राको विनिमय दर

  • September 18, 2026

भन्सार छलेर ल्याइएका १० वटा विद्युतीय स्कुटर बरामद

  • September 18, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved