Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

लौहपुरुष गणेशमान सिंहको २९औँ स्मृति दिवस आज

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 18, 2026
3K shares

काठमाडौँ । प्रजातन्त्रका लागि लामो राजनीतिक संघर्ष गरेका लौहपुरुष गणेशमान सिंहको २९औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ। दिवसका अवसरमा नेपाली कांग्रेस तथा विभिन्न राजनीतिक दल, नेता–कार्यकर्ता र शुभेच्छुकहरूले सिंहप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनको राजनीतिक योगदानको स्मरण गर्दैछन्।

२०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डरका रूपमा प्रजातन्त्र पुनःस्थापनाका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका सिंह नेपाली राजनीतिमा त्याग, साहस र निष्ठाका प्रतीकका रूपमा स्मरण गरिन्छन्। २०४६ सालको जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गरेको आग्रहसमेत उनले अस्वीकार गर्दै आफ्ना सहयात्री कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्रीका रूपमा प्रस्ताव गरेका थिए।

सिंहको जन्म वि.सं. १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटीमा भएको थियो। प्रारम्भिक राजनीतिक जीवनमै राणा शासनविरुद्ध सक्रिय भएका उनी प्रजा परिषद्सँग आबद्ध भई प्रजातन्त्र स्थापनाको अभियानमा लागेका थिए। २००७ सालको क्रान्तिअघि भद्रगोल जेलबाट भागेर भारत पुगेका सिंहले त्यहाँ बीपी कोइरालालगायतका नेताहरूसँग राजनीतिक सम्बन्ध विस्तार गरेका थिए। २००३ सालमा स्थापित नेपाली राष्ट्रिय कांग्रेसको गठन तथा संगठन विस्तारमा समेत उनको महत्वपूर्ण भूमिका रहेको थियो।

२००७ सालको प्रजातान्त्रिक आन्दोलनका क्रममा सिंहले वीरगञ्ज मोर्चाको सशस्त्र संघर्षको नेतृत्व गरेका थिए। २०१५ सालको पहिलो आमनिर्वाचनपछि बीपी कोइरालाको नेतृत्वमा गठन भएको सरकारमा उनी वरिष्ठ मन्त्री बने। २०१७ सालमा राजा महेन्द्रले निर्वाचित सरकार विघटन गरी राजनीतिक दलमाथि प्रतिबन्ध लगाएपछि सिंहले लामो काराबास जीवन बिताउनुपरेको थियो। उनले सिंहदरबार र सुन्दरीजल बन्दीगृहमा गरी करिब आठ वर्ष जेल जीवन बिताए।

२०२५ सालमा बीपी कोइरालासँगै सुन्दरीजल बन्दीगृहबाट रिहा भएपछि सिंह प्रवासमा रहेर प्रजातान्त्रिक आन्दोलन तथा संगठन विस्तारमा सक्रिय भए। २०३३ सालमा बीपी कोइरालासँगै राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि उनी पञ्चायती व्यवस्थाविरुद्धको लोकतान्त्रिक आन्दोलनमा पुनः सक्रिय भए। जीवनभर लोकतन्त्र र नागरिक स्वतन्त्रताका लागि संघर्ष गरेका सिंहको २०५४ साल असोज २ गते निधन भएको थियो।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

ऋण असुलीबाट समस्याग्रस्तका ५ सहकारीका १३५ जना बचतकर्ताले पाए र...

  • September 18, 2026

सानोठिमीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री अरुणको मृत्यु

  • September 18, 2026

राष्ट्रसंघ महासभामा सहभागी हुन इरानी राष्ट्रपति र विदेशमन्त्री...

  • September 18, 2026

आजका लागि विदेशी मुद्राको विनिमय दर

  • September 18, 2026

भन्सार छलेर ल्याइएका १० वटा विद्युतीय स्कुटर बरामद

  • September 18, 2026

नेपाल प्रहरीले ३३४ पदमा खुलायो नयाँ भर्ना, असईदेखि कार्यालय सह...

  • September 18, 2026

जलवायु संकटको क्षतिपूर्तिमा नेपालको अधिकार सशक्त रूपमा दाबी गर...

  • September 17, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved