Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि शिविर सञ्चालन गर्ने

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 12, 2026
0 shares

खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आएका लाभग्राहीको सहजताका लागि विशेष सामाजिक सुरक्षा भत्ता नवीकरण शिविर सञ्चालन गर्ने भएको छ। गाउँपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि भत्ता नवीकरण गर्न वडा कार्यालयसम्म पुग्न असहज हुने लाभग्राहीलाई लक्षित गरी शिविर सञ्चालन गर्न लागेको हो।

गाउँपालिकाका अनुसार गाउँपालिकाभित्रका सबै वडाबाट सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आएका तथा हाल गाउँपालिका बाहिर अस्थायी रूपमा बसोबास गरिरहेका लाभग्राहीले आफूलाई पायक पर्ने स्थानमा सञ्चालन हुने शिविरमा उपस्थित भएर भत्ता नवीकरण गराउन सक्नेछन्।

शिविर काठमाडौंको चाबहिल चोकमा २०८३ असोज ३ गते शनिबार बिहान ७ बजेदेखि ९ बजेसम्म सञ्चालन हुनेछ। त्यस्तै, सुनसरीको इटहरीमा असोज ५ गते सोमबार र उदयपुरको गाईघाटमा असोज ६ गते मंगलबार बिहान ७ बजेदेखि ९ बजेसम्म शिविर सञ्चालन हुने गाउँपालिकाले जनाएको छ।

नवीकरणका लागि नेपाली नागरिकताको प्रमाणपत्र र राष्ट्रिय परिचयपत्रको प्रतिलिपि, विधवा महिला तथा ज्येष्ठ नागरिक एकल महिलाको हकमा पतिको मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपि, अपाङ्गता भएका लाभग्राहीको हकमा अपाङ्गता परिचयपत्रको प्रतिलिपि तथा पासपोर्ट साइजको फोटो एक प्रति आवश्यक पर्नेछ।

गाउँपालिकाले सम्बन्धित लाभग्राहीलाई तोकिएको मिति, समय र स्थानमा आवश्यक कागजातसहित उपस्थित भई सामाजिक सुरक्षा भत्ता नवीकरण गराउन अनुरोध गरेको छ। गाउँपालिकाले वडा कार्यालयसम्म पुग्न कठिन हुने तथा बाहिर बसोबास गरिरहेका लाभग्राहीलाई लक्षित गर्दै शिविरमार्फत सेवा सहज बनाउन लागेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

भिजिट र व्यक्तिगत रोजगार भिसामा ठगी बढेपछि नेपालीलाई सचेत रहन ...

  • September 11, 2026

एमाले कार्यदलमा दुई छुट्टाछुट्टै प्रतिवेदन, विवाद मिलाउन आवासी...

  • September 11, 2026

‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण गर्न रास्वपाको ११ सदस...

  • September 11, 2026
AI Photo

बाँच्नुको अर्थ खोज्ने समाज : राजेश शिल्पकार

  • September 11, 2026

बाढीपीडितको राहतका लागि च्याम्पियन्स लिगमा ए.एस. रोमाको विशेष ...

  • September 11, 2026

३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेप...

  • September 11, 2026

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved