Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

कोशी बजेट विवाद समाधान गर्न कांग्रेस–एमालेको ६ सदस्यीय कार्यदल गठन

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 1, 2026
3 shares

विराटनगर । कोशी प्रदेश सरकारको आर्थिक वर्ष २०८३/८४ को बजेटलाई लिएर सत्तारूढ दलभित्रै चर्किएको विवाद समाधान गर्न नेपाली कांग्रेस र नेकपा एमालेले अनौपचारिक रूपमा ६ सदस्यीय कार्यदल गठन गरेका छन्। बजेट विनियोजनमा असन्तुलन भएको भन्दै आफ्नै सांसदहरूले विरोध जनाएपछि पटक–पटक स्थगित हुँदै आएको प्रदेशसभा बैठकअघि सहमति जुटाउने उद्देश्यले कार्यदल सक्रिय भएको हो।

असार ११ गते बस्ने तय भएको प्रदेशसभा बैठक बजेट विवादका कारण असार १६ गते सारिएको थियो। मंगलबार पनि सहमति नजुटेपछि बैठक पुनः स्थगित गर्दै असार १८ गतेका लागि तोकिएको छ। कांग्रेसका प्रमुख सचेतक गोपाल तामाङका अनुसार कार्यदलले असन्तुष्ट सांसदहरूको माग, योजनागत असन्तुलन र बजेटलाई सर्वस्वीकार्य बनाउने उपायबारे छलफल गरिरहेको छ। कार्यदलमा कांग्रेसबाट हिमाल कार्की, गोपाल तामाङ र विनोद बान्तवा तथा एमालेबाट रामबहादुर मगर, रमेश बस्नेत र होमबहादुर थापा सदस्य रहेका छन्।

कार्यदलको मंगलबार दिनभर बसेको बैठकमा बजेटको सन्तुलन गुमेको विषयमा दुवै पक्ष सहमत भए पनि त्यसलाई कसरी सुधार गर्ने भन्ने विषयमा निष्कर्ष निस्कन सकेन। असन्तुष्ट सांसदहरूले पूर्वाधार विकासका योजनामा बजेट बाँडफाँट न्यायोचित नभएको भन्दै विनियोजन विधेयकको अनुसूचीमै संशोधन गर्नुपर्ने अडान राखेका छन्। यद्यपि कार्यदलभित्रै बजेट संशोधन गर्ने वा रकमान्तर तथा वित्तीय हस्तान्तरणमार्फत समस्या समाधान गर्ने भन्ने विषयमा फरक–फरक धारणा देखिएको छ।

‘कोशी बजेट विवादले प्रदेश सभाको औचित्यमाथि प्रश्न उठायो’ : सांसद लालबिक्रम थापा

दिनभरको छलफलपछि कार्यदलले मुख्यमन्त्री हिक्मतकुमार कार्कीसँग पनि भेटवार्ता गरेको भए पनि कुनै सहमति हुन सकेन। एमाले प्रमुख सचेतक रमेश बस्नेतले असन्तुष्टि लोकतान्त्रिक र संसदीय प्रक्रियाअनुसार समाधान गरिने बताउँदै असार १८ गतेअघि सहमति जुट्ने विश्वास व्यक्त गरे। कांग्रेस प्रमुख सचेतक तामाङले पनि अब थप बैठक स्थगित गर्न नहुने भन्दै समयमै बजेट पारित गर्न सबै पक्ष सकारात्मक हुनुपर्ने धारणा राखे।

आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेपले असार १ गते ४० अर्ब ४४ करोड ९८ लाख रुपैयाँको बजेट प्रदेशसभामा प्रस्तुत गरेका थिए। बजेटलाई ‘मन्त्रीमुखी’ र असन्तुलित भन्दै विशेषगरी संसदीय समितिका सभापतिहरू र केही सत्तारूढ सांसदहरूले विरोध जनाइरहेका छन्। असन्तुष्ट सांसदहरूले आवश्यक परिमार्जन नभए बजेटलाई मतदानमार्फत असफल बनाउने चेतावनीसमेत दिएका छन्।

#koshopradesh #Hikmatkarki #LalbikramThapa

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेप...

  • September 11, 2026

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

प्रतिनिधिसभाको बैठक आज बस्दै, दुई विधेयकमाथि छलफल हुने

  • September 11, 2026

को हुन् नवनियुक्त उद्योगमन्त्री ई. दीपककुमार साह?

  • September 10, 2026

दुई सचिवको सरुवा, अर्याल महालेखा नियन्त्रक र काप्री निर्वाचन आ...

  • September 10, 2026

भदौभित्रै कृष्णभीरको सडक सञ्चालनमा ल्याउने गरी निर्माण तीव्र

  • September 10, 2026

मस्जिदबाट राहत अभियान : सुनसरी मुस्लिम समाजद्वारा प्रधानमन्त्र...

  • September 10, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved