Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

पत्रकारिता : जनताको आवाज कि स्वार्थको माध्यम ?

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 14, 2026
47.6K shares

✍️दिपेश श्रेष्ठ —  पत्रकारिता मेरो दृष्टिमा केवल समाचार लेख्ने, बोल्ने वा क्यामेराअगाडि उभिने पेशा होइन । यो जनताको आवाजलाई राज्य र सत्तासम्म पुर्‍याउने, सत्य–तथ्यको खोजी गर्ने र समाजमा भएका विकृति तथा विसङ्गतिविरुद्ध प्रश्न उठाउने जिम्मेवारी हो । तर पछिल्लो समय नेपाली पत्रकारिताको चरित्र र दिशामाथि गम्भीर प्रश्न उठ्न थालेका छन् । यहाँ जनताको आवाज उठाउने पत्रकारभन्दा दलगत भाषा बोल्ने र लेख्ने पत्रकारहरूको सङ्ख्या ९८ प्रतिशतभन्दा बढी भएको मेरो अनुभव छ । पत्रकार कुनै दलको प्रवक्ता होइन, जनताको प्रश्न गर्ने प्रतिनिधि हुनुपर्छ ।

म १६ वर्षदेखि पत्रकारितामा छु । लामो समय डेस्कमा बसेर अरूका सामग्री सम्पादन गरेँ । तर केही समययता डेस्क छाडेर रिपोर्टिङमा फर्किएपछि मात्र वास्तविक पत्रकारिता गरेको अनुभूति भइरहेको छ । पत्रकारको वास्तविक परिचय नै घटनास्थलमा पुगेर तथ्य खोज्नु, पीडित र आमनागरिकको आवाज सुन्नु तथा शक्तिशाली पक्षसँग पनि आवश्यक प्रश्न गर्नु हो । समाचार कक्षमा बसेर प्राप्त सूचनालाई सम्पादन गर्नु पत्रकारिताको एउटा पाटो हो भने समाजभित्र पुगेर सत्यको खोजी गर्नु यसको मूल आत्मा हो ।

नेपाल टेलिभिजनले समय बेच्न ठेक्का आह्वान गर्दा, म्याद थप्दासमेत कतिपय अवस्थामा एजेन्सीको बोलपत्र नपर्ने अवस्था देखिन्छ । तर त्यहीँका कर्मचारीबाट त्यहाँ आउने कार्यक्रमहरू बाहिरका अन्य टेलिभिजनमा जान बाध्य पारिएको गुनासो सुनिन्छ । सार्वजनिक सञ्चारमाध्यमको उद्देश्य र व्यवहारबीच यति ठूलो विरोधाभास किन ? सञ्चारमाध्यमलाई पारदर्शी, प्रतिस्पर्धी र जनउत्तरदायी बनाउने जिम्मेवारी सम्बन्धित निकायको होइन र ? यस्ता प्रश्नको जवाफ खोजिनुपर्छ ।

अर्कोतर्फ, १५ हजार रुपैयाँमा कम्पनी दर्ता गरेर युट्युब चलाउनेहरूको सङ्ख्या गनिसक्नु छैन । आफूलाई पत्रकार घोषणा गर्ने तर पत्रकारिताको आधारभूत ज्ञान, आचारसंहिता र मूल्यमान्यताबारे कुनै चासो नराख्ने प्रवृत्ति बढ्दै गएको छ । लाखौँ रुपैयाँ खर्चेर वर्षौँसम्म पत्रकारिता अध्ययन गर्ने र आफ्नो जीवनको महत्वपूर्ण समय यस क्षेत्रमा समर्पित गर्ने पत्रकारहरू भने छायामा पर्दै गएका छन् । प्रश्न यति हो—कम्पनी दर्ता गरेर युट्युब चलाउनु र पत्रकार हुनु एउटै कुरा हो ? सञ्चारको माध्यम हातमा हुनु र पत्रकारिताको ज्ञान, जिम्मेवारी तथा नैतिकता हुनुबीच ठूलो अन्तर छ ।

