Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

रामेश्वर परियार पाँच वर्षदेखि मिर्गौला रोगसँग संघर्षरत, उपचारका लागि सहयोगको अपिल

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • October 27, 2026
29Shares

कृष्ण कुँवर, अबुधाबी — गोरखाको पालुङ्टार नगरपालिका–१०, साविक मिरकोट गाविस–९ का ४२ वर्षीय रामेश्वर परियार विगत पाँच वर्षदेखि मिर्गौला रोगबाट पीडित छन् । हाल चितवनको खैरहनी नगरपालिका–४ मा बस्दै आउनुभएका परियारको उपचारका लागि परिवारले आर्थिक सहयोगको अपिल गरेको छ।

२०७८ सालदेखि मिर्गौलासम्बन्धी समस्या देखिएका परियार हाल भरतपुर अस्पताल, चितवनमा नियमित हेमोडायलाइसिस गराउँदै आएका छन् । लामो समयदेखि उपचार गराउँदै आउँदा परिवारको आर्थिक अवस्था कमजोर बनेको छ।

अति विपन्न परिवारका परियारको उपचारमा ठूलो रकम खर्च भइसकेको र परिवारसँग भएको जायजेथासमेत उपचारकै क्रममा सकिएको बताइएको छ। आर्थिक अभावका कारण अहिले नियमित डायलाइसिस, औषधीपचार तथा दैनिक घरखर्च व्यवस्थापन गर्नसमेत कठिनाइ भइरहेको परिवारले जनाएको छ।

रामेश्वर को श्रीमती, १० वर्षीय छोरा र ७ वर्षीया छोरी छन्। परिवारको मुख्य चुनौती उपचार खर्च जुटाउनु बनेको छ। आर्थिक अवस्था कमजोर बन्दै गएपछि उनको उपचारलाई निरन्तरता दिन समस्या उत्पन्न भएको छ।

यसैबीच, परियारको मिर्गौला प्रत्यारोपण गर्ने तयारीसमेत भइरहेको बताइएको छ। प्रत्यारोपणका लागि उनकी श्रीमतीले मिर्गौला दान गर्न तयार भएको परिवारले जनाएको छ। तर, प्रत्यारोपणका लागि आवश्यक खर्च जुटाउन कठिन भएपछि सहयोगी व्यक्ति तथा संघसंस्थासमक्ष सहयोगको अपिल गरिएको छ।

परियारको उपचारमा सहयोग पुर्‍याउन देश तथा विदेशमा रहनुभएका नेपाली दाजुभाइ, दिदीबहिनी, विभिन्न संघसंस्था तथा सहयोगी मनहरूलाई आफ्नो क्षमताअनुसार आर्थिक सहयोग गरिदिन परिवारले आग्रह गरेको छ।

सहयोगका लागि बैंक विवरण

बैंकको नाम: कृषि विकास बैंक लिमिटेड

खातावालाको नाम: रामेश्वर परियार (RAMESHWOR PARIYAR)

खाता नम्बर: ०५०९१०३०२२५६६०१९

सम्पर्क नम्बर: ९८२३३४८०३२

सानो सहयोगले पनि परियारको उपचारमा महत्वपूर्ण राहत पुग्न सक्ने भएकाले उनको उपचार अभियानमा साथ दिन परिवारले सबैमा हार्दिक अपिल गरेको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

सरु बानियाँलाई हराउनुपर्ने कारण के थियो, कांग्रेसिजन?

  • October 26, 2026

ढुङ्गे–त्रिशूली झोलुङ्गे पुल र सडक सम्पर्क टुट्दा बिरामीले भोग...

  • October 25, 2026

बालेन शाह नेपालकै पाँच ‘सुपर भाग्यमानी’ प्रधानमन्त्रीमध्ये एक ...

  • October 25, 2026

‘६० जनाबाट सुरु भएको जनयुद्धले देशलाई गणतन्त्रमा पुर्‍यायो’ : ...

  • October 25, 2026

भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सम्पन्न, भाषा र संस...

  • October 25, 2026

माैसम : देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने

  • October 25, 2026

मध्यम आय भएका नागरिकका लागि ७५ लाखसम्मको ‘स्मार्ट घर’ बनाउने स...

  • October 25, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved