Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

सरकारी बोर्डमा बसेका उद्योगी–व्यवसायी पनि सम्पत्ति छानबिनको दायरामा, निजी क्षेत्रको आपत्ति

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 12, 2026
0 shares

काठमाडौँ । सरकारी स्वामित्व वा नियन्त्रणमा रहेका बोर्ड, प्राधिकरण, संस्थान तथा समितिमा प्रतिनिधित्व गरेका उद्योगी–व्यवसायीहरूले पनि सम्पत्ति छानबिन आयोगलाई सम्पत्ति विवरण बुझाउनुपर्ने भएको छ। आयोगको यो व्यवस्थाप्रति निजी क्षेत्रले असन्तुष्टि जनाउँदै सरकारसँग पुनर्विचारको माग गरेको छ।

बालेन्द्र शाह नेतृत्वको सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगलाई आर्थिक वर्ष २०६२/६३ देखि २०८२/८३ को चैत मसान्तसम्म सार्वजनिक निकायमा कार्यरत पदाधिकारी तथा कर्मचारीहरूको सम्पत्ति विवरण संकलन, परीक्षण र प्रमाणीकरण गर्ने अधिकार दिइएको छ। आयोगले दोस्रो चरणमा २०४८ सालदेखि २०६१/६२ सम्मको अवधिको समेत छानबिन गर्ने तयारी गरेको छ।

यस व्यवस्थाअनुसार विभिन्न समयमा सरकारी निकायका सञ्चालक समितिमा रहेका निजी क्षेत्रका प्रतिनिधिहरू पनि आयोगको दायरामा परेका छन्। धितोपत्र बोर्ड, नेपाल टेलिकम, काठमाडौं उपत्यका खानेपानी लिमिटेडलगायत निकायमा प्रतिनिधित्व गरिसकेका वा हाल रहेका नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स तथा अन्य व्यावसायिक संस्थाका पदाधिकारीहरूले सम्पत्ति विवरण पेश गर्नुपर्ने भएको हो।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्य, पूर्वअध्यक्ष चन्द्र ढकाल, उपाध्यक्ष हेमराज ढकाललगायत व्यवसायीहरू प्रभावित हुने सूचीमा छन्। यस्तै, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवाल तथा विभिन्न सार्वजनिक निकायमा प्रतिनिधित्व गरिसकेका निजी क्षेत्रका अन्य सदस्यहरू पनि आयोगको छानबिन प्रक्रियामा समेटिएका छन्।

महासंघका अध्यक्ष श्रेष्ठले हालै सार्वजनिक कार्यक्रममा करिब एक हजार उद्योगी–व्यवसायीले सम्पत्ति विवरण बुझाउनुपर्ने अवस्था सिर्जना भएको बताएका थिए। उनले यस्तो व्यवस्थाले निजी क्षेत्रलाई निरुत्साहित पार्न सक्ने भन्दै सरकारलाई पुनर्विचार गर्न आग्रह गरेका थिए।

यसै विषयलाई लिएर नेपाल उद्योग वाणिज्य महासंघले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई ध्यानाकर्षण पत्र बुझाएको छ। महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्यका अनुसार निजी क्षेत्रका प्रतिनिधिहरू राजनीतिक लाभका लागि नभई विज्ञता र संस्थागत प्रतिनिधित्वका आधारमा सरकारी निकायमा सहभागी हुने भएकाले उनीहरूलाई अतिरिक्त प्रशासनिक दायित्व थोपर्न नहुने माग गरिएको छ।

नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले पनि उक्त व्यवस्थाप्रति असहमति जनाउँदै सरकारलाई औपचारिक रूपमा आफ्नो धारणा बुझाउने तयारी गरेका छन्। चेम्बर अध्यक्ष कमलेश अग्रवालले व्यवसायीहरूले कर प्रणालीमार्फत आफ्ना आर्थिक गतिविधि नियमित रूपमा खुलाइसकेको अवस्थामा पुनः सम्पत्ति विवरण माग गर्नु उपयुक्त नहुने बताएका छन्।

यता सम्पत्ति छानबिन आयोगले भने कानुनले तोकेको दायित्व कार्यान्वयन मात्र गरिएको स्पष्ट पारेको छ। आयोगका अध्यक्ष राजेन्द्रकुमार भण्डारीले सार्वजनिक निकायमा पद धारण गर्ने जोसुकै व्यक्ति जवाफदेहिता र पारदर्शिताको दायरामा आउनुपर्ने बताए। उनले सम्पत्ति विवरण गोप्य राखिने र दुरुपयोग नहुने विश्वास समेत दिलाए।

आयोगका प्रवक्ता गणेश केसीका अनुसार यो प्रक्रिया कुनै व्यक्ति वा समूहलाई लक्षित नभई राजपत्रमा प्रकाशित कानुनी व्यवस्थाको कार्यान्वयन हो। सार्वजनिक निकायका पदाधिकारीले सूचना प्राप्त भएको १५ दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने र आवश्यक परे थप विवरण वा प्रमाणसमेत पेश गर्नुपर्ने व्यवस्था रहेको आयोगले जनाएको छ।

सरकारी निकायमा विज्ञ वा प्रतिनिधिका रूपमा सहभागी भएका निजी क्षेत्रका व्यक्तिहरूलाई समेत ‘सार्वजनिक पदाधिकारी’को परिभाषाभित्र राखेर सम्पत्ति विवरण माग गरिएपछि व्यवसायिक क्षेत्र र सरकारबीच नयाँ बहस सुरु भएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेप...

  • September 11, 2026

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

प्रतिनिधिसभाको बैठक आज बस्दै, दुई विधेयकमाथि छलफल हुने

  • September 11, 2026

को हुन् नवनियुक्त उद्योगमन्त्री ई. दीपककुमार साह?

  • September 10, 2026

दुई सचिवको सरुवा, अर्याल महालेखा नियन्त्रक र काप्री निर्वाचन आ...

  • September 10, 2026

भदौभित्रै कृष्णभीरको सडक सञ्चालनमा ल्याउने गरी निर्माण तीव्र

  • September 10, 2026

मस्जिदबाट राहत अभियान : सुनसरी मुस्लिम समाजद्वारा प्रधानमन्त्र...

  • September 10, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved