Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

मौद्रिक नीतिले आर्थिक वृद्धिलाई टेवा दिए पनि स्थायित्व जोगाउनुपर्ने : कार्यवाहक गभर्नर

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 1, 2026
3 shares

काठमाडौँ । नेपाल राष्ट्र बैंकका कार्यवाहक गभर्नर किरण पण्डितले आगामी मौद्रिक नीतिले सरकारले लिएको उच्च आर्थिक वृद्धिको लक्ष्यलाई सहयोग गर्नुपर्ने भए पनि वित्तीय स्थायित्व, मुद्रास्फीति र समग्र आर्थिक सन्तुलनलाई समान रूपमा प्राथमिकता दिनुपर्ने बताएका छन्। नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको ‘आर्थिक वृद्धिलाई गति दिन मौद्रिक नीतिको भूमिका’ विषयक कार्यक्रममा उनले वित्त नीति र मौद्रिक नीतिबीच समन्वय आवश्यक रहेको उल्लेख गर्दै बजारमा मौद्रिक नीतिप्रति बढेको अपेक्षालाई जिम्मेवारीपूर्वक व्यवस्थापन गर्नुपर्ने बताए।

पण्डितले कोभिड–१९ का बेला लागू गरिएका कर्जा पुनर्संरचना तथा सहुलियत व्यवस्थाको प्रभावबारे गम्भीर समीक्षा आवश्यक रहेको उल्लेख गर्दै फिनटेक, ओपन बैंकिङ, डिजिटल कारोबारको निगरानी तथा प्रविधिसम्बन्धी जोखिम व्यवस्थापन अब मौद्रिक नीति र नियामकीय ढाँचाका प्रमुख एजेन्डा बनेको बताए। नीति निर्माण तह र सर्वसाधारणबीचको दूरी घटाउन सञ्चारमाध्यम र सरोकारवालाबीच निरन्तर संवाद आवश्यक रहेको उनको भनाइ थियो।

कार्यक्रममा बैंक तथा वित्तीय संस्था परिसङ्घ, नेपाल (सिबिफिन)का अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले बैंकिङ क्षेत्रमा पर्याप्त तरलता भए पनि कर्जाको माग कमजोर हुँदा वास्तविक अर्थतन्त्र दबाबमा परेको बताए। उनले नगद प्रवाह कमजोर हुँदा सक्षम व्यवसायसमेत ऋण तिर्न कठिनाइमा परेको र बैंकहरू ६० अर्ब रुपैयाँभन्दा बढी गैर–बैंकिङ सम्पत्ति व्यवस्थापन गर्न बाध्य भएको जानकारी दिए। नेपाल बैंकर्स सङ्घका अध्यक्ष सन्तोष कोइरालाले पनि आगामी मौद्रिक नीतिले नियामकीय सुधारमार्फत बैंकिङ क्षेत्रलाई चलायमान बनाउने अपेक्षा व्यक्त गर्दै बैंकहरू अत्यधिक नाफामुखी भएको धारणा तथ्यसँग मेल नखाने बताए।

बैंकिङ विज्ञ अलनराज भट्टराईले बैंकिङ प्रणालीमा पर्याप्त तरलता, न्यून ब्याजदर र ऋण प्रवाह गर्ने क्षमता हुँदाहुँदै पनि निजी क्षेत्रबाट लगानीको माग नबढ्नु अहिलेको अर्थतन्त्रको मुख्य चुनौती भएको बताए। उनका अनुसार निष्क्रिय कर्जा ४.३६ प्रतिशत पुगेको, निजी क्षेत्रतर्फ कर्जा विस्तार ५.७ प्रतिशतमा सीमित रहेको तथा बैंकहरूमा पर्याप्त लगानीयोग्य स्रोत उपयोग हुन नसक्दा अतिरिक्त तरलताले चुनौती सिर्जना गरेको छ। उनले एसेट–लायबिलिटी मिसम्याच र रिप्राइसिङ जोखिम व्यवस्थापनका लागि संरचनागत सुधार आवश्यक रहेको धारणा राखे।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले बैंकहरूले आफ्नो क्षमता र पुँजीअनुसार मात्रै कर्जा विस्तार गर्नुपर्नेमा जोड दिए। नेपालले बासेल–२ र बासेल–३ मापदण्ड कार्यान्वयन गरिरहेको उल्लेख गर्दै उनले विगतमा न्यूनतम चुक्ता पुँजी २ अर्बबाट ८ अर्ब रुपैयाँ पुर्‍याउँदा बैंकिङ क्षेत्रमा पर्याप्त इक्विटी भित्रिएको र त्यसले कर्जा विस्तारका लागि बलियो आधार तयार गरेको बताए।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेप...

  • September 11, 2026

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

प्रतिनिधिसभाको बैठक आज बस्दै, दुई विधेयकमाथि छलफल हुने

  • September 11, 2026

को हुन् नवनियुक्त उद्योगमन्त्री ई. दीपककुमार साह?

  • September 10, 2026

दुई सचिवको सरुवा, अर्याल महालेखा नियन्त्रक र काप्री निर्वाचन आ...

  • September 10, 2026

भदौभित्रै कृष्णभीरको सडक सञ्चालनमा ल्याउने गरी निर्माण तीव्र

  • September 10, 2026

मस्जिदबाट राहत अभियान : सुनसरी मुस्लिम समाजद्वारा प्रधानमन्त्र...

  • September 10, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved