Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

राष्ट्रसंघ महासभामा सहभागी हुन इरानी राष्ट्रपति र विदेशमन्त्रीलाई अमेरिकाले भिसा दिने

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 18, 2026
0 shares

काठमाडौँ । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन इरानका राष्ट्रपति मसुद पेजेस्कियन र विदेशमन्त्री अब्बास अराघचीलाई अमेरिकाले भिसा दिने भएको छ। अमेरिका र इरानबीच जारी युद्ध सातौँ महिनामा प्रवेश गर्न लागेका बेला इरानी उच्च अधिकारीलाई महासभामा सहभागी हुन अनुमति दिने निर्णय गरिएको बीबीसीले जनाएको छ।

अमेरिकाले भिसा उपलब्ध गराए पनि इरानी प्रतिनिधिमण्डलका सदस्यलाई अमेरिकामा आवतजावतसम्बन्धी केही प्रतिबन्ध भने कायम रहने बताइएको छ। अमेरिकी विदेश मन्त्रालयका अनुसार उनीहरूलाई विलासी तथा अन्य अमेरिकी सामान खरिद गर्नसमेत प्रतिबन्ध लगाइनेछ। यसअघि पनि अमेरिकाले इरानी कूटनीतिज्ञमाथि विभिन्न प्रकारका खरिद तथा आवतजावतसम्बन्धी प्रतिबन्ध लगाएको थियो।

अमेरिका र इरानबीचको लामो समयदेखि जारी द्वन्द्वले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय प्रभाव पार्दै आएको छ। पछिल्लो युद्धका कारण विश्वव्यापी ऊर्जा बजारमा समेत असर परेको बताइएको छ भने द्वन्द्व छिमेकी मुलुकसम्म फैलिएको छ। युद्ध अन्त्य गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि घरेलु तथा अन्तर्राष्ट्रियस्तरबाट दबाब बढिरहेको बीबीसीले उल्लेख गरेको छ।

संयुक्त राष्ट्रसंघको ८१औँ महासभाअन्तर्गतको उच्चस्तरीय छलफल आगामी मंगलबारदेखि सुरु हुँदैछ। महासभामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, बेलायतका प्रधानमन्त्री एन्डी बर्नहम तथा फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँलगायत विश्वका विभिन्न मुलुकका नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। आगामी बुधबार युक्रेन, सिरिया र इरानका नेताले सम्बोधन गर्ने अपेक्षा गरिएको छ।

यसैबीच, अमेरिकाले प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बाससहित प्यालेस्टिनी प्रतिनिधिमण्डललाई भने महासभामा सहभागी हुन भिसा नदिएको बीबीसीले जनाएको छ। महासभामा सहभागी हुने विभिन्न राष्ट्रका प्रतिनिधिमण्डललाई लिएर अमेरिकाले अपनाएको भिसा नीतिले कूटनीतिक वृत्तमा थप चासो बढाएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

ऋण असुलीबाट समस्याग्रस्तका ५ सहकारीका १३५ जना बचतकर्ताले पाए र...

  • September 18, 2026

सानोठिमीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री अरुणको मृत्यु

  • September 18, 2026

लौहपुरुष गणेशमान सिंहको २९औँ स्मृति दिवस आज

  • September 18, 2026

आजका लागि विदेशी मुद्राको विनिमय दर

  • September 18, 2026

भन्सार छलेर ल्याइएका १० वटा विद्युतीय स्कुटर बरामद

  • September 18, 2026

नेपाल प्रहरीले ३३४ पदमा खुलायो नयाँ भर्ना, असईदेखि कार्यालय सह...

  • September 18, 2026

जलवायु संकटको क्षतिपूर्तिमा नेपालको अधिकार सशक्त रूपमा दाबी गर...

  • September 17, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved