Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

‘कोशी बजेट विवादले प्रदेश सभाको औचित्यमाथि प्रश्न उठायो’ : सांसद लालबिक्रम थापा

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 30, 2026
3 shares

इटहरी । कोशी प्रदेशको आर्थिक वर्ष २०८३/८४ को बजेटलाई लिएर देखिएको विवादप्रति सुनसरी क्षेत्रबाट निर्वाचित प्रतिनिधि  सभा सदस्य लालबिक्रम थापाले गम्भीर असन्तुष्टि जनाएका छन्। उनले बजेट निर्माण प्रक्रियामा देखिएको विवादले प्रदेश सभाको औचित्य, विश्वसनीयता र प्रभावकारितामाथि नै प्रश्न खडा गरेको बताएका छन्।

थापाले बजेट विकासको आधार बन्नुपर्नेमा भागबण्डा र स्वार्थको माध्यम बनाइएको आरोप लगाए। “बजेटलाई विकासको आधार होइन, भागबण्डाको माध्यम बनाउने प्रवृत्तिले कोशी प्रदेशको प्रतिष्ठामाथि गम्भीर चोट पुर्‍याएको छ,” उनले भने। सांसद र मन्त्रीबीचको स्वार्थकेन्द्रित खिचातानीका कारण प्रदेश सभाप्रति जनविश्वास कमजोर बन्दै गएको उनको भनाइ छ। यस्ता गैरजिम्मेवार गतिविधि तत्काल अन्त्य गर्न उनले सम्बन्धित पक्षसँग आग्रह गरेका छन्।

लालबिक्रम थापा सुनसरीबाट निर्वाचित प्रतिनिधि  सभा सदस्य हुन्। उनी प्रतिनिधि सभामा सुशासन, विकास, पारदर्शिता तथा जनसरोकारका विषयमा निरन्तर आवाज उठाउँदै आएका सांसदका रूपमा परिचित छन्। सार्वजनिक नीति तथा बजेट कार्यान्वयनमा जवाफदेहिता कायम हुनुपर्ने विषयमा उनले विभिन्न अवसरमा धारणा राख्दै आएका छन्।

कोशी प्रदेशको बजेट विवादका कारण प्रदेश सरकार र सत्ता गठबन्धनमाथि समेत प्रश्न उठिरहेका बेला थापाले प्रदेश सभाको गरिमा जोगाउन पारदर्शी, उत्तरदायी र जनमुखी बजेट प्रणाली अवलम्बन गर्नुपर्नेमा जोड दिएका छन्। उनका अनुसार प्रदेश सभाले जनताको अपेक्षा अनुसार काम गर्न नसके संघीयताको प्रभावकारितामाथि समेत नकारात्मक असर पर्नेछ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेप...

  • September 11, 2026

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

प्रतिनिधिसभाको बैठक आज बस्दै, दुई विधेयकमाथि छलफल हुने

  • September 11, 2026

को हुन् नवनियुक्त उद्योगमन्त्री ई. दीपककुमार साह?

  • September 10, 2026

दुई सचिवको सरुवा, अर्याल महालेखा नियन्त्रक र काप्री निर्वाचन आ...

  • September 10, 2026

भदौभित्रै कृष्णभीरको सडक सञ्चालनमा ल्याउने गरी निर्माण तीव्र

  • September 10, 2026

मस्जिदबाट राहत अभियान : सुनसरी मुस्लिम समाजद्वारा प्रधानमन्त्र...

  • September 10, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved