Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

मूल्य र माग बढेपछि सुनसरीमा जुटखेतीतर्फ किसानको आकर्षण

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 18, 2026
4.8K shares

सुनसरी । जुटको मूल्य र उद्योगबाट माग बढेपछि सुनसरीमा जुटखेतीतर्फ किसानको आकर्षण बढेको छ । जिल्लामा गत वर्षको तुलनामा यस वर्ष जुटखेतीको क्षेत्रफलसमेत बढेको कृषि ज्ञान केन्द्र सुनसरीले जनाएको छ । केन्द्रका अनुसार आर्थिक वर्ष २०८१/८२ मा एक हजार ३०८ हेक्टरमा जुटखेती भएकामा आव २०८२/८३ मा बढेर एक हजार ३३४ हेक्टर पुगेको छ । देवानगञ्ज, भोक्राहा नरसिंह, कोशी, हरिनगर र इनरुवालगायत क्षेत्रमा जुटखेती बढी हुने गरेको छ ।

भोक्राहा नरसिंह गाउँपालिका–३ का तारा मण्डलले एक बिघा क्षेत्रफलमा जुटखेती गर्दै आउनुभएको छ । अहिले जुट काटेर डाँठबाट रेसा निकाल्ने काममा उहाँ व्यस्त हुनुहुन्छ । मण्डलका अनुसार जुटखेतीमा श्रम र समय धेरै लाग्ने भए पनि पछिल्लो समय मूल्य राम्रो भएकाले आम्दानी पनि बढेको छ । उहाँले वार्षिक १५ देखि २० क्विन्टलसम्म जुट उत्पादन गरी रु दुई लाखदेखि तीन लाखसम्म आम्दानी गर्दै आउनुभएको छ । तयार भएको जुट स्थानीय व्यापारीले खेतमै पुगेर खरिद गर्ने भएकाले बजारको समस्या नरहेको उहाँको भनाइ छ ।

देवानगञ्ज गाउँपालिका–६ का किसान वीरेन्द्र मण्डलले १० कट्ठामा जुटखेती गर्नुभएको छ । उहाँका अनुसार एक कट्ठामा दुईदेखि तीन मनसम्म जुट उत्पादन हुन्छ र हाल प्रतिमन रु पाँच हजार पाँच सयसम्ममा बिक्री भइरहेको छ । जुटको बीउ इटहरीस्थित जुट अनुसन्धान केन्द्र तथा भारतबाट ल्याउने गरिएको छ । जुट अनुसन्धान केन्द्र इटहरीका संयोजक सन्तोष त्रिपाठीका अनुसार पूर्वी नेपालका अधिकांश किसानले केन्द्रबाट बीउ तथा प्राविधिक सहयोग लिने गरेका छन् । विगतमा नेपाली जुट उद्योगलाई आवश्यक पर्ने करिब ८५ प्रतिशत कच्चा जुट भारत र बङ्गलादेशबाट आयात हुने गरेकामा पछिल्लो समय स्वदेशी उत्पादन बढेसँगै आयात घट्दै गएको उहाँले बताउनुभयो ।

जुटखेतीमा श्रमको माग बढेसँगै मजदुरले पनि रोजगारी पाउन थालेका छन् । देवानगञ्ज–६ का रमेश यादव अरूको खेतमा मजदुरी गर्दै परिवारको खर्च धान्दै आउनुभएको छ । उहाँ बिहान ६ बजेदेखि साँझ ५ बजेसम्म जुटको रेसा निकाल्ने काम गरी दैनिक रु ६०० ज्याला पाउनुहुन्छ । जुटखेतीमा झारपात नियन्त्रण, गोडमेल, कटान, पानीमा डुबाउने तथा रेसा निकाल्ने काम गर्नुपर्ने भएकाले पर्याप्त श्रम आवश्यक पर्ने किसान बताउँछन् । अनुसन्धान केन्द्रले किसानलाई झारपात नियन्त्रण तथा रेसा निकाल्ने प्रविधिमा समेत सहयोग गर्दै आएको छ ।

अनुसन्धान केन्द्रले जुट कुहाउने र धुने काम सहज बनाउन डिजेल तथा विद्युतबाट सञ्चालन हुने मेसिन प्रयोगमा ल्याए पनि किसानले अपेक्षाकृत कम प्रयोग गर्ने गरेका छन् । जुटको डाँठ दाउरा तथा बिक्रीबाट समेत आम्दानी हुने भएकाले मेसिन प्रयोग गर्दा डाँठ धुलो हुने समस्या देखिएको केन्द्रको भनाइ छ । जुट अनुसन्धान केन्द्रलाई वार्षिक रु एक करोडभन्दा बढी बजेट विनियोजन हुँदै आएको छ भने कोशी प्रदेश सरकारले समेत जुटखेती प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिरहेको छ । थप सरकारी सहयोग, प्रविधि र प्रोत्साहन उपलब्ध भएमा आगामी वर्ष जुटको उत्पादन अझ बढ्ने केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

प्रतिनिधिसभाको बैठक आज बस्दै, दुई विधेयकमाथि छलफल हुने

  • September 11, 2026

को हुन् नवनियुक्त उद्योगमन्त्री ई. दीपककुमार साह?

  • September 10, 2026

दुई सचिवको सरुवा, अर्याल महालेखा नियन्त्रक र काप्री निर्वाचन आ...

  • September 10, 2026

भदौभित्रै कृष्णभीरको सडक सञ्चालनमा ल्याउने गरी निर्माण तीव्र

  • September 10, 2026

मस्जिदबाट राहत अभियान : सुनसरी मुस्लिम समाजद्वारा प्रधानमन्त्र...

  • September 10, 2026

बाढीपीडितका लागि प्रार्थना सहित प्रवासी नेपाली ख्रीष्टियन मण्...

  • September 10, 2026

उपसभामुखद्वारा एक महिनाको पारिश्रमिक बाढीपीडितका लागि सहयोग

  • September 10, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved