काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आफूहरु कसैलाई ढालेर अरु कसैलाई कुर्सीमा राख्ने अभियानमा नलागेको स्पष्ट पारेका छन् । प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
तपाईहरुले बारम्बार केपी शर्मा ओलीलाई भन्नुभएको छ, हामी जसरी पनि यो सरकारलाई ढाल्छौं, यो सरकारलाई विस्थापित गर्छौ भनेर, तर तपाईँहरुले केही गर्न सक्नुभएन, यो सरकारलाई विस्थापित पनि गर्न सक्नुभएन ? ” भनेर राखेको प्रश्नमा नेता भट्टराईले भने-“तपाईको प्रश्न नै मलाई त्यति रुचिकर लागेन, जनतालाई पनि सायद रुचिकर लाग्दैन् ।

यो कसैलाई ढालेर कसैलाई कुर्सीमा राख्ने अभियान होईन, कमसेकम बाबुराम भट्टराई गत ४५ वर्षदेखि राजनीतिमा लागेको हो, र त्यो उधेश्य राखे । र, आजपनि त्यो होईन् । पहिलो कुरा म यो भन्न चाहन्छु । उनले अहिलेको लडाई अग्रगमन र पश्चगमनबीचको भएको पनि सुनाए । उनले अहिले व्यक्तिगत लडाई नभएको जिकिर गरे ।”