प्रेस स्वतन्त्रता लोकतन्त्रको मेरुदण्ड हो, तर प्रेस स्वतन्त्रताको अर्थ स्वेच्छाचारिता भने होइन । सत्य लुकाउने, असत्यलाई भ्रमका रूपमा प्रस्तुत गर्ने र गलत सूचना प्रवाह गरेर आफ्नो स्वार्थ पूरा गर्ने व्यक्ति पत्रकारिताको मूल्य र मान्यताको प्रतिनिधि हुन सक्दैन । पत्रकारिताको नाममा हुने हरेक गतिविधिलाई एउटै डालोमा राखेर हेर्नु पनि उचित हुँदैन । तर सञ्चार क्षेत्रलाई मर्यादित, जिम्मेवार र जवाफदेही बनाउन आचारसंहिताको प्रभावकारी कार्यान्वयन, स्वनियमन तथा आवश्यक नियमन भने अपरिहार्य छ ।

नेपालको सूचना र राष्ट्रिय हितसँग जोडिएका संवेदनशील विषयमा काम गर्ने व्यक्तिहरूमाथि पनि राज्यले कानुनबमोजिम आवश्यक निगरानी र अनुसन्धान गर्नुपर्छ । चीन वा भारतलगायत कुनै पनि विदेशी शक्तिलाई नेपालको संवेदनशील सूचना अवैध रूपमा उपलब्ध गराउने व्यक्ति पत्रकारको आवरणमा भए पनि अनुसन्धानको दायराभन्दा बाहिर हुनु हुँदैन । तर आरोपकै आधारमा कसैलाई अपराधी घोषणा गर्ने होइन—प्रमाण, कानुन र निष्पक्ष अनुसन्धानका आधारमा सत्य पत्ता लगाइनुपर्छ । भारतीय नम्बरबाट WhatsApp चलाएर नेपालमा पत्रकारिता गर्ने पत्रकार पनि यहीँ छ ।

अब समय आएको छ—नेपालमा पत्रकारिता कस्तो हुनुपर्छ भन्ने विषयमा गम्भीर बहस गर्ने । सञ्चारमाध्यम बन्द गर्ने वा प्रेस स्वतन्त्रता नै समाप्त गर्ने होइन, बरु पत्रकारिता र सञ्चार व्यवसायलाई स्पष्ट कानुनी मापदण्ड, पारदर्शिता, स्वनियमन र जवाफदेहितामा बाँध्नुपर्छ । सरकारको स्वामित्वमा रहेका सञ्चारमाध्यम हुन् वा निजी सञ्चारमाध्यम, सबैले जनताको सूचनाको अधिकारलाई केन्द्रमा राख्नुपर्छ । पत्रकारिता कसैको पक्ष वा विपक्षमा उभिने होइन; सत्यको पक्षमा उभिने पेशा हो । त्यसैले गलत सूचना बेचेर पेट पाल्ने होइन, सत्य खोजेर जनताको विश्वास जित्ने पत्रकारिता आवश्यक छ । यही नै पत्रकारिताको वास्तविक धर्म हो ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

प्रतिनिधिसभाको बैठक आज बस्दै, दुई विधेयकमाथि छलफल हुने

  • September 11, 2026

को हुन् नवनियुक्त उद्योगमन्त्री ई. दीपककुमार साह?

  • September 10, 2026

दुई सचिवको सरुवा, अर्याल महालेखा नियन्त्रक र काप्री निर्वाचन आ...

  • September 10, 2026

भदौभित्रै कृष्णभीरको सडक सञ्चालनमा ल्याउने गरी निर्माण तीव्र

  • September 10, 2026

मस्जिदबाट राहत अभियान : सुनसरी मुस्लिम समाजद्वारा प्रधानमन्त्र...

  • September 10, 2026

बाढीपीडितका लागि प्रार्थना सहित प्रवासी नेपाली ख्रीष्टियन मण्...

  • September 10, 2026

उपसभामुखद्वारा एक महिनाको पारिश्रमिक बाढीपीडितका लागि सहयोग

  • September 10, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved